Trending
Prev Story
Next Story

चीनसहित १६ अर्थतन्त्रमाथि थप भन्सार महसुल लगाउने अमेरिकाको तयारी

Ekantipur •
November 25, 2026 • 08:33 AM
8
8 reads 0 reactions

सर्वोच्च अदालतले गत वर्ष खारेज गरिदिएको बृहत् भन्सार नीतिको विकल्पका रूपमा नयाँ महसुलको योजना ल्याइएको हो । यसबारे मङ्गलबार नै ब्लुमबर्ग र द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेका थिए

चीनसहित १६ अर्थतन्त्रमाथि थप भन्सार महसुल लगाउने अमेरिकाको तयारी

सर्वोच्च अदालतले गत वर्ष खारेज गरिदिएको बृहत् भन्सार नीतिको विकल्पका रूपमा नयाँ महसुलको योजना ल्याइएको हो । यसबारे मङ्गलबार नै ब्लुमबर्ग र द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेका थिए

वासिङ्टन — अमेरिकाले चीन र युरोपेली युनियन (ईयू) सहित १६ अर्थतन्त्रमाथि भन्सार महसुल बढाउने योजना बनाइरहेको छ ।

यस विषयमा जानकार दुई अधिकारीका अनुसार आगामी केही दिनभित्रै यससम्बन्धी घोषणा हुन सक्नेछ ।

ती देशका सरकारले उद्योगलाई अत्यधिक अनुदान दिएकाले उत्पादन बढेको र त्यसले विश्व बजारमा सस्ता सामानको बाढी ल्याएको ह्वाइट हाउसको ठहर छ ।

यस्तो अवस्थाले अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा पछाडि पारेको र सोही अवस्था रोक्न नयाँ भन्सार महसुल लगाउन लागिएको बताइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले ती देशहरूले उद्योगलाई दिएको अनुदानबारे महिनौँदेखि अनुसन्धान गरिरहेको थियो ।

त्यसको नतिजा पनि अमेरिकाले छिट्टै सार्वजनिक गर्न लागेको छ । सार्वजनिक रूपमा बोल्ने अनुमति नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीहरूले भन्सार महसुल लागू गर्ने समयतालिकामा अझै हेरफेर हुन सक्ने बताएका छन् । यस विषयमा ह्वाइट हाउस र यूएसटीआरले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

सर्वोच्च अदालतले गत वर्ष खारेज गरिदिएको बृहत् भन्सार नीतिको विकल्पका रूपमा नयाँ महसुलको योजना ल्याइएको हो । यसबारे मङ्गलबार नै ब्लुमबर्ग र द वाल स्ट्रिट जर्नलले समाचार प्रकाशन गरेका थिए ।

सन् २०२५ को अप्रिलमा घोषणा गरिएका भन्सार महसुलहरूलाई गत फेब्रुअरीमा अमेरिकाको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि त्यसको विकल्प खोज्ने क्रममा अमेरिकाले यो कदम चालेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल राष्ट्रपति निर्वाचित भएदेखि नै विदेशी सामग्रीहरूमाथि भन्सार शुल्क बढाउँदै आएका छन् ।

यसअघि गत जुलाईमा ह्वाइट हाउसले ६० वटा व्यापारिक साझेदार मुलुकमाथि १० देखि १२.५ प्रतिशतसम्म भन्सार महसुल लगाएको थियो । ती देशहरूले बाध्यात्मक श्रमबाट उत्पादित वस्तुमाथिको प्रतिबन्ध प्रभावकारी रूपमा लागू नगरेको आरोप अमेरिकाले त्यसबेला लगाएको थियो ।

यसै महिना अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा महँगी र जीवनयापनको लागत मुख्य मुद्दा बन्दा ट्रम्पको रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेको छ ।

यद्यपि, ट्रम्प प्रशासन अझै पनि आयात कर लगाउने नीतिबाट पछि नहटेको यो कदमले देखाउँछ ।

