Trending
Prev Story
Next Story

हदबन्दी छुट पाएका घरजग्गा व्यवसायीले विकास गरी बेच्न सक्ने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
13
13 reads 0 reactions

८ मंसिर, काठमाडौं । हदबन्दी भन्दा धेरै जग्गामा लगानी गरेर घरजग्गा व्यवसायीले बिक्री गर्न पाउने भएका छन् । ठूलो लगानी हदबन्दीका कारण अड्किएपछि समस्यामा परेका व्यवसायीलाई सरकारले कानुन नै संशोधन गरेर सहजीकरण गर्ने भएको हो । हालको …

हदबन्दी छुट पाएका घरजग्गा व्यवसायीले विकास गरी बेच्न सक्ने

८ मंसिर, काठमाडौं । हदबन्दी भन्दा धेरै जग्गामा लगानी गरेर घरजग्गा व्यवसायीले बिक्री गर्न पाउने भएका छन् ।

ठूलो लगानी हदबन्दीका कारण अड्किएपछि समस्यामा परेका व्यवसायीलाई सरकारले कानुन नै संशोधन गरेर सहजीकरण गर्ने भएको हो ।

हालको कानुनले घरजग्गा व्यवसायीलाई हदबन्दी भन्दा बढी जग्गा खरिद गर्न दिने तर बिक्री गर्न नपाउने व्यवस्था थियो । हालको ऐनको दफा १२ मा सम्बन्धित निकायबाट अनुमति लिएका कम्पनीले आवासीय क्षेत्रमा घरजग्गा व्यवसाय गर्ने प्रयोजनका लागि नेपाल सरकारको सूचित आदेशद्वारा तोकिदिएको सर्तको अधीनमा सोही आदेशले तोकिदिएको हदसम्मको जग्गा राख्न पाउने व्यवस्था गरेको छ ।

तर, त्यसलाई बिक्री गर्ने सन्दर्भमा स्पष्ट कानुनी व्यवस्था नहुँदा स्वामित्व हस्तान्तरण गर्न समस्या भएपछि व्यवसायी समस्यामा छन् ।

घरजग्गा व्यवसायीको अप्ठ्यारो सम्बोधन गर्दै सरकारले भूमि ऐन २०२१ अध्यादेश मार्फत संशोधन गर्ने तयारी गरेको हो । सरकारले लगानी आकर्षित गर्ने उद्देश्यसहित ६४ वटा ऐन अध्यादेश मार्फत संशोधन गर्ने तयारी गरेको छ । यो सूचीमा भूमि ऐन पनि परेको हो ।

सरकारले भूमि ऐनको दफा १२ (छ) मा संशोधन गर्दै घरजग्गा व्यवसाय तथा योजनाबद्ध आवास विकास सम्बन्धी दफा प्रस्ताव गरेको छ । दफा १२ (छ) को हाल लागु व्यवस्थासँग मिल्ने गरी घरजग्गा व्यवसायको हदबन्दी छुट तथा स्वीकृत आयोजना कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था प्रस्ताव गरेको छ ।

अध्यादेशको मस्यौदा अनुसार प्रचलित कानुन बमोजिम घरजग्गा व्यवसाय गर्ने उद्देश्यले दर्ता भएको कम्पनीले घरजग्गा व्यवसाय तथा जग्गा विकास सम्बन्धी आवश्यक स्वीकृति लिई स्वीकृत आयोजना वा परियोजनाका लागि आवश्यक जग्गा खरिद, विकास तथा बिक्री गर्न सक्ने व्यवस्था प्रस्ताव गरेको छ ।

स्वीकृति दिँदा जग्गा प्रचलित भूउपयोग कानुन बमोजिम आवासीय वा व्यावसायिक क्षेत्रमा वर्गीकृत भएको, सम्बन्धित तहको भूउपयोग योजना तथा बस्ती विकास मापदण्ड अनुकूल रहेको र स्वीकृत परियोजनाका लागि आवश्यक क्षेत्रफलभित्र रहेको सुनिश्चित गरिनुपर्ने मस्यौदामा उल्लेख छ ।

त्यसैगरी प्रस्तावित अध्यादेशमा हदबन्दी छुट प्राप्त गरेको भए त्यस्तो छुट स्वीकृत क्षेत्रफल तथा सर्तको अधीनमा रहने उल्लेख छ । त्यस्तो छुट प्राप्त नभएको कम्पनीले हदबन्दी भन्दा बढी जग्गा राख्न पाउने छैन ।

हदबन्दी छुट प्राप्त कम्पनीले स्वीकृत आयोजना प्रस्ताव, भूउपयोग योजना तथा जग्गा विकास मापदण्ड बमोजिम जग्गा विकास गरी निर्माण वा विकास सम्पन्न भएका घडेरी, घर, सामूहिक आवास वा संयुक्त आवासका इकाइ बिक्री गर्न सक्ने मस्यौदामा उल्लेख छ ।

स्वीकृत आयोजना बमोजिम विकास नगरेको जग्गा सामान्य जग्गा कारोबार प्रयोजनका लागि बिक्री गर्न नपाइने प्रस्ताव सरकारले गरेको छ ।

सामूहिक आवास वा संयुक्त आवासका घर वा आवास इकाइ बिक्री गर्दा स्वीकृत नक्सा तथा आयोजना प्रस्ताव बमोजिम खरिदकर्ताहरूको सामूहिक उपयोगका लागि छुट्याइएको जग्गामा साझा स्वामित्व तथा उपयोगको अधिकार कायम हुने गरी अभिलेख राखी दाखिल खारेज गर्नुपर्ने छ ।

साझा उपयोगका लागि छुट्याइएको जग्गा छुट्टै कित्ताका रूपमा विभाजन गरी बिक्री गर्न, धितोबन्धक राख्न वा स्वीकृत प्रयोजन परिवर्तन गर्न नपाइने पनि मस्यौदामा उल्लेख छ ।

स्वीकृत नयाँ सहर, जग्गा एकीकरण, भवन एकीकरण, आवास विकास, एकीकृत बस्ती विकास वा सहरी पुनर्विकास आयोजनालाई यस ऐन बमोजिम हदबन्दी छुट प्राप्त गर्न योग्य आयोजनाका रूपमा विचार गर्न सकिने छ ।

त्यस्तो छुट आयोजनाको स्वीकृत गुरुयोजना, आवश्यक प्रमाणित क्षेत्रफल, वित्तीय क्षमता, कार्यान्वयन अवधि तथा सार्वजनिक पूर्वाधार सम्बन्धी दायित्वका आधारमा प्रदान गर्न सकिने मस्यौदामा उल्लेख छ ।

हदबन्दी छुट प्राप्त आयोजनाले स्वीकृत योजना अनुसार विकसित घडेरी, आवासीय इकाइ वा अन्य स्वीकृत एकाइ निर्माण गरी बिक्री वा हस्तान्तरण गर्न सक्ने छ ।

सम्बन्धित निकायबाट स्वीकृत घरजग्गा विकास, सहरी विकास वा आवास आयोजनाको प्रयोजनका लागि जग्गा प्राप्त गरिएको हुनुपर्ने सर्त मस्यौदामा समावेश छ ।

जग्गाको उपयोग प्रचलित भूउपयोग योजना, जग्गा वर्गीकरण तथा स्वीकृत विकास मापदण्ड अनुकूल हुनुपर्ने, स्वीकृत आयोजना बमोजिम विकास नभएको जग्गा सामान्य जग्गा कारोबार प्रयोजनका लागि बिक्री गर्न नपाइने मस्यौदामा उल्लेख छ ।

त्यसैगरी सार्वजनिक सडक, खुला क्षेत्र, सार्वजनिक पूर्वाधार तथा सामूहिक उपयोगका लागि छुट्याइएको जग्गा संरक्षण र स्वामित्व प्रचलित कानुन बमोजिम कायम गर्नुपर्छ ।

कृषि, उद्योग, शिक्षण संस्था वा अन्य प्रयोजनका लागि हदबन्दी छुट प्राप्त जग्गालाई घरजग्गा व्यवसायमा परिवर्तन गरी बिक्री गर्न नपाइने समेत मस्यौदामा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

सुनको भाउमा धक्का, व्यापारमा झट्का : व्यवसायी भन्छन्– 'आत्तिनुपर्ने अवस्था छैन'

–सुजता थापा  काठमाण्डौ। तिहारपछि सुनको मूल्यमा लगातार पहिरो गइरहेको छ। प्रतितोला सुनको मूल्य झन्डै ४२ हजार...

#व्यवसायी
Compare →
Hamro Patro News
3d ago
निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा बुढाथोकी

६ मंसिर, विराटनगर । केशरकुमार बुढाथोकी निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । विराटनगरमा भएको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई १४० म...

#व्यवसायी
Compare →
Ekantipur
1d ago
नयाँ समुद्री बन्दरगाहमा पहुँचपछि भारतसँगको पारवहन सन्धि र रेल सेवा सम्झौतामा संशोधन गर्न व्यवसायीको माग

नयाँ समुद्री बन्दरगाहमा पहुँचपछि भारतसँगको पारवहन सन्धि र रेल सेवा सम्झौतामा संशोधन गर्न व्यवसायीको माग

वीरगन्जका व्यापार–व्यवसायीले समुद्री बन्दरगाह पारादीप र कान्डलाबाट सामान आयात–निर्यात गर्दा प्रवेश तथा निकास बिन्दु, रेलमार्ग, भन्सार जाँच र पारवहन कागजातसम्बन्धी प्रक्रिया पनि स्पष्ट हुनुपर्ने बताएका छन् ।

#व्यवसायी
Compare →
Nagarik News
1d ago
मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ।

#व्यवसायी
Compare →

Related Stories

Politics & Governance
Build #2621