९ मंसिर, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षकबाट गैरकानूनी रुपमा हटाइएको दाबीसहित दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि बुधबार दुवै पक्षको छलफल सकिएको छ ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिट निवेदक कार्कीका कानून व्यवसायी, महान्यायाधीवक्ता सहित सरकारी वकिलहरु अनि नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीका कानून व्यवसायीहरुले बहस गरेका हुन् ।
बहस सकिएपछि न्यायाधीशहरूले बुधबार नै आदेश लेख्ने तयारी गरेका छन् ।