Trending
Prev Story
Next Story

भोटेकोशी बाढीको ९० दिन : पीडितले जग्गा कब्जा गरे, प्राधिकरणले लाइन नै काटिदियो

Ekantipur •
November 24, 2026 • 09:03 AM
18
18 reads 0 reactions

भोटेकोशी बाढीपछि ९० दिन बित्दा पनि पुनःस्थापना नभएपछि पीडितहरूले बाध्य भएर प्राधिकरणको जग्गामा टेन्ट टाँगेका छन् । तर, प्राधिकरणले बिजुलीको लाइन नै काटिदिएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य छन् ।

भोटेकोशी बाढीको ९० दिन : पीडितले जग्गा कब्जा गरे, प्राधिकरणले लाइन नै काटिदियो

भोटेकोशी बाढीपछि ९० दिन बित्दा पनि पुनःस्थापना नभएपछि पीडितहरूले बाध्य भएर प्राधिकरणको जग्गामा टेन्ट टाँगेका छन् । तर, प्राधिकरणले बिजुलीको लाइन नै काटिदिएपछि उनीहरू अँध्यारोमा बस्न बाध्य छन् ।

काठमाडौँ — १० भदौको विनाशकारी बाढीबाट विस्थापितले जग्गा कब्जा गरेपछि नेपाल विद्युत् प्राधिकरणले उनीहरूको बस्तीमा विद्युत् लाइन काटिदिएको छ ।

महिनौं बितिसक्दा पनि पुनर्वासका लागि सरकारले उदासीनता देखाएको भन्दै विदुर नगरपालिका–१ त्रिशूली बजारका स्थानीयले नजिकै कोलोनीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरेका थिए ।

करिब २५० को हाराहारीमा रहेका स्थानीयले मंसिर १ गते आफ्नै खर्चमा डोजर लगाएर प्राधिकरणको जग्गा सम्याउनुका साथै केही थान टेन्ट पनि टाँगेका थिए । त्यही दिन साँझबाट प्राधिकरणले बिजुली काटिदिएपछि विस्थापितहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।

‘हाम्रो शिविरमा न त बिजुली छ, न पानी नै,’ त्रिशूली बजारका स्थानीय नबिन्द्र प्रधानले भने, ‘आफ्नो जग्गामा बसेको भनेर त्यही साँझ नै बत्ती काटिदियो । हाम्रो बस्तीको मात्रै होइन, सडकको र नयाँ बनेको पुलको समेत बत्ती काटिदिएको थियो ।’

पछि स्थानीयको व्यापक विरोध र विदुर नगरपालिकाको अनुरोधमा प्राधिकरणले निर्माण व्यवसायी महासंघले बनाएको पुल र सडकको बत्ती सुचारु गरेको थियो । उक्त पुल त्रिशूलीपारिका विदुर नगरपालिकाका दर्जनौं बस्ती, किस्पाङ गाउँपालिका, धादिङ र रसुवाका स्थानीयको समेत आवतजावत गर्ने एक मात्र माध्यम बनेको छ ।

पुलमा दिउँसो मात्र होइन, राति पनि मानिसहरू आवतजावत गर्ने गर्छन् । त्रिशूली अस्पताल पुग्न र अस्पतालमा उपचार हुन नसकी काठमाडौं रिफर भएका बिरामीले समेत प्रयोग गर्नुपर्ने उक्त पुलमा बत्ती काटिदिएर न्यूनतम मानवीयता पनि नदेखाएको भन्दै स्थानीयहरू प्राधिकरणसँग आक्रोशित बनेका थिए ।

प्राधिकरणले बत्ती काटिदिए पनि विस्थापितहरू पालो गरेर टेन्टमा बस्दै आएका छन् । ‘पानी पनि छैन, न शौचालयको व्यवस्था छ, न बत्ती नै दिएको छ,’ उनले भने, ‘परिवार नै लिएर बस्न सक्ने अवस्था त छैन, तैपनि पालो गरेर दैनिक ३० जनाजति त्यहीँ सुत्दै आएका छौं ।’

