Trending
Prev Story
Next Story