Trending
Prev Story
Next Story

राष्ट्रिय खेलकुद: महिला क्रिकेटको उद्घाटन खेलमा आर्मी विजयी

Ekantipur •
November 24, 2026 • 09:03 AM
15
15 reads 0 reactions

वीरेन्द्रनगर रंगशालामा आर्मीले कोशीलाई ६५ रनमा अलआउट गर्दै १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

राष्ट्रिय खेलकुद: महिला क्रिकेटको उद्घाटन खेलमा आर्मी विजयी

वीरेन्द्रनगर रंगशालामा आर्मीले कोशीलाई ६५ रनमा अलआउट गर्दै १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

सुर्खेत — दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ। वीरेन्द्रनगर रंगशालामा सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशीलाई ६५ रनमै अलआउट गरेको थियो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन्। रुविना महलाले पाँच र सृजनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

कोशीलाई कम योगफलमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन खर्चिइन्। मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए।

६६ रनको लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्।

कोशीकी कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन्। चार विकेट लिनुका साथै बलिङमा किफायती प्रदर्शन गरेकी आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच घोषित भइन्।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

#आर्मी #कोशी #खेलकुद
Compare →
Hamro Patro News
6h ago
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता :  सुदूरपश्चिमलाई सात विकेटले पराजित गर्दै बागमती विजयी

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । वीरेन्द्रनगर रङ्गशालामा भएको खेलमा बागमतीले सुदूरपश्च...

#खेलकुद #विजयी
Compare →

Related Stories

Sports
Build #2625