Trending
Prev Story
Next Story

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

Nagarik News •
November 24, 2026 • 07:07 AM
13
13 reads 0 reactions

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

दशौं राष्ट्रिय खेलकुद : उद्घाटन खेलमा विभागीय टिम आर्मी विजयी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई छ विकेटले पराजित गरेको छ।

वीरेन्द्रनगर रंगशालामा टस जितेर फिल्डिङ रोजेको आर्मीले कोशी प्रदेशलाई ६५ रनमा अलआउट गर्‍यो।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रनको योगदान दिइन्। ३६ बल खेलेकी रुविनाले एक छक्का र पाँच चौका प्रहार गरिन्।

रुविनालाई अन्य व्याटरहरुले साथ दिन सकेनन्। यस्तै, रुविना महलाले ५ रन, सृजनाकुमारी राजवंशीले ४ रनको योगदान दिइन्।

कोशीलाई सस्तैमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी यमुनाले दुई ओभर मेडन राख्दै ६ रन खर्चिइन्।

यस्तै मनिषा उपाध्यायले दुई विकेट र कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको आर्मीले १३.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बलको सामना गरेकी उनले तीन चौका प्रहार गरिन्।

यस्तै रुवी पोद्दारले १८, कविता कुँवरले नटआउट १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्।

कोशीकी रुविना क्षेत्रीले तीन विकेट हात पारिन् भने एलिशा खादियाले एक विकेट लिइन्।

प्रतियोगिताको प्लेयर अफ दि म्याच आर्मीकी यमुना थारु भइन्।

प्रकाशित: ८ मंसिर २०८३ १२:५२ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
राष्ट्रिय खेलकुद: महिला क्रिकेटको उद्घाटन खेलमा आर्मी विजयी

राष्ट्रिय खेलकुद: महिला क्रिकेटको उद्घाटन खेलमा आर्मी विजयी

वीरेन्द्रनगर रंगशालामा आर्मीले कोशीलाई ६५ रनमा अलआउट गर्दै १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

#आर्मी #कोशी #खेलकुद
Compare →
Hamro Patro News
1d ago
दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

दशौं राष्ट्रिय खेलकुदको पहिलो दिन: बागमती प्रदेश शीर्ष स्थानमा, एनआरएनए दोस्रो र आर्मी तेस्रो

काठमाडौं । कर्णाली प्रदेशमा जारी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को पहिलो दिनको पदक तालिका सार्वजनिक भएको छ। सार्वजनिक तालिकाअनुसार बागमती प्रदेश ४ स्वर्ण, २ रजत र ३ कांस्यसहित कुल ९ पदक जि...

#दशौं #खेलकुद #आर्मी
Compare →

Related Stories

Sports
Build #2625