Trending
Prev Story
Next Story

वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा

Nagarik News •
November 23, 2026 • 12:07 PM
3
3 reads 0 reactions

आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा

सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयअन्तर्गत वैदेशिक हुलाक शाखाका दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस मागिएको सूचनाका आधारमा आयोगको टोलीले दुवै कर्मचारीलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।

आयोगका अनुसार अनुसन्धानका क्रममा न्यौपाने र पुडासैनीले सेवाग्राहीको सामान वैदेशिक हुलाक शाखामार्फत विदेश पठाउने क्रममा विभिन्न बहाना बनाएर बार्गेनिङ गर्दै घुस मागेको पुष्टि भएको छ। उनीहरूले आपसी मिलेमतो र पूर्वयोजनाअनुसार ९ हजार ५०० रुपैयाँ घुस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

पद तथा ओहदाको दुरुपयोग गरी बदनियतपूर्वक घुस लिएको पुष्टि भएपछि दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार कसुर कायम गरिएको आयोगले जनाएको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध ९ हजार ५०० रुपैयाँ बिगो कायम गरी ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र बिगोबराबर जरिवाना सजायको मागदाबी गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै कर्मचारीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको जानकारी दिएका छन्।

प्रकाशित: ७ मंसिर २०८३ १७:५२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

भन्सार छलिका १६ लाखभन्दा बढीको अवैध सामान बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा रु १६ लाखभन्दा बढीको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हेड क्वाटर पर्सा तथा मातहत कार्यालयबाट खटिएको टोलिले आज भारतबाट अवै...

#भन्सार #सामान
Compare →
Ekantipur
1d ago
भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

भन्सार भवन बन्यो, सञ्चालनमा आएन गुलरिया नाका

सन् २००९ मा सहमति भएको गुलरिया-मुर्तिहा नाका भारतीय वन्यजन्तु आरक्ष क्षेत्रमा भन्सारका लागि जग्गा नपाउँदा र सरकारी पहल कमजोर हुँदा संचालनमा आउन सकेको छैन।

#भन्सार
Compare →
Onlinekhabar
3d ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा रहेका बेला इनर्वामा छोटी भन्सार स्थापना हुनुपर्ने माग

प्रधानमन्त्री बालेन भारत भ्रमणमा रहेका बेला इनर्वामा छोटी भन्सार स्थापना हुनुपर्ने माग

७ मंसिर, काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका-२ स्थित इनर्वामा छोटी भन्सार स्थापना हुनुपर्ने माग स्थानीयले राखेका छन् । प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका बेला त्यहाँका स्थानीयले भन्सार स्थापना गर्न माग गरेका …

#भन्सार
Compare →
Bizshala
4d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#भन्सार
Compare →

Related Stories

World News
Build #2612