Trending
Prev Story
Next Story

बैतडीमा प्रहरी जवान ब्यारेककै कोठामा मृत फेला

Ekantipur •
November 25, 2026 • 11:32 AM
5
5 reads 0 reactions

मंगलबार राति ड्युटी सकेर ब्यारेक पुगेका प्रहरी जवान भुपेन्द्रराम पार्की मृत भेटिएका हुन् ।

बैतडीमा प्रहरी जवान ब्यारेककै कोठामा मृत फेला

मंगलबार राति ड्युटी सकेर ब्यारेक पुगेका प्रहरी जवान भुपेन्द्रराम पार्की मृत भेटिएका हुन् ।

बैतडी — बैतडी जिल्ला अदालतमा कार्यरत एक प्रहरी जवान आफ्नै ब्यारेकको कोठामा मृत फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–४ घरभएका प्रहरी जवान भुपेन्द्रराम पार्की मंगलबार राति ब्यारेकभित्रै मृत अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले ड्युटी सकेर अदालत परिसरमा रहेको ब्यारेक पुगेका पार्की आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेको बताए ।

शवको पोष्टमार्टम गरी आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको सिंहले बताए ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
बैतडी अदालतको निवासमा प्रहरी जवान मृत फेला

बैतडी अदालतको निवासमा प्रहरी जवान मृत फेला

९ मंसिर, धनगढी । बैतडीमा अदालतको निवासमा प्रहरी जवान मृत भेटिएका छन् ।  दार्चुलाको गाउँपालिका–४ का घर भएका भूपेन्द्र राम पार्की मंगलबार साँझ मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) …

#जवान #मृत #बैतडी
Compare →
Hamro Patro News
5d ago
पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

पुर्पक्षमा कारागार गएको २ दिनमै मृत फेला

सुर्खेतमा कारागारभित्र पुर्पक्षमा पठाएको दुई दिनमै एक जना युवती मृत फेला परेकी छन्। कर्तव्य ज्यान मुद्दामा कारागारमा सजाय भुक्तान गरिरहेकी १९ वर्षीया संगीता शाही शुक्रबार बिहान मृत फेला परेकी हुन्...

#मृत #फेला
Compare →
Nagarik News
5d ago
कारागारभित्र एक कैदी मृत फेला

कारागारभित्र एक कैदी मृत फेला

कारागारभित्र एक कैदी बन्दीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक कविन्द्रसिं बोहोराका अनुसार, कर्तव्य ज्यान मुद्दाकी बन्दी १९ वर्षीया संगिता शाही मृत भेटिएकी हुन्।

#मृत #फेला
Compare →

Related Stories

National (Nepal)
Build #2625