Trending
Prev Story
Next Story

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मङ्सिर, वासिङ्टन (रासस/एपी)। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर …

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

६ मङ्सिर, वासिङ्टन (रासस/एपी)। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ ।

ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी) लाई यसबारे जानकारी दिएका हुन् । यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो ।

नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ । यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन् ।

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन् । सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ ।

एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ । यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
31m ago
अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

#एफबीआई #अनुसन्धान #सूचना
Compare →
Hamro Patro News
3h ago
स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित त...

#सूचना #प्रणाली
Compare →
Bizshala
21h ago
के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

के एआई ह्याकर र बैंकहरूबीच साइबर युद्ध सुरु भएको हो ?

बैंकिङ प्रणाली अहिले ठूलो साइबर चुनौतीको सामना गरिरहेको छ। एकतिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सुसज्जित ह्याकरहरू...

#प्रणाली #ह्याक
Compare →
Ekantipur
3d ago
धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

धनकुटा बजारमा दुई खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

एक करोड २० लाख रुपैयाँ लागतका प्रणाली सञ्चालनमा आएपछि धनकुटा नगरपालिकाका-३, ४ र ६ का ११ सय परिवार लाभान्वित हुनेछन्।

#प्रणाली
Compare →
Arthasansar
3d ago
मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

अब मेरो सेयर एपबाट नै आईपीओ, बोनस र लकइनको सूचना प्राप्त गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड...

#सूचना
Compare →

Related Stories

World News
Build #2612