Trending
Prev Story
Next Story

चिनियाँ अन्तरिक्ष स्टेसन जाने पहिलो विदेशी बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

Ekantipur •
November 24, 2026 • 09:03 AM
13
13 reads 0 reactions

अलीले आफूले २५ करोड पाकिस्तानीको आशा बोकेर अन्तरिक्ष यात्रा गर्न लागेको बताएका छन्

चिनियाँ अन्तरिक्ष स्टेसन जाने पहिलो विदेशी बन्दै पाकिस्तानी अन्तरिक्ष यात्री

अलीले आफूले २५ करोड पाकिस्तानीको आशा बोकेर अन्तरिक्ष यात्रा गर्न लागेको बताएका छन्

काठमाडौँ — चीनको अन्तरिक्ष स्टेसन ‘तियानगोङ’ मा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्री बनेर इतिहास रच्ने अभियानमा पाकिस्तानी नागरिक मुहम्मद जिसान छन् ।

अलीले आफूले २५ करोड पाकिस्तानीको आशा बोकेर अन्तरिक्ष यात्रा गर्न लागेको बताएका छन्।

चिनियाँ मानवयुक्त अन्तरिक्ष एजेन्सी (सीएमएसए) का प्रवक्ता झाङ जिङबोले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबार बिहान ८:१८ बजे गोबी मरुभूमिको जिउक्वान प्रक्षेपण केन्द्रबाट ‘सेन्झाउ–२४’ यान प्रक्षेपण गरिने जानकारी दिएका छन्।

पेलोड विशेषज्ञ अलीले मंगलबार आयोजित छुट्टै पत्रकार सम्मेलनमा चिनियाँ, उर्दू र अंग्रेजी भाषामा बोल्दै आफ्नो काँधमा पाकिस्तानको नाम र करोडौं नागरिकको सपना रहेको उल्लेख गरे। सन् २०२३ मा नमिरा सलिम अन्तरिक्षमा पुगे पनि अन्तरिक्ष स्टेसनमै पुग्ने अली पहिलो पाकिस्तानी हुन्।

अलीले चिनियाँ अन्तरिक्ष यात्रीहरू ताङ होङबो र वु यीसँगै तियानगोङ स्टेसनमा करिब एक साता बिताएर वैज्ञानिक प्रयोगहरू गर्नेछन्। मिसनका क्रममा चालक दलले करिब ९० वटा प्रयोग गर्ने सीएमएसएले जनाएको छ।

करिब पाँच दिनको छोटो कक्षीय बसाइपछि अली हाल स्टेसनमा रहेका यात्रीहरू लाई का–यिङ र झाङ झियुआनसँगै ‘सेन्झाउ–२३’ यानमार्फत पृथ्वीमा फर्कनेछन्। कमान्डर झु याङझु भने एक वर्षे बसाइ पूरा गर्न स्टेसनमै रहनेछन्।

अन्तरिक्ष क्षेत्रमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको बेइजिङले आफ्नो निकट साझेदार पाकिस्तानसँगको सहकार्यलाई अघि बढाएको हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चिनियाँ अन्तरिक्ष मिसनमा पहिलो पाकिस्तानी यात्री

चीनले आफ्नो अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो विदेशी अन्तरिक्ष यात्रीका रूपमा पाकिस्तानी नागरिकलाई सहभागी गराउने भएको छ । यसका लागि चीनले बुधबार प्रक्षेपण गर्ने शेन्झाउ–२४ अन्तरिक्ष यानको तीन सदस्यीय...

#अन्तरिक्ष #पाकिस्तानी #चिनियाँ
Compare →
Nagarik News
9h ago
चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले अन्तरिक्ष स्टेसनमा पुर्‍यायो पहिलो विदेशी यात्री

चीनले पहिलोपटक विदेशी अन्तरिक्ष यात्रीलाई सहभागी गराउँदै शेन्झाउ-२४ अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरेको जानकारी दिएको छ।

#अन्तरिक्ष #स्टेसन #यात्री
Compare →

Related Stories

World News
Build #2625