Trending
Prev Story
Next Story

औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान

Ekantipur •
November 24, 2026 • 09:03 AM
14
14 reads 0 reactions

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह

औद्योगिक विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ पार्न युनिडोको आव्हान

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्न आग्रह

भियना — संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संगठन (युनिडो) का प्रमुखले औद्योगिक विकासलाई अघि बढाउन बलियो अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धताका लागि आह्वान गरेका छन्।

भियनामा सोमबार आयोजित युनिडो औद्योगिक विकास बोर्डको ५४ औं सत्र तथा संगठनको ६० औं वार्षिकोत्सवका अवसरमा महानिर्देशक गर्ड मुलरले यस्तो बताएका हुन्।

सन् १९६६ मा विकासशील देशहरूलाई दिगो औद्योगिकीकरणमा सघाउन स्थापना भएको युनिडोको सान्दर्भिकता छ दशकपछि झनै बढेको मुलरले उल्लेख गरे।

औद्योगिक र विकासशील देशहरूबीचको विकासको खाडललाई पुर्न सहकार्यमा आधारित नयाँ साझेदारी निर्माण गर्नुपर्ने आग्रह उनले गरे।

बेलायतकी स्थायी प्रतिनिधि सोनिया फरेले रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र स्वच्छ अर्थतन्त्र निर्माणका लागि साझेदारहरूसँग मिलेर काम गर्न संगठनमा फर्किएको बताइन्। बेलायत हालै युनिडोको १७४ औं सदस्य राष्ट्रका रूपमा पुनः आबद्ध भएको हो ।

यस्तै, केन्याका उद्योग प्रमुख सचिव जुमा मुखवानाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ प्रविधिको तीव्र विकासले उत्पादकत्व र नवप्रवर्तन बढाउने अवसर सिर्जना गरेको उल्लेख गरे ।

उनले यस्ता प्रविधिमा विकासशील देशहरूको पनि पहुँच हुनुपर्नेमा जोड दिए। भियनामा जारी बोर्डको सत्र बुधबारसम्म चल्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड

दिगो औद्योगिक विकासका लागि विश्वव्यापी सहकार्यमा जोड

८ मङ्सिर, भियना (रासस/सिन्ह्वा)। संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठन (युनिडो) ले विकासशील मुलुकमा औद्योगिकीकरणलाई गति दिन विकसित र विकासोन्मुख देशबीच बलियो अन्तर्राष्ट्रिय साझेदारी र सहकार्य आवश्यक रहेको जनाएको छ । भियनामा सोमबार आयोजित युनिडो औद्योगिक विकास …

#औद्योगिक #विकास #युनिडो
Compare →
Bizshala
1h ago
मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंक र नेपाल मणिपाल शिक्षण अस्पतालबीच सम्झौता, स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फूलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा...

#विकास
Compare →
Arthasansar
3h ago
नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल-फिनल्यान्ड चेम्बरको चौथो साधारणसभा सम्पन्न, व्यापार तथा लगानी साझेदारी विस्तारमा जोड

नेपाल र फिनल्यान्डबीच व्यापार, लगानी, पर्यटन, प्रविधि, शिक्षा तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यसहित नेपाल–फिनल्यान्ड चेम्बर अफ कमर्स एन्ड...

#साझेदारी
Compare →
Hamro Patro News
3h ago
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरे...

#विकास
Compare →
Nagarik News
3d ago
संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

संरक्षण र पूर्वाधार विकासको पर्खाइमा सन्तानेश्वर मन्दिर

बाँकेको नरैनापुर गाउँपालिका–५ स्थित सन्तानेश्वर महादेव मन्दिर धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको स्थल भए पनि आवश्यक संरक्षण र पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ।

#विकास
Compare →

Related Stories

World News
Build #2625