ट्रम्पले एकतर्फी रूपमा लगाउने यस्ता भन्सार महसुलबारे विपक्षी डेमोक्रेटिक पार्टीले जनाउने सम्भावित प्रतिक्रिया पनि अहिले चासोको विषय बनेको छ । किनकि, भन्सार शुल्क बढ्दा अमेरिकामा मूल्यवृद्धि पनि बढ्नेछ ।

संसद्का दुवै सदन (हाउस र सिनेट) मा डेमोक्रेटिक पार्टीको बहुमत रहेकाले भन्सार महसुल उल्ट्याउने वा कमजोर पार्ने कानुन सदनबाट तयार हुन सक्छ । तर, त्यस्ता कुनै पनि कानुनलाई भिटो प्रयोग गरेर रोक्न सक्ने अधिकार राष्ट्रपति ट्रम्पलाई छ ।

प्रस्तावित नयाँ भन्सार महसुलको दर कति हुनेछ भन्ने तत्काल स्पष्ट भइसकेको छैन । तर, यो दर यसै वर्षको सुरुमा घोषणा गरिएको १० देखि १२.५ प्रतिशत महसुलमा थपिएर आउनेछ ।

गत फेब्रुअरीमा सर्वोच्च अदालतले प्रायः सबै व्यापारिक साझेदारमाथि लगाइएको ‘पारस्परिक भन्सार’ खारेज गरेको थियो ।

त्यसपछि, ट्रम्पले अस्थायी महसुलको सहारा लिएका थिए । उक्त अस्थायी म्याद सकिनै लाग्दा ट्रम्पले फेरि महसुल बढाउने नयाँ घोषणाहरू गरे । चीनलगायत धेरै देशले उक्त  कदमको विरोध गरेका थिए ।

ट्रम्पले गत साता मात्रै चिनियाँ प्रविधि हब सेन्जेनको भ्रमण गरी चिनियाँ राष्ट्रपति सी चिनफिङसँग प्रत्यक्ष भेटवार्ता गरेका थिए ।

ट्रम्पको आतिथ्यमा आगामी महिना फ्लोरिडाको डोरलमा आयोजना हुने ‘जी–२०’ शिखर सम्मेलनमा सहभागी हुन राष्ट्रपति सी अमेरिका जाने कार्यक्रम छ । यस वर्ष ट्रम्प र सीबीचको यो चौथो प्रत्यक्ष भेटवार्ता हुनेछ ।

ट्रम्पले सीसँग नजिकको सम्बन्ध बनाउने प्रयास गरिरहे पनि दुई देशीय सम्बन्धमा विशाल व्यापार घाटा अझै ठूलो तगारो बनेको छ ।

पछिल्ला वर्षहरूमा चिनियाँ उद्योगहरूले विश्वव्यापी रूपमा प्रभुत्व जमाएका छन् । अटोमोबाइलदेखि सौर्य प्यानल, सिमेन्ट र स्टिल उत्पादनसम्म चीनबाट अन्यत्र निर्यात हुने गर्छ । निर्यात वृद्धिसँगै गत वर्ष चीनको व्यापार बचत करिब १.२ ट्रिलियन डलरको कीर्तिमानी उचाइमा पुगेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Bizshala
9h ago
चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

चीन र जापानसहित १६ देशमाथि नयाँ भन्सार शुल्क लगाउने तयारीमा अमेरिका

काठमाडौं। अमेरिकाले विभिन्न देशबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने तयारी गरेको छ। यसबाट चीन, जापान,...

#भन्सार #लगाउने #अमेरिका
Compare →
Nagarik News
2d ago
वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा

वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा

आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

#भन्सार
Compare →
Hamro Patro News
3d ago
भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका सन् २००९ मा सहमति भएको गुलरिया-मुर्तिहा नाका भारतीय वन्यजन्तु आरक्ष क्षेत्रमा भन्सारका लागि जग्गा नपाउँदा र सरकारी पहल कमजोर हुँदा संचालनमा आउन सकेको छ...

#भन्सार
Compare →

Related Stories

World News
Build #2625