काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार भएको बताएका छन् । गत वर्ष दुई देशबीच करिब नौ अर्ब ४० करोड अमेरिकी डलर बराबरको व्यापार भएको उनले स्मरण गराएका छन् । नेपालको कुल निर्यातको ८० प्रतिशतभन्दा बढी हिस्सा भारततर्फ जाने गरेको उनले बताए ।
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा आयोजित इन्डिया नेपाल बिजनेस राउन्डटेबलमा अध्यक्ष श्रेष्ठले यति घनिष्ठ आर्थिक सम्बन्ध हुँदाहुँदै पनि नेपालमा भारतीय लगानीको वास्तविक परिमाण एक अर्ब अमेरिकी डलरभन्दा कम रहेको प्रस्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )