Trending
Prev Story
Next Story

मलेसियाले  म्यानमारका हजारौं आप्रवासीलाई फिर्ता पठाउने

Ekantipur •
November 24, 2026 • 09:03 AM
16
16 reads 0 reactions

मलेसियाले यसअघि सेप्टेम्बरको अन्त्यतिर पनि युद्धग्रस्त म्यानमारमा करिब १ हजार ५ सय आप्रवासीलाई फिर्ता पठाएको थियो

मलेसियाले  म्यानमारका हजारौं आप्रवासीलाई फिर्ता पठाउने

मलेसियाले यसअघि सेप्टेम्बरको अन्त्यतिर पनि युद्धग्रस्त म्यानमारमा करिब १ हजार ५ सय आप्रवासीलाई फिर्ता पठाएको थियो

काठमाडौँ — मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले मंगलबार आफ्नो देशले नयाँ चरणको स्वदेश फिर्ती अभियानअन्तर्गत ६ हजार ५ सयभन्दा बढी आप्रवासीलाई म्यानमार पठाउने बताएका छन् ।

'डिसेम्बर ६ र ७ मा १ हजार ५ सय म्यानमारका नागरिकलाई स्वदेश फर्काउन परराष्ट्रमन्त्रीले तीनवटा नौसैनिक जहाजलाई स्वीकृति दिनुभएको छ,' प्रधानमन्त्री अनवरले मलेसियाली संसद्लाई जानकारी गराए ।

'त्यसैगरी, डिसेम्बर महिनाभर म्यानमार सरकारकै खर्चमा विमानमार्फत ५ हजार ३०३ जनालाई स्वदेश लगिनेछ,' उनले थपे ।

दक्षिणपूर्वी एसियाली मुस्लिम बाहुल्य राष्ट्र मलेसियाले ऐतिहासिक रूपमा म्यानमारको उत्पीडन वा द्वन्द्वबाट विस्थापित भएकाहरूलाई सुरक्षित आश्रय दिँदै आएको छ । तर, पछिल्लो समय विदेशी शरणार्थीहरूसँग जोडिएको लामो समयदेखिको समस्या समाधान गर्न प्रयासरत छ ।

मलेसियाले यसअघि सेप्टेम्बरको अन्त्यतिर पनि युद्धग्रस्त म्यानमारमा करिब १ हजार ५ सय आप्रवासीलाई फिर्ता पठाएको थियो । जसको पारदर्शितालाई लिएर अधिकारवादी समूहहरूले चिन्ता व्यक्त गरेका थिए ।

पाँच दिनअघि मात्रै संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले म्यानमारले आफ्ना अल्पसंख्यक रोहिंग्या समुदायमाथि नरसंहार गरेको ठहर गरेको थियो ।

आईसीजेले अधिकारीहरूलाई देशभित्र वा विदेशमा विस्थापित भएका शरणार्थीहरूको 'सुरक्षित, स्वेच्छिक र सम्मानजनक फिर्तीको वातावरण बनाउन र सहजीकरण गर्न' आदेश दिएको छ ।

हालै म्यानमार फर्काइएका सयौं आप्रवासीलाई सैन्य हिरासतमा राखिएको भन्ने विवरणहरू सार्वजनिक भएपछि क्वालालम्पुरले अक्टोबरको अन्त्यतिर म्यानमारसँग स्पष्टीकरण सोध्ने बताएको थियो ।

अनवरले  रोहिंग्या र अन्य जातीय समूहप्रतिको चिन्तामा मलेसियाको अडान यथावत् रहेको बताए । संयुक्त राष्ट्रसंघका अनुसार मलेसियामा रहेका १ लाख ९० हजार म्यानमारका शरणार्थी तथा शरणका आकांक्षीमध्ये दुई तिहाइ हिस्सा उत्पीडित मुस्लिम अल्पसंख्यक रोहिंग्या समुदायको छ ।

दक्षिणपूर्वी एसियाकै सबैभन्दा ठूलो शरणार्थी जनसंख्यालाई आश्रय दिइरहेको मलेसिया सन् १९५१ को शरणार्थी महासन्धिको पक्षराष्ट्र होइन र उसले शरणार्थीहरूलाई औपचारिक मान्यता पनि दिँदैन ।

एएफपीका तथ्य-जाँचकर्ताहरूका अनुसार मलेसियामा रहेका रोहिंग्या शरणार्थीहरूलाई लक्षित गरी अनलाइन भ्रामक प्रचार अभियानहरू चलाइएका छन् । यसले विदेशीप्रतिको घृणा (जेनोफोबिया) र त्रास बढाएको अधिकारकर्मीहरूको भनाइ छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ– भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश फिर्ता हुनुभएको छ । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्...

#फिर्ता #स्वदेश
Compare →
Bizshala
5d ago
मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

मलेसिया जाने श्रमिकबाट अवैध असुली प्रकरण : २५ पटक रकम पठाउने निर्णय, श्रम मन्त्रालयका महत्त्वपूर्ण कागजात नै गायब

काठमाण्डौ । मलेसिया जाने नेपाली श्रमिकबाट अवैध रूपमा रकम असुली गरिएको प्रकरणको अनुसन्धान अघि बढ्दै जाँदा श्रम...

#मलेसिया #पठाउने
Compare →
Nagarik News
4d ago
कसको पालामा कति पैसा गयो मलेसिया?

कसको पालामा कति पैसा गयो मलेसिया?

श्रमका लागि मलेसिया जाने नेपाली कामदारसँग दुई देशबिचको सम्झौताविपरीत स्वास्थ्य परीक्षणका नाममा रकम असुल गरेको विषयमा चलिरहेको अनुसन्धानमा पूर्वमन्त्रीदेखि मुख्यसचिवसम्म तानिएका छन्।

#मलेसिया
Compare →
Onlinekhabar
5d ago
४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

४ पटक मन्त्रीस्तरीय निर्णयबाट रकम मलेसिया लगियो, अनुसन्धान थालेपछि फाइल गायब

६ मंसिर, काठमाडौं । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी गरेको रकम चार पटक मन्त्रीस्तरीय निर्णय गरी मलेसिया लगिएको खुलेको छ । चार पटक मन्त्रीस्तरीय निर्णय गरी नेपालबाट १७ पटक रकम मलेसिया गएको खुलेको हो …

#मलेसिया
Compare →

Related Stories

World News
Build #2625