Trending
Prev Story
Next Story

दानबहादुर कार्कीको रिटमा बहस सकियो

Ekantipur •
November 25, 2026 • 11:02 AM
7
7 reads 0 reactions

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

दानबहादुर कार्कीको रिटमा बहस सकियो

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश नृपधवज निरौला र श्रीकान्त पौडेलको इजलासमा दुवै पक्षको बहस सकिएको हो ।

कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।

यसअघि सोमबार (८ मंसिरमा) का लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन । प्रहरी महानिरीक्षक मनोजकुमार केसीलाई अदालतको म्याद तामेल नभएको भन्दै नेपाल प्रहरीका तर्फबाट बहसमा सहभागी कानुन व्यवसायीले नयाँ म्याद जारी गर्न माग गरेका थिए । त्यसपछि अदालतले प्रहरी प्रधान कार्यालयका प्रतिनिधिमार्फत केसीलाई म्याद बुझाउन र अर्को पेसीमा मन्त्रिपरिषद्को निर्णयसहितका सक्कल कागजात पेस गर्न आदेश दिएको थियो । अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गत १८ कात्तिकको मन्त्रिपरिषद् बैठकबाट कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो । उनको स्थानमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिएको थियो । केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर प्रहरी संगठन

सरकारले भने कार्कीमाथि कुनै कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरिएको बताएको थियो । सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धमा आवश्यक सल्लाह, सुझाव र परामर्श दिन आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको बताएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा के भयो दुई पक्षको बहस ?

९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ । न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले …

#सर्वोच्च-अदालत #कार्की #महानिरीक्षक
Compare →
Nagarik News
3h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ।

#कार्की #रिट #दानबहादुर
Compare →
Hamro Patro News
7h ago
दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी

दानबहादुर कार्कीको रिटमा सुनुवाइ जारी

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएका दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ शुरू भएको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बुधबार ...

#सर्वोच्च-अदालत #कार्की #रिट
Compare →

Related Stories

National (Nepal)
Build #2625