विराटनगर, मङ्सिर ७ गते । भन्सार विभागले कार्यान्वयनमा ल्याएको नेपाल राष्ट्रिय एकद्वार प्रणाली (नेपाल नेसनल सिङ्गल वोइन्डोज सिस्टम–एनएसडब्ल्यु) मा जोडिनुपर्ने भनिएका सबै निकाय नजोडिँदा आयातनिर्यातकर्ताले समस्या भोगिरहेका छन् ।
एनएसडब्ल्यु प्रयोग गर्दा सेवाग्राहीहरूले मालवस्तुको मूल्यको स्वघोषणा (प्रज्ञापनपत्र) अनलाइन पोर्टलमार्फत नै गर्न पाउँछन् । यसले जसले भन्सारमा हुने कागजी प्रक्रियालाई कम गर्नुका साथै सेवा प्रवाहलाई चुस्त बनाउने विश्वास लिइएको थियो । मालवस्तु आयातनिर्यातमा हुन सक्ने चुहावटलाई समेत रोकिने विश्वास थियो ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )