Trending
Prev Story
Next Story

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा

Ekantipur •
November 25, 2026 • 04:33 AM
11
11 reads 0 reactions

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको इजलासमा

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

यसअघि सोमबार (मंसिर ८) का लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए । त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो । अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले गत कात्तिक १८ गतेको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो । केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर प्रहरी संगठनको नेतृत्व सम्हालेका थिए ।

सरकारले भने कार्कीमाथि कुनै कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरिएको बताएको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको बताएका थिए ।

तर कार्कीले आफ्नो कार्यकाल बाँकी रहँदै कानुनी प्रक्रिया पूरा नगरी पदबाट हटाइएको जिकिर गरेका छन् । उनले आफूलाई हटाउनुअघि कुनै स्पष्टीकरण नसोधिएको र आफ्नो कुरा राख्ने अवसरसमेत नदिइएको भन्दै सरकारको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत रहेको दाबी गरेका छन् ।

कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ विपरीत आफूलाई हटाइएको दाबी गरिएको छ । प्रहरी नियमावलीको नियम १२७ बमोजिमको पदावधि पूरा नहुँदासम्म आईजीपी पदमा पूर्ववत् कायम राख्न पनि माग गरिएको छ ।

रिटमा मन्त्रिपरिषद्को निर्णय बदर गर्न, मनोज केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन तथा केसीको नियुक्तिसम्बन्धी निर्णय र त्यसका आधारमा भएका कामकारबाही बदर गर्न माग गरिएको छ । साथै, आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न र पूर्ववत् जिम्मेवारीमा फर्काउन अन्तरिम आदेश जारी गर्न निवेदन गरिएको छ ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मंसिर २ गते सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । अदालतले सरकारसँग मन्त्रिपरिषद्को निर्णय र त्यससँग सम्बन्धित कागजातसमेत माग गरेको थियो ।

अब संयुक्त इजलासमा हुने सुनुवाइले कार्कीलाई आईजीपीमा पुनर्बहाली गर्ने मागसहितको अन्तरिम आदेश जारी हुने वा नहुने विषय टुंगो लगाउनेछ ।

दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

दानबहादुर कार्कीको रिटको सुनुवाइ न्यायाधीशद्वय निरौला र पौडेलको इजलासमा

९ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा हुने भएको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले आईजीपीमा पुनर्वाहलीको …

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →
Hamro Patro News
6h ago
दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी

दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार ...

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →
Nagarik News
1h ago
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

#सर्वोच्च-अदालत #कार्की #दानबहादुर
Compare →

Related Stories

Politics & Governance
Build #2625