श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो पार्टीको सरकार बने असमान सन्धि सम्झौता खारेज गर्ने र विदेशी ऋण नलिने बताएका छन्।
उनले सरकारले यसअघि लिएको विदेशी ऋणसमेत थोरै–थोरै गर्दै फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन्।
‘श्रम संस्कृतिको सरकार आएको दिन हामी असमान सन्धि सम्झौता सबै खारेज गर्नेछौँ। विदेशी ऋण लिने छैनौँ। लिएको ऋणसमेत फिर्ता गर्नेछौँ, थोरै–थोरै गर्दै भए पनि,’ उनले सामाजिक सञ्जालमा भनेका छन्, 'दु:खै गर्नेछौँ। सुख र सुबिधा भोगको आशा गर्ने छैनौँ।'
उनले सरकारमा पुगेपछि सुख, सुविधा र भोगविलासको अपेक्षा नगरी दुःख गरेर काम गर्ने पनि बताएका छन्।
प्रकाशित: ९ मंसिर २०८३ १६:४० बुधबार