Trending
Prev Story
Next Story

लुम्बिनीमा थाईल्याण्डको पर्व लोय कोताङ मनाइयो

Ekantipur •
November 25, 2026 • 04:33 AM
9
9 reads 0 reactions

फरक संस्कृति र परम्परा बोकेको थाई परम्परा नेपालीकालागि निक्कै पृथक र अनौठो लाग्ने उक्त पर्व हेरेर स्थानीय निक्कै उत्साहित र उमंगित बनेको थाई भिक्षु मोन्त्री सिल्ङिकाङले बताए ।

लुम्बिनीमा थाईल्याण्डको पर्व लोय कोताङ मनाइयो

फरक संस्कृति र परम्परा बोकेको थाई परम्परा नेपालीकालागि निक्कै पृथक र अनौठो लाग्ने उक्त पर्व हेरेर स्थानीय निक्कै उत्साहित र उमंगित बनेको थाई भिक्षु मोन्त्री सिल्ङिकाङले बताए ।

लुम्बिनी — थाईल्याण्डको लोकप्रिय पर्व लोय कोताङ पर्व बुद्ध जन्मस्थल लुम्बिनीमा मनाईएकोछ । लुम्बिनीमा स्थित रोयल थाई मोनाष्ट्रीमा रहेको पवित्र पोखरीमा केराको स–साना थामोलाई सजाएर त्यसमाथी बत्ती बालेर पानीमाथी तैराईएको थियो ।

त्यस्तै सालको पातको टपरीलाई फुलले सजाएर आकर्षक बनाई धुप, मैनबत्ती राखेर बाल्दा परपरसम्मका क्षितिज चम्किलो बनेको थियो । कार्यक्रममा थाई, श्रीलंका, म्यानमारका भिक्षु/ भिक्षुणी र उपासक उपासिका सहभागी थिए ।

फरक संस्कृति र परम्परा बोकेको थाई परम्परा नेपालीका लागि निक्कै पृथक र अनौठो लाग्ने उक्त पर्व हेरेर स्थानीय निक्कै उत्साहित र उमंगित बनेको थाई भिक्षु मोन्त्री सिल्ङिकाङले बताए ।

लोय भनेको तैरनु र कोताङ भनेको केराको थामो हो । केराको थामोलाई डिजाइन निकालेर कोताङ बनाइन्छ । र त्यसलाई पानीमा बग्दै जानुलाई लोय भनिन्छ । तर, समयअभावमा मानिस आजभोली आधुनिक कोताङ प्रयोग गर्छन् । पाउरोटी र स्टाइरोफोमबाट बनेका कोताङ प्रयोग गर्छन् । जुन सस्तो र सर्वसुलभरुपमा पाईन्छ । बैंककका धेरै होटलले स्विमिङ पुल क्षेत्रमा लोय कोताङ आयोजना गरेर उत्सवका रुपमा मनाउँछन् ।

कोताङमा बालिने प्रत्येक मैनबत्तीमा प्रार्थना, प्रगति र चाहना जोडिएका हुन्छन् । यो चार्डको मुख्य उद्देश्य नयाँ सुरुवात हो । चार्डलाई उत्सवका रुपमा मनाईन्छ । उत्सवमा सहभागीहुनेले आफना कमीकमजोरी बगेर पानीसंगै टाढा जाओस् र क्षमादान मिलोस् भन्ने कामना गर्न पर्व मनाईने लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीका प्रमुख भिक्षु फ्रा राजबोधी विदेश वजिराशुद्धीले बताए ।

जलिरहेको धूप र प्रज्ज्वलित मैनबत्तीले कोताङको माथिल्लो भागलाई ढाक्छन् । सुर्यास्तका बेला गरिने उत्सव थाईल्याण्डभरिका जलमार्गमा हजारौं उज्यालो केरा–पातका डुंगा तैरिरहेको हेर्न पाईन्छ । मुख्य धान काट्ने सिजन समाप्त हुने बित्तिकै र यो पानी देवीलाई बालीनालीमा प्रचुर आपूर्ति गरेर एक वर्षभरिको मूल्यकोलागि धन्यवाद दिने गरिन्छ ।

साथै पानी प्रदूषित गरेकोमा माफी माग्ने गर्दछन् र स्वर्गमा बुद्धको कपाल प्यागोडाको पूजा गर्न कोताङ प्रयोग गर्छन् । लोय कोताङ परम्परागत थाई चन्द्र क्यालेन्डरमा १२ औं महिनाको पूर्णिमाको साँझ हुन्छ । यसरी चार्डको सही मिति प्रत्येक वर्ष परिवर्तन हुँदै जान्छ । पश्चिमी क्यालेन्डरमा यो सामान्यतया नोभेम्बर महिनामा पर्दछ । यस वर्ष लुम्बिनीमा पनि नोभेम्बर अन्त्यमा परेको हो ।

थाईल्याण्डका ५ प्रमुख पर्वमध्ये कोताङ एक हो । थाइल्याण्डमा यो पर्वलाई लोय कोताङ भनेर चिनिन्छ । यो पर्वलाई म्यानमारमा ‘ताजाउङदिङ पर्व’, श्रीलंकामा ‘इल पूर्णिमा पोया’ र चीनमा ‘लान्टर्न पर्व’ भनेर मनाईन्छ । हजारौं कोताङका दृश्य, तिनीमाथी चम्किरहेको मैनबत्तीले क्षितिजमा हजारौं प्रतिबिम्बको प्रकाश पठाउने साच्चै जादुई दृश्य भएको थाइहरु बताउँछन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
41m ago
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्मा विरूद्धको रिटमा कारण देखाउ आदेश

लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरूद्ध दायर भएको रिटमा कारण देखाउ आदेश जारी भएको छ। बुधबार न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरे...

#लुम्बिनी
Compare →
Nagarik News
6h ago
देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

देशमै उच्च मातृ मृ`त्युदर लुम्बिनीमा

प्रविधिको प्रयोगमार्फत गर्भवती महिला र दुई वर्षसम्मका बालबालिकाको स्वास्थ्य अवस्था निगरानी गर्न प्रदेशले विशेष ‘डिजिटल एप’ समेत तयार पारेको छ।

#लुम्बिनी
Compare →
Bizshala
2d ago
सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

सिटिजन्स बैंकले लुम्बिनी प्रदेशमा सम्पन्न गर्‍यो कर्जा विस्तार तथा असुली कार्यक्रम

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशमा रणनीतिक कर्जा विस्तार तथा कर्जा असुलीसम्बन्धी...

#लुम्बिनी
Compare →
Arthasansar
3d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#लुम्बिनी
Compare →
Onlinekhabar
4d ago
लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

लुम्बिनीमा साइकल पर्यटनबाट गाउँ र अर्थतन्त्र जोड्ने प्रयास

९ मंसिर, रूपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई आसपासका गाउँबस्ती, ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति र जनजीवनसँग जोड्ने उद्देश्यले साइकल पर्यटन सुरु गरिएको छ । यसबाट लुम्बिनीको पर्यटन विविधीकरण हुनुका साथै ग्रामीण समुदायको आयआर्जन र …

#लुम्बिनी
Compare →

Related Stories

Technology
Build #2625