Trending
Prev Story
Next Story

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
6
6 reads 0 reactions

९ मंसिर, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ । सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो । सरकारले औद्योगिक क्षेत्रमा …

औद्योगिक प्रयोजनमा हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने

९ मंसिर, काठमाडौं । सरकारले औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने व्यवस्था गर्ने भएको छ ।

सरकारले भूमिसम्बन्धी ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्दै यस्तो व्यवस्था गर्न लागेको हो ।

सरकारले औद्योगिक क्षेत्रमा लगानी सहजीकरण गर्ने उद्देश्यले ६४ वटा ऐन अध्यादेश मार्फत संशोधन गर्ने तयारी गरेको छ । सोही प्रक्रियामा भूमि ऐन पनि परेको हो ।

सरकारले तयार गरेको अध्यादेशको मस्यौदा अनुसार भूमि ऐनको दफा १२ (ग) पछि औद्योगिक जग्गाको धितोसम्बन्धी विशेष दफा थप गरेको छ ।

सरकारले थप गरेको दफामा औद्योगिक प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गा धितो राख्न सकिने उल्लेख छ । मस्यौदा अनुसार औद्योगिक व्यवसाय ऐन २०७६ बमोजिम दर्ता भएका उद्योगले यस ऐन बमोजिम हदबन्दी छुट प्राप्त गरी खरिद गरेको जग्गा सम्बन्धित उद्योगको स्थापना, सञ्चालन, विस्तार, आधुनिकीकरण वा वित्तीय पुनर्संरचनाका लागि बैंक वा वित्तीय संस्थाबाट ऋण प्राप्त गर्ने प्रयोजनमा प्रचलित कानुन बमोजिम धितो राख्न सक्नेछन् ।

धितो राख्दा सम्बन्धित जग्गाको स्वामित्व, क्षेत्रफल, हदबन्दी छुट प्रयोजन तथा सर्त स्पष्ट खुलाइ धितोसम्बन्धी विवरण सम्बन्धित मालपोत कार्यालयमा अभिलेख गराउनुपर्ने प्रस्ताव सरकारले गरेको छ ।

धितो सुरक्षण अधिकार प्रचलित कानुन बमोजिम कार्यान्वयन गर्नुपर्ने भए सम्बन्धित बैंक वा वित्तीय संस्थाले नेपाल सरकारको पूर्वस्वीकृति लिई त्यस्तो जग्गा सम्बन्धित उद्योग वा आयोजना सञ्चालन गर्न योग्य अर्को उद्योग वा संस्थालाई हस्तान्तरण गराउन सक्ने मस्यौदामा उल्लेख छ ।

त्यस्तो स्वीकृति दिँदा हस्तान्तरण प्राप्त गर्ने उद्योग वा संस्थाको कानुनी योग्यता, जग्गा स्वीकृत प्रयोजनमा उपयोग हुने सुनिश्चितता तथा हदबन्दी छुटका सर्त पालना हुने अवस्था परीक्षण गर्नुपर्ने छ ।

धितोको सुरक्षण अधिकार कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण विवरण तथा कागजात सहित निवेदन प्राप्त भएको मितिले ६०  दिनभित्र नेपाल सरकारले स्वीकृति दिने वा कारण सहित अस्वीकृत गर्ने निर्णय गर्नुपर्ने व्यवस्था मस्यौदामा छ ।

त्यस्तो निर्णय गर्दा प्रस्तावित हस्तान्तरण प्राप्त गर्ने संस्थाको कानुनी योग्यता, जग्गाको स्वीकृत प्रयोजनमा उपयोग हुने अवस्था, हदबन्दी छुटका सर्त, ऋणदाताको वैध सुरक्षण अधिकार तथा सार्वजनिक हित आधार लिनुपर्ने छ ।

निर्धारित अवधिभित्र निर्णय नभएका कारणमात्र धितो कार्यान्वयन वा जग्गा हस्तान्तरण स्वत: स्वीकृत भएको मानिने छैन ।

जग्गा धितो राखिएको कारणमात्र हदबन्दी छुट प्रयोजन परिवर्तन भएको वा त्यस्तो जग्गा स्वतन्त्र रूपमा बिक्री, सट्टापट्टा वा हक हस्तान्तरण गर्न सकिने भएको मानिने छैन ।

धितो राखिएको जग्गा बिक्री, सट्टापट्टा वा अन्य हस्तान्तरण ऐनको दफा १२ (ग) बमोजिम हुनेछ । यस दफाका कुनै कुराले प्रचलित कानुन बमोजिम नेपाल सरकारमा प्राप्त हुने जग्गा, सार्वजनिक सम्पत्ति वा तेस्रो व्यक्तिको कानुन बमोजिम अधिकारमा प्रतिकूल असर नपर्ने मस्यौदामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5d ago
हदबन्दीभन्दा बढी जग्गा बैंकले अस्थायी रूपमा सकार गर्न पाउने प्रस्ताव

हदबन्दीभन्दा बढी जग्गा बैंकले अस्थायी रूपमा सकार गर्न पाउने प्रस्ताव

हाल बैंक तथा वित्तीय संस्थाहरूसँग धितो असुल हुन नसकेर सकारेको ५६ अर्ब ८४ करोड रूपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति छ ।

#जग्गा #हदबन्दी
Compare →
Hamro Patro News
1w ago
प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

प्रधानमन्त्रीको भारत भ्रमणमा कृषि र औद्योगिक उत्पादनको बजार पहुँच प्राथमिकतामा राख्नुपर्छ : सुमित केडिया

काठमाडौं । आगामी आईतबार प्रधानमन्त्री बालेन शाह दुई दिनका लागि भारतको औपचारीक भ्रमणमा जाँदैछन् । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट एक्लाएक्लै भेट्ने कार्यक्रम तय भइसकेको छ ...

#औद्योगिक #राख्न
Compare →
Nagarik News
3d ago
‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

‘पुनर्स्थापनामा सरकार उदासीन देखियो, निजी जग्गा किनेर भए पनि बाढीपीडितलाई बसोबास मिलाउनुपर्छ’

नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशी-त्रिशूली बाढी प्रभावितको पुनर्स्थापनामा संघीय सरकार उदासीन देखिएको बताएका छन्।

#जग्गा
Compare →
Bizshala
5d ago
सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

सन नेपाल लाइफको व्यतित बीमालेख नवीकरणमा ७५ प्रतिशतसम्म ब्याज छुट

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितलाई विलम्ब शुल्कमा ७५...

#छुट
Compare →

Related Stories

Property & Real Estate
Build #2625