Trending
Prev Story
Next Story

कोशीका मुख्यमन्त्री हटाउन ओली फेरि सक्रिय बनेका हुन्?

Ekantipur •
November 25, 2026 • 11:32 AM
6
6 reads 0 reactions

नेकपाका नेताहरूले तत्काल पद नछाड्न सुझाएपछि कोशीका मुख्यमन्त्री कार्की एमालेभित्र बढेको नेतृत्व परिवर्तनको दबाब सामना गर्ने तयारीमा देखिएका छन्।

कोशीका मुख्यमन्त्री हटाउन ओली फेरि सक्रिय बनेका हुन्?

नेकपाका नेताहरूले तत्काल पद नछाड्न सुझाएपछि कोशीका मुख्यमन्त्री कार्की एमालेभित्र बढेको नेतृत्व परिवर्तनको दबाब सामना गर्ने तयारीमा देखिएका छन्।

विराटनगर — एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट हटाउन दबाब बढाएको चर्चा सुरु भएको छ । राजीनामा दिन ओलीले आग्रह गरेको खबर बाहिरिएपछि कार्कीले सत्ता सहयात्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूसँग परामर्श गरेका छन् । नेकपाका नेताहरूले तत्काल पद नछाड्न सुझाएपछि मुख्यमन्त्री कार्की पार्टी अध्यक्षको आग्रहकै आधारमा राजीनामा दिने पक्षमा नरहेको संकेत देखिएको छ ।

मंगलबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा कार्कीले राजीनामाको प्रसंग उठेपछि राजनीतिक रूपमा कसरी अघि बढ्ने भन्नेबारे नेकपाका नेताहरूसँग सुझाव मागेका थिए । छलफलमा सहभागी नेताहरूले सरकारको निरन्तरतामा समर्थन रहने बताएपछि कार्कीलाई एमालेभित्र उठिरहेको नेतृत्व परिवर्तनको दबाब सामना गर्न राजनीतिक आधार मिलेको छ ।

बैठकमा मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप, एमाले सांसद रेवतीरमण भण्डारी तथा नेपाली कम्युनिष्ट पार्टीका प्रदेश इन्चार्ज राजेन्द्र राई, संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र प्रदेश संयोजक हर्कबहादुर नेम्वाङ सहभागी थिए ।

राजीनामाको चर्चाबीच मुख्यमन्त्रीले अर्को दलका नेताहरूसँग परामर्श गर्नुले एमालेभित्र कार्कीको नेतृत्वलाई लिएर चलिरहेको विवाद थप पेचिलो बनेको छ । पार्टी अध्यक्षको निर्देशन, प्रदेश नेतृत्वको दबाब र सत्ता सहयात्रीको समर्थनबीच कार्कीले आफ्नो राजनीतिक बाटो तय गर्न खोजिरहेका छन् ।

छलफलमा सहभागी नेकपा संसदीय दलका नेता आङ्बोका अनुसार मुख्यमन्त्रीले राजीनामा दिन दबाब आइहाले के गर्ने भनेर सुझाव मागेका थिए । तर, उनले राजीनामा दिने प्रतिबद्धता व्यक्त नगरेको र अध्यक्षबाट दबाब आएको विषय पनि स्पष्ट रूपमा नबताएको आङ्बोले सुनाए । ‘उहाँले राजीनामा दिने दबाब आइहाले के गरौं भनेर सुझाव पनि माग्नु भयो,’ आङ्बोले भने, ‘हामी राजीनामाका पक्षमा छैनौं । प्रदेशलाई अस्थिर पार्ने, बदनामी कमाउने पक्षमा छैनौं । तपाईंकै निरन्तरताको पक्षमा छौं भनेर भनियो ।’

नेकपाको समर्थनपछि मुख्यमन्त्री कार्कीले ओलीको मौखिक आग्रहकै आधारमा पद छाड्नेभन्दा त्यसलाई सामना गर्ने मनस्थिति बनाएको उनीनिकट स्रोतको दाबी छ । तर, राजीनामा दबाबको चर्चालाई एमालेका केही नेताले अस्वीकार गरेका छन् ।

एमाले नेता तथा आर्थिक मामिला एवं योजना मन्त्री विदुरकुमार लिङ्थेपले मुख्यमन्त्रीलाई अध्यक्ष ओलीले काठमाडौं बोलाएको विषय आफूले सुनेको भए पनि राजीनामा दिन दबाब दिएकोबारे जानकारी नभएको बताए।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइटेलले पनि ओलीबाट राजीनामा दिन कुनै दबाब आएको भन्ने खबर असत्य भएको दाबी गरे । ‘अध्यक्षबाट दबाबको कुनै फोन आएको छैन,’ उनले भने, ‘बाहिर आएका कुरा सबै हल्ला मात्रै हुन् ।’

यद्यपि एमालेभित्र मुख्यमन्त्री कार्कीले आफ्नै पार्टीका प्रदेश नेतृत्वसँग संवाद नगरी अर्को दलका नेताहरूसँग परामर्श गरेको विषयले असन्तुष्टि बढाएको छ । एमालेका प्रदेश इन्चार्ज शेरधन राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताहरू कार्कीको राजीनामाका लागि अध्यक्ष ओलीसमक्ष दबाब बढाउँदै आएका छन् । मुख्यमन्त्रीले नेकपाका नेताहरूसंग परामर्श गरेको विषयलाई एमालेभित्र केही नेताले पार्टी नेतृत्वसँगको सम्बन्ध र अनुशासनको प्रश्नका रूपमा समेत उठाएका छन् ।