तर, विद्युत् प्राधिकरणले भने उनीहरूलाई लक्षित गरेर बत्ती नकाटिएको दाबी गरेको छ । ‘निर्णय गरेर काटिएको होइन । विद्युत् प्रवाहमा समस्या आएपछि एक–दुई दिन बत्ती नभएको हो,’ प्राधिकरण नुवाकोट शाखाका सबइन्जिनियर सुशासन्त पौडेलले कान्तिपुरसँग भने, ‘सडकको बत्ती सुचारु गरिसकिएको छ । पीडित बसेको बस्तीमा बत्ती दिने निर्णय कार्यालय प्रमुख चीन भ्रमणबाट आएपछि गर्छौं ।’

भोटेकोशी बाढी गएको मंगलबार ९० दिन पुगेको छ र यत्तिका दिन बितिसक्दा पनि विस्थापितको पुनःस्थापनामा सरकारले ठोस पहल गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । पीडितले जग्गा कब्जा गरेपछि संघीय सरकारका मन्त्री र प्रतिनिधिहरू भेट्न पुगेको तर यसो गर्दै छौं भन्नेसम्म पनि बताउन नसकेको उनीहरूको गुनासो छ ।

‘आउन त यहाँ धेरै आए, अझै पनि आइरहेका छन्,’ भोटेकोशी बाढीबाट विस्थापित त्रिशूली बजारका स्थानीय नारायण श्रेष्ठले भने, ‘तर के गर्नु, फोटो खिचाउन मात्रै आएका छन्, हाम्रो समस्यालाई अझैसम्म गम्भीर रूपमा लिएको पाइँदैन ।’

प्राधिकरणको उक्त जग्गा स्थानीय सरकारले विस्थापितहरूको पुनःस्थापनाका लागि संघीय सरकारलाई सिफारिस गरेको स्थान हो । संघीय सरकारले समयमै पुनःस्थापनाका लागि निर्णय नगर्दा बाढीपीडित र विस्थापितमा बेचैनी बढेको छ ।

‘पुनःस्थापना त परै जाओस्, अहिलेसम्म मृतक आफन्तको किरिया खर्चसमेत दिएको छैन,’ श्रेष्ठले भने, ‘कोठाभाडा दिन्छु भनेर पनि दिएको छैन । भएको सबै बगिहाल्यो । जाने ठाउँ कतै भएन । यस्तो गर्नु हाम्रो बाध्यता हो ।’

बाढीमा परी १ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ भने ५ हजार २ सय ८५  बेपत्ता छन् ।

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह

भोटेकोशी बाढीमा बेपत्ता भएका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न आग्रह

काठमाडौं। रसुवास्थित भोटेकोशी बाढीमा बेपत्ता भएका नेपाली तथा विदेशी नागरिकका परिवारलाई सात दिनभित्र दाबी पेस गर्न...

#प्राधिकरण #भोटेकोशी #बाढी
Compare →
Nagarik News
1h ago
भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?

भोटेकोशी बाढीको तीन महिना : बेपत्ता कहिले हुन्छन् मृत घोषित ?

प्रवक्ता केसीका अनुसार भोटेकोशी बाढीमा मनाङ र मुस्ताङबाहेक बाँकी सबै ७५ जिल्ला तथा १९ देशबाट बेपत्ताको निवेदन परेका छन्।

#भोटेकोशी #बाढी
Compare →
Hamro Patro News
3d ago
भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि एनसेल फाउन्डेसनको सहयोग

भोटेकोशी बाढी प्रभावित क्याम्पसको पठनपाठन पुनः सञ्चालनका लागि एनसेल फाउन्डेसनको सहयोग

एनसेल फाउन्डेसनले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी कजेलको पठनपाठन पुनःसञ्चालनका लागि शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ। गत भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुऱ्य...

#भोटेकोशी #बाढी
Compare →
Onlinekhabar
5d ago
भोटेकोशी बाढी प्रभावित क्याम्पस पुन: सञ्चालन गर्न एनसेल फाउन्डेसनको शैक्षिक पूर्वाधार सहयोग

भोटेकोशी बाढी प्रभावित क्याम्पस पुन: सञ्चालन गर्न एनसेल फाउन्डेसनको शैक्षिक पूर्वाधार सहयोग

६ मंसिर, काठमाडौं । एनसेल फाउन्डेसनले नुवाकोट विदुरस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पसको पठनपाठन पुन: सञ्चालन गर्न आवश्यक शैक्षिक पूर्वाधार सहयोग प्रदान गर्ने भएको छ । १० भदौमा भोटेकोशी नदीमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको क्याम्पसलाई सहयोग …

#भोटेकोशी #बाढी
Compare →

Related Stories

Science & Climate
Build #2625