Trending
Prev Story
Next Story

सप्तरीमा हात्तीको आक्रमणबाट दुई युवक घाइते, एक दर्जनबढी घरमा क्षति

Ekantipur •
November 24, 2026 • 09:03 AM
21
21 reads 0 reactions

अग्निसाइर कृष्णासवरन र रुपनीमा गाउँमा पसेका हात्ती धपाउने क्रममा दुई युवक घाइते भएका छन्।

सप्तरीमा हात्तीको आक्रमणबाट दुई युवक घाइते, एक दर्जनबढी घरमा क्षति

अग्निसाइर कृष्णासवरन र रुपनीमा गाउँमा पसेका हात्ती धपाउने क्रममा दुई युवक घाइते भएका छन्।

राजविराज — सप्तरीको अग्निसाइर कृष्णासवरन र रुपनी गाउँपालिकामा मंगलबार बिहान हात्तीको आक्रमण परेर दुई युवक घाइते भएका छन् ।

अग्निसाइर कृष्णासवरन–२, गुम्बा टोलमा बिहानै खेतमा धान खाइरहेको हात्ती धपाउन पुगेका ३५ वर्षीय गजेन्द्र साह र गाउँमा पसेका हात्ती धपाउन पुगेका रुपनी–६, का ४७ वर्षीय शिवशंकर यादव आक्रमणमा परेका हुन् ।

हात्तीको आक्रमणमा परेर साहको हात भाँचिएको र विभिन्न भागमा गम्भीर चोट लागेको वडाध्यक्ष पशुपतिप्रसाद चौधरीले बताए । उनकाअनुसार हात्तीको आक्रमणबाट अचेत भएर खेतमै लडेका साहलाई स्थानीयले उद्वार गरेर गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि छिन्नमस्ता अस्पताल राजविराज पठाइएको वडाध्यक्ष चौधरीले बताए ।

हात्तीले गुम्बा टोलकै ७३ वर्षीया दशनी देवीको घर तोडफोड गर्दा घरभित्र भएको खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायतका सरसमानमा क्षति पुगेको छ । ‘घर तोडेर हात्तीले सबै खाद्यान्न खाइसकेको छ भने फर्निचर पनि पूर्ण रुपमा तोडफोड गर्दा १० लाखभन्दा बढी बराबरको क्षति भएको छ’, उनले भनिन्, ‘हात्तीले घर तोड्न लाग्दा घरमै सुतेकी ७ वर्षीया नातिनी आकृतिलाई जसोतसो जोगायौं ।’

आक्रमण परेका रुपनी–६, का यादवको घुँडा र हातमा चोट लागेको छ । त्यहाँ पनि हात्तीले शुभलाल यादवको धान खाएर क्षति पुर्‍याएको छ । स्थानीय शैलेन्द्रकुमार यादवको खेत, ज्ञानबहादुर थापा मगरको तीन कोठे घर, चन्द्रबहादुर पोखरेलको घर र भित्र रहेको दराज तथा भाँडाकुँडा फुटाएर क्षति पुर्‍याएको छ । हात्तीले वडा ६ का ज्ञानबहादुर आले, प्रेम लायो, लालबहादुर राई, मिरा तामाङ मगर र तनुकलाल चौधरी घर तथा दिलकुमारी चौधरी र सूर्यनारायण महतोको गोठ तोडफोड गरी क्षति पुर्‍याएको छ । उनीहरुका घरसहित घरमा रहेको खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण गरी २० लाख रुपैयाँ भन्दाबढीको क्षति गरेको वडासदस्य सूर्यनारायण मेहताले जानकारी दिए । उनकाअनुसार हात्तीले सयौं किसानले लगाएको धान, कोदो, केरा र तरकारी बालीमा क्षति पुर्‍याएको हो । हात्तीले भिक्षु कुटीमासमेत तोडफोड क्षति पुर्‍याएको जनाइएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख डिभिजनल वन अधिकृत मनोज ठाकुरले ड्रोनबाट निगरानी गरेर हात्तीलाई कोशी टप्पु वन्यजन्तु आरक्षतर्फ लखेट्ने कार्यमा लागेको बताए । ‘हामी पनि केही सातादेखि प्रयासमै छौं तर कोशी नदीमा बढी पानी रहेका कारण छावा पनि रहेकाले हात्तीले नदी पार गरेन,’ उनले भने, ‘२५/३० संख्यामा हात्ती रहेकाले पनि लखेट्न कठिनाइ भइरहेको छ ।’

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हात्तीलाई प्राकृतिक उपायबाट धपाउने कार्यका लागि प्रयास भइरहेको बताए । ‘जंगली हात्तीले गर्दै आएको क्षति कम गर्नका लागि घेराबेराको आवश्यकता देखिन्छ । त्यसकालागि हामीले प्रदेश सरकारलाई पत्राचारसमेत गरेका छौं तर त्यहाँबाट अहिलेसम्म कुनै रेस्पोन्स आएको छैन,’ उनले भने, ‘हामी स्थानीय सरकारसँग पनि समन्वय गर्दैछौं ।’

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले …

#हात्ती #आक्रमण #सप्तरी
Compare →
Hamro Patro News
4h ago
साउदीमा भएको आक्रमणमा घाइते नेपालीको 'पहिचान हुँदै'

साउदीमा भएको आक्रमणमा घाइते नेपालीको 'पहिचान हुँदै'

साउदी अरबमा भएको आक्रमणमा नेपाली पनि घाइते भएको खबर आएपछि नेपाल सरकारले त्यसबारे खोजबिन गरिरहेको अधिकारीहरूले जनाएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तीन जना नेपाली पनि घाइते भएको खबरपछि त्यसबारे...

#आक्रमण #घाइते
Compare →
Nagarik News
11h ago
सप्तरीमा हात्तीको त्रास कायमै, फेरि दोहोरियो दुःखद घटना

सप्तरीमा हात्तीको त्रास कायमै, फेरि दोहोरियो दुःखद घटना

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमराज घिमिरेका अनुसार बस्तीमा हात्ती आएको थाहा पाएपछि घरनजिकै आगो बालेर बसिरहेका श्रेष्ठलाई हात्तीले आक्रमण गरेको हो।

#हात्ती #आक्रमण #सप्तरी
Compare →

Related Stories

World News
Build #2625