Trending
Prev Story
Next Story

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

Arthasansar •
November 11, 2026 • 05:34 AM
2
2 reads 0 reactions

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर...

भाइटीका लगाउने क्रम शुरु, दिनभर लगाउन सकिने

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका मनाइँदैछ । साइतअनुसार टीका लगाउने क्रम शुरु भएको छ । भाइटीका आज दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ११ बजेर ७ मिनेट उत्तम रहेको यसअघि जनाएको थियो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका तिहारको मुख्य दिन हो । आज दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र समृद्धिको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाइदिने चलन छ । यसलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने परम्परा छ ।

दिदीबहिनीको पूजा गर्नाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता रहेको छ । भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन् । दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने चलन छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् बताउँछन् । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने गर्छन् ।

दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिएर सम्मान प्रकट गर्ने धार्मिक तथा सामाजिक परम्परा छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायमा कुल परम्पराअनुसार कसैले आज र कसैले अघिल्लो दिन किजापूजा गर्ने गर्छन् । भक्तपुरका धेरैजसो नेवार समुदायले हिजो किजापूजा गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका, भाइटीका लगाउन पाउँदा उत्साहित

पोखरामा विदेशी पर्यटकले मनाए भाइटीका, भाइटीका लगाउन पाउँदा उत्साहित

कास्की । नेपालीको दोस्रो ठूलो चाड तिहारको सांस्कृतिक रौनकमा सहभागी हुँदै पोखरा आएका विदेशी पर्यटकले भाइटीका मनाएका छन् । होटल सङ्घ पोखरा नेपालको आयोजनामा पोखरा–६, लेकसाइडस्थित होटल पौवामा आज आयोजि...

#भाइटी #लगाउन
Compare →
Onlinekhabar
2d ago
अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

अस्ट्रेलियामा भाइटीकाको रौनक, दाजुभाइलाई टीका लगाउन सहर पुगे दिदीबहिनी

क्यानबेरा । अस्ट्रेलियामा यसवर्षको भाइटीका नेपाली समुदायले हर्षोल्लासका साथ मनाएका छन् । स्थानीय समयअनुसार बिहान करिब ११ बजेदेखि नै भाइटीका लगाउने क्रम सुरु भएको थियो । कतिपय परिवारले बिहानै शुभसाइतमा भाइटीका लगाए भने, काम र अन्य …

#भाइटी #लगाउन
Compare →
Nagarik News
1d ago
दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ ।

#दिनभर
Compare →
Bizshala
1d ago
भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

भाइटीकामा सशस्त्र प्रहरीको निःशुल्क बस, २ हजार ४८६ यात्रुले लिए सेवा

काठमाडौं । भाइटीकाका दिन सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट २...

#भाइटी
Compare →
Ekantipur
2d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#भाइटी
Compare →

Related Stories

Business & Economy
Build #2611