कोशीमा मुख्यमन्त्री कार्कीलाई हटाएर नयाँ नेतृत्व ल्याउने प्रयास पछिल्लो राजीनामा विवादसँग मात्रै जोडिएको छैन । एमालेभित्र उनको विकल्प खोज्ने प्रयास गत साउनदेखि नै चलिरहेको थियो । साउन २० गते अध्यक्ष ओली, मुख्यमन्त्री कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र पार्टी सचिव राजकुमार भण्डारीसहितका नेताहरूबीच भएको छलफलमा दसैं–तिहारपछि कार्कीले राजीनामा दिने र अध्यक्षको निर्देशन पालना गर्ने सहमति भएको एमाले नेताहरूको दाबी छ ।

ओलीले कार्कीको विकल्पका रूपमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो (लिम्बू) लाई अघि सारेका छन् । मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने चर्चा एमालेभित्र लामो समयदेखि चल्दै आएको छ । ताप्लेजुङका एमाले नेताहरूले यसअघि नै उनलाई भावी मुख्यमन्त्री भन्दै बधाईसमेत दिएका थिए । एमाले प्रदेश इन्चार्ज तथा पार्टी सचिव शेरधन राईले मुख्यमन्त्री कार्कीले यसअघि अध्यक्ष ओलीसमक्ष राजीनामा दिने प्रतिबद्धता जनाएको आफूले सुनेको बताए । उक्त प्रतिबद्धता कार्यान्वयन हुने अपेक्षा उनले व्यक्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीको नेतृत्व परिवर्तनका लागि प्रदेशस्तरबाट दबाब बढ्दै गएको र अध्यक्ष ओलीले समेत विकल्प अघि सारेको अवस्थामा कार्कीले पद नछाड्ने अडान राख्नुले एमालेभित्रको शक्ति संघर्षलाई थप जटिल बनाएको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीलाई हटाउने प्रयास सरकार गठनको प्रक्रियादेखि नै देखिएको थियो । तत्कालीन कांग्रेससँगको समीकरण तोड्दै गत भदौ १ गते सरकार गठन हुनुअघि नै साउन महिनाभर एमालेबाट नयाँ मुख्यमन्त्री बनाउने प्रयास भएको थियो । तर, कार्कीले आफू संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री बनेको भन्दै पद नछाड्ने अडान राखेका थिए । त्यसबेला पनि नेकपाका प्रदेश नेताहरूले उनको अडानलाई समर्थन गरेका थिए ।

प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८३/८४ को ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गर्ने क्रममा पनि नेतृत्व परिवर्तनको प्रयास भएको थियो । बजेट संशोधन गर्ने सहमतिपछि सरकार ढाल्ने उक्त प्रयास असफल भएको थियो ।

सरकार गठन, बजेट पारित र पछिल्लो राजीनामा विवादसम्म आइपुग्दा कार्कीलाई पदबाट हटाउने प्रयास पटकपटक भएको घटनाक्रमले देखाउँछ । एमालेभित्र मुख्यमन्त्रीको विकल्प खोज्ने समूह र कार्कीलाई निरन्तरता दिन चाहने पक्षबीचको संघर्षमा नेकपाको समर्थन पनि राजनीतिक समीकरणको महत्वपूर्ण आधार बनेको छ । ओलीको आग्रहलाई कार्कीले कसरी लिन्छन्, एमालेभित्रको संस्थागत निर्णयलाई पर्खन्छन् वा दबाबको प्रतिरोध गर्छन् भन्ने विषयले कोशी प्रदेशको आगामी सत्ता राजनीति निर्धारण गर्ने एमालेका एक प्रदेश सांसद बताउँछन्।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
कोशीका मुख्यमन्त्री फेर्न ओली फेरि सक्रिय बनेका हुन्?

कोशीका मुख्यमन्त्री फेर्न ओली फेरि सक्रिय बनेका हुन्?

कोशीका मुख्यमन्त्री हटाउन ओली फेरि सक्रिय बनेका हुन्? नेकपाका नेताहरूले तत्काल पद नछाड्न सुझाएपछि कोशीका मुख्यमन्त्री कार्की एमालेभित्र बढेको नेतृत्व परिवर्तनको दबाब सामना गर्ने तयारीमा देखिएका छन...

#मुख्यमन्त्री #कोशी #ओली
Compare →
Nagarik News
3h ago
घरेलु टोली कर्णालीलाई पराजित गर्दै कोशीको पहिलो जीत

घरेलु टोली कर्णालीलाई पराजित गर्दै कोशीको पहिलो जीत

घरेलु टोली कर्णाली प्रदेशलाई पराजित गर्दै कोशी प्रदेशले पहिलो जीत निकालेको छ।

#कोशी
Compare →
Bizshala
3d ago
कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

कोशी र मधेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, अन्यत्र मौसम सफा

काठमाडौं। हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय...

#कोशी
Compare →

Related Stories

Politics & Governance
Build #2625