Trending
Prev Story
Next Story

एनभिडिया विवादले नयाँ मोड लियो : सिंगापुरको एआई कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

Bizshala •
November 24, 2026 • 05:06 AM
13
13 reads 0 reactions

काठमाडौं । अमेरिकाले सिंगापुरको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मेगास्पिड लिमिटेडमाथि प्रतिबन्ध लगाउने तयारी गरेको...

एनभिडिया विवादले नयाँ मोड लियो : सिंगापुरको एआई कम्पनीमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी

काठमाडौं । अमेरिकाले सिंगापुरको कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी मेगास्पिड लिमिटेडमाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ। एनभिडियासँग जोडिएको विवादमा कथित संलग्नता रहेको आरोपपछि अमेरिकी सरकारले कम्पनीलाई प्रतिबन्धित संस्थाको सूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो।

अमेरिकी वाणिज्य विभागले मेगास्पिडलाई अमेरिकामा वस्तु खरिद तथा बिक्री गर्न प्रतिबन्ध लगाइएका कम्पनीहरूको सूचीमा समावेश गर्ने योजना बनाएको जनाएको छ। यद्यपि, प्रतिबन्ध कहिलेदेखि लागू हुने भन्नेबारे विभागले खुलाएको छैन।

मुख्य रूपमा डेटा सेन्टर विकास गर्ने काममा संलग्न मेगास्पिड पछिल्ला सातामा आफ्नी पूर्वअधिकारी एलिस ह्वाङसँग जोडिएको विवादका कारण चर्चामा आएको हो। उनीमाथि चीनका लागि जासुसी गरेको आरोप लागेको छ। साथै, एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङसँग सम्बन्ध रहेको आरोपसमेत सार्वजनिक भएको थियो।

यी घटनाक्रमपछि अमेरिकी अधिकारीहरूले अनुसन्धान तीव्र बनाएका थिए। मेगास्पिडले एनभिडियाका अत्याधुनिक एआई कम्प्युटर चिप चीन पुर्‍याइरहेको हुन सक्ने आशंकाले अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ता थपिएको समाचारमा उल्लेख छ।

बीबीसी न्युजले यस विषयमा प्रतिक्रिया लिन अमेरिकी वाणिज्य विभाग, ह्वाइट हाउस र मेगास्पिडसँग सम्पर्क गरेको जनाएको छ।

यसअघि अमेरिकामा खासै चर्चामा नरहेको मेगास्पिड एलिस ह्वाङ र जेन्सेन ह्वाङबीच सम्बन्ध रहेको भन्ने सञ्चारमाध्यमका समाचार सार्वजनिक भएपछि चर्चामा आएको थियो। अमेरिकी गुप्तचर निकायहरूले एलिस ह्वाङ बेइजिङका लागि काम गरिरहेको आशंका गरेका थिए।

यद्यपि, चीनले एलिस ह्वाङमाथि लगाइएको जासुसीको आरोप अस्वीकार गरेको छ। साथै, एआई प्रविधिमा प्रतिबन्ध तथा अवरोध सिर्जना गर्ने बहानाका रूपमा यस विवादलाई प्रयोग नगर्न चीनले अमेरिकालाई चेतावनी दिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
9h ago
एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने

एनभिडियाको एआई क्षेत्रमा अमेरिकी नियामकले निगरानी गर्ने

एआई उद्योगमा अत्यधिक ऋणको जोखिम बढ्न नदिन अमेरिकाले नयाँ नियम ल्याउने वा छुट्टै नियमन तथा निगरानी संयन्त्र स्थापना गर्ने तयारी गर्न सक्ने ताइवानको समाचार संस्था फोकस ताइवानले जनाएको छ ।

#एआई #एनभिडिया #अमेरिकी
Compare →
Hamro Patro News
1d ago
इरानमाथि अमेरिकी प्रतिबन्धको अस्त्र रित्तिएको गर्भनरको दाबी

इरानमाथि अमेरिकी प्रतिबन्धको अस्त्र रित्तिएको गर्भनरको दाबी

काठमाडौं– इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोल्नासर हेमाटीले तेहरानको विदेशी मुद्रा तथा सुन विनिमय केन्द्रमाथि अमेरिकाले लगाएको नयाँ प्रतिबन्धको आलोचना गरेका छन्। उनले अमेरिकासँग अब प्रतिबन्ध लगाउ...

#प्रतिबन्ध #अमेरिकी
Compare →
Nagarik News
2d ago
सिंगापुरमा तलब वृद्धि, दक्ष जनशक्तिलाई बढी लाभ हुने

सिंगापुरमा तलब वृद्धि, दक्ष जनशक्तिलाई बढी लाभ हुने

रोजगारदाता कम्पनी र नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब अपेक्षाबीच ठूलो अन्तर देखिएको एक सर्वेक्षणले जनाएको छ।

#सिंगापुर
Compare →

Related Stories

World News
Build #2625