Trending
Prev Story
Next Story

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

Nagarik News •
November 24, 2026 • 01:02 AM
15
15 reads 0 reactions

पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ।

मुन्दुम पदमार्गमा चहलपहल बढेपछि पर्यटन व्यवसायी उत्साहित

पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ।

पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो।

पर्यटकको आगमन बढेसँगै पदमार्ग आसपासका होटल तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा गतिविधि बढेको छ।

यसले स्थानीय व्यवसायीमा उत्साह थपेको छ। मुन्दुम पदमार्ग क्षेत्रकोे चखेवाका होटलमा पछिल्लो समय पर्यटकको चाप बढेको स्थानीय होटल व्यवसायी नवराज काङमाङले बताए।

उनका अनुसार चखेवा क्षेत्रबाट मात्रै दैनिक औसतमा एक सय ५० देखि २०० जनाको हारहारीमा पर्यटक मुन्दुम पदमार्गको यात्रामा निस्कने गरेका छन्।

पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढेसँगै होटलमा बस्ने तथा खाना खाने ग्राहकसमेत बढेको उनले बताए। यो समयमा चखेवा क्षेत्रमा रहेका १६ वटा होटल पर्यटकले भरिभराउ हुने गरेको उनको भनाइ छ।

पर्यटकको आगमनले होटल व्यवसायमा मात्र नभई स्थानीय उत्पादनको बिक्रीवितरणमा सकारात्मक प्रभाव पारेको काङमाङको भनाइ छ।

पदयात्राका क्रममा आउने पर्यटकले स्थानीय होटलमा बास बस्ने, खाना खाने र आवश्यक सामग्री खरिद गर्ने गरेका छन्। यसबाट होटल व्यवसायीको आम्दानी बढ्नुका साथै स्थानीय कृषिउपज तथा घरेलु उत्पादनको बजार विस्तारमा सहयोग पुगेको छ।

विशेषगरी भदौदेखि मङ्सिरसम्म र चैतदेखि साउनसम्म मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढी हुने गरेको व्यवसायी काङमाङले बताए।

मौसम अनुकूल हुँदा पदयात्रा गर्न सहज हुने र प्राकृतिक दृश्यको अवलोकन गर्न सकिने भएकाले यी समयमा पर्यटकको आगमन बढ्ने गरेको उनको भनाइ छ।

पर्यटकको आगमनलाई अझ व्यवस्थित गर्नसके स्थानीय क्षेत्रमा थप रोजगारी र व्यवसायका अवसर सिर्जना हुने उनले बताए।

टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई गाउँपालिकाको महत्वपूर्ण पर्यटकीय सम्पत्तिका रूपमा विकास गर्ने लक्ष्य राखिएको बताए।

प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र ऐतिहासिक पहिचान बोकेको यस क्षेत्रको योजनाबद्ध विकासमा जोड दिँदै पर्यटनमार्फत स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने लक्ष्यका साथ गाउँपालिकाले काम गरिरहेको उनको भनाइ छ।

अध्यक्ष बस्नेतले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्न प्रचारप्रसारसँगै आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिइएको बताए।

पर्यटकको आगमनलाई निरन्तरता दिन पदमार्गको संरक्षण, सरसफाइ, आवागमनमा सहजता र पर्यटकमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनले जानकारी दिए।

‘मुन्दुम पदमार्गको यात्रा गर्ने पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको छ’, अध्यक्ष बस्नेतले भने, ‘यहाँ आउने पर्यटकको सहज र सुरक्षित यात्राका लागि गाउँपालिकाले आवश्यक ध्यान दिएको छ।’

मुन्दुम पदमार्ग प्राकृतिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय क्षेत्र हो। यस पदमार्गमा पदयात्रा गर्दा पूर्वी पहाडका रमणीय डाँडाकाँडा, हरियाली वनजङ्गल, गुराँस क्षेत्र तथा विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ।

किरात सभ्यता, संस्कृति र मुन्दुम परम्परासँग जोडिएका मौलिक पक्षले यस पदमार्गलाई अन्य पर्यटकीय क्षेत्रभन्दा विशिष्ट पहिचान दिएका छन्।

यहाँको प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले पदयात्रा तथा प्रकृति अवलोकनमा रुचि राख्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पर्यटन क्षेत्रको विकासले स्थानीय नागरिकको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

पर्यटकको आगमन बढ्दा होटल तथा खाना पसल सञ्चालन गर्ने अवसर सिर्जना हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने उनको भनाइ छ।

पर्यटनलाई स्थानीय उत्पादन र रोजगारीसँग जोड्नसके गाउँपालिकाका नागरिकले आफ्नै क्षेत्रमा आम्दानीका अवसर प्राप्त गर्ने उपाध्यक्ष राईले बताइन्।

पदयात्राका क्रममा तावाभञ्ज्याङ, चखेवा, टेम्केडाँडा, मैयुङडाँडा, साल्पा पोखरी र सिलिचुङ चुचुरोलगायत क्षेत्र पर्यटकका प्रमुख आकर्षण बनेका छन्।

मौसम खुलेका बेला यहाँबाट देखिने हिमाली दृश्य, अग्ला डाँडाकाँडा र प्राकृतिक मनोरम वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ।

पदयात्राका क्रममा स्थानीय रहनसहन, संस्कृति र परम्परालाई नजिकबाट अवलोकन गर्न पाइनु पनि यस क्षेत्रको अर्को विशेषता हो।

पछिल्लो समय प्रकृति अवलोकन, पदयात्रा र स्थानीय संस्कृति बुझ्ने उद्देश्यले घुमफिर गर्ने पर्यटकको आकर्षण बढ्दै गएको छ।

पर्यटकलाई स्थानीय उत्पादनको स्वाद र पहिचानसँग परिचित गराउनसके यहाँ उत्पादित कृषिउपज, परम्परागत परिकार तथा घरेलु सामग्रीको बिक्री बढाउन सकिन्छ।

पर्यटकको सहज आवागमनका लागि पदमार्ग क्षेत्रमा आवश्यक पूर्वाधार विस्तार र व्यवस्थापनका काम भइरहेको छ। खानेपानी, शौचालय, विश्रामस्थल, सूचना पाटी, पदमार्गको नियमित मर्मतसम्भार भइरहेको छ।

पर्यटकको सुरक्षित यात्राका लागि स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच समन्वय गरेर काम भइरहेको गाउँपालिकाले जनाएको छ।

पदमार्गको प्रचारप्रसार, स्थानीय संस्कृति र उत्पादनको प्रवर्द्धन, पूर्वाधार विकास तथा पर्यटकमैत्री सेवा विस्तारलाई थप प्रभावकारी बनाउन आवश्यक छ। रासस

प्रकाशित: ८ मंसिर २०८३ ०६:४७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
6d ago
मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, पर्यटन व्यवसायी उत्साहित

मुन्दुम पदमार्गमा पर्यटकको चहलपहल बढ्दै, पर्यटन व्यवसायी उत्साहित

८ मंसिर, भोजपुर । पूर्वी पहाडको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित मुन्दुम पदमार्गमा पछिल्लो समय पर्यटकको आगमन बढ्न थालेको छ । पदयात्राका लागि अनुकूल मौसम र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न उपयुक्त समय भएकाले यहाँ आन्तरिक …

#पर्यटक #मुन्दुम #पदमार्ग
Compare →
Hamro Patro News
4d ago
अयोध्या–जनकपुरधाम रेल सेवा सोमबार उद्घाटन हुँदै, स्थानीय र व्यवसायी उत्साहित

अयोध्या–जनकपुरधाम रेल सेवा सोमबार उद्घाटन हुँदै, स्थानीय र व्यवसायी उत्साहित

काठमाडौँ । भारतको अयोध्यादेखि धनुषाको जनकपुरधामसम्म सिधा रेल सेवा सुरु हुने भएपछि स्थानीय बासिन्दा तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र साह र भारतीय सम...

#व्यवसायी #उत्साहित
Compare →
Ekantipur
2d ago
नयाँ समुद्री बन्दरगाहमा पहुँचपछि भारतसँगको पारवहन सन्धि र रेल सेवा सम्झौतामा संशोधन गर्न व्यवसायीको माग

नयाँ समुद्री बन्दरगाहमा पहुँचपछि भारतसँगको पारवहन सन्धि र रेल सेवा सम्झौतामा संशोधन गर्न व्यवसायीको माग

वीरगन्जका व्यापार–व्यवसायीले समुद्री बन्दरगाह पारादीप र कान्डलाबाट सामान आयात–निर्यात गर्दा प्रवेश तथा निकास बिन्दु, रेलमार्ग, भन्सार जाँच र पारवहन कागजातसम्बन्धी प्रक्रिया पनि स्पष्ट हुनुपर्ने बताएका छन् ।

#व्यवसायी
Compare →
Bizshala
3d ago
पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन्  किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

पर्यटकलाई घोडा चढाएरै दैनिक ५ हजारसम्म कमाउँछन् किसान, पर्यटन बन्यो आम्दानीको आकर्षक स्रोत

काठमाण्डौ । परम्परागत खेतीपातीमा निर्भर इलामको कन्यामका किसान पछिल्लो समय पर्यटन व्यवसायबाट राम्रो आम्दानी गर्न...

#पर्यटक #पर्यटन
Compare →

Related Stories

Technology
Build #2639