Trending
Prev Story
Next Story

शुक्लाफाँटामा हात्ती नभेटिएपछि रोकियो रेडियोकलर लगाउने काम

Ekantipur •
November 25, 2026 • 11:32 AM
5
5 reads 0 reactions

तिहारपछि गरिएको विस्तृत खोजीमा हात्ती नभेटिएपछि निकुञ्जले तत्कालका लागि डार्ट गरी रेडियोकलर लगाउने अभियान स्थगित गरेको हो।

शुक्लाफाँटामा हात्ती नभेटिएपछि रोकियो रेडियोकलर लगाउने काम

तिहारपछि गरिएको विस्तृत खोजीमा हात्ती नभेटिएपछि निकुञ्जले तत्कालका लागि डार्ट गरी रेडियोकलर लगाउने अभियान स्थगित गरेको हो।

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा पसेर धनजनको क्षति गर्दै आएको पुच्छर नभएको भाले हात्तीलाई रेडियोकलर लगाउने प्रयास सफल हुन सकेको छैन। तिहारलगत्तै खोजी सुरु गरिए पनि हात्ती नभेटिएपछि रेडियोकलर लगाउने काम तत्कालका लागि रोकिएको निकुञ्ज कार्यालयले जनाएको छ।

‘धेरै खोजी गर्दा पनि भेटिएन। पछिल्लो पटक हात्तीको बथानसँगै उक्त हात्ती पनि चुरे फेदीमा गएको हुन सक्ने देखिन्छ,’ निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत नुरेन्द्र अर्यालले भने, ‘बस्ती नजिकै निकुञ्ज क्षेत्रमा कतै देखिएको छैन। हामीले खोजी सुरु गरेदेखि नै बस्तीमा पसेको छैन।’ उनका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका–१३ र १४ मा उक्त हात्तीले दुःख दिँदै आएको थियो।

गत वर्ष भीमदत्त नगरपालिका–१४ को स्याउलेमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको थियो। उक्त घटनामा पनि सोही पुच्छर नभएको भाले हात्ती संलग्न हुन सक्ने निकुञ्जका कर्मचारीको आशंका छ। हात्तीबाट भइरहेको क्षति न्यूनीकरणका साथै नियमित अनुगमन गर्ने उद्देश्यले त्यसलाई रेडियोकलर लगाउने निर्णय गरिएको हो।

गत कात्तिक दोस्रो साता सोही क्षेत्रमा हात्तीले पुनः घरहरू भत्काएपछि रेडियोकलर लगाउने निर्णय गरिएको थियो। कात्तिक तेस्रो सातादेखि हात्तीलाई डार्ट गरेर रेडियोकलर लगाउने प्रयास भए पनि सफलता मिलेको छैन। ‘त्यसपछि एक पटक जामुनघारीको जंगलमा भेटियो। झाडी भएका कारण डार्ट गर्नै सकिएन,’ निकुञ्जका रेञ्जर प्रयास केसीले भने, ‘लगत्तै तिहार सुरु भएपछि झिलिमिली र पटाकाको आवाजले गर्दा बस्ती नजिकै देखिएन।’

हात्तीलाई डार्ट गरेर रेडियोकलर लगाउन निकुञ्जका पालुवा हात्तीसहित ३० जना प्राविधिक परिचालन गरिएको थियो। त्यसका लागि चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. अमिर सडौलासमेत खटिएका थिए। वरिष्ठ संरक्षण अधिकृत अर्यालका अनुसार चिकित्सक सडौला पनि पछिल्लो पटक चितवन फर्किसकेका छन्।

‘अहिलेलाई हात्ती खोज्ने काम रोकिएको छ। बस्तीमा देखिनेबित्तिकै खबर गर्न आग्रह गरेका छौं,’ अर्यालले भने, ‘बागफाँटामा पूर्वसूचना प्रणाली पनि जडान गरिएको छ। त्यसबाट पनि सूचना प्राप्त हुनेछ।’ उनका अनुसार हात्ती बस्तीमा पसेको सूचना प्राप्त हुनेबित्तिकै प्राविधिक टोली परिचालन गरी डार्ट गरेर रेडियोकलर लगाइनेछ।

भीमदत्त नगरपालिका–१९ को बागफाँटामा निकुञ्ज किनारमा रेनेवल वर्ल्डले कनेक्ट परियोजनाअन्तर्गत स्वचालित पूर्वसूचना प्रणाली जडान गरेको हो। हात्तीलगायतका वन्यजन्तु उक्त क्षेत्रमा प्रवेश गरे साइरन बज्ने व्यवस्था गरिएको छ। यसबाट वन्यजन्तुलाई पुनः जंगलतर्फ फर्काउन र मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेत गराउन सहज हुने अपेक्षा गरिएको छ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
शुक्लाफाँटामा हात्ती नभेटिएपछि रोकियो रेडियोकलर लगाउने काम

शुक्लाफाँटामा हात्ती नभेटिएपछि रोकियो रेडियोकलर लगाउने काम

शुक्लाफाँटामा हात्ती नभेटिएपछि रोकियो रेडियोकलर लगाउने काम तिहारपछि गरिएको विस्तृत खोजीमा हात्ती नभेटिएपछि निकुञ्जले तत्कालका लागि डार्ट गरी रेडियोकलर लगाउने अभियान स्थगित गरेको हो। मंसिर ९, २०८३...

#हात्ती #रेडियोकलर #लगाउने
Compare →
Bizshala
9h ago
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान,...

#लगाउने
Compare →
Nagarik News
11h ago
सप्तरीमा हात्तीको त्रास कायमै, फेरि दोहोरियो दुःखद घटना

सप्तरीमा हात्तीको त्रास कायमै, फेरि दोहोरियो दुःखद घटना

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो।

#हात्ती
Compare →
Onlinekhabar
5d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले …

#हात्ती
Compare →
Arthasansar
2w ago
भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

#लगाउने
Compare →

Related Stories

World News
Build #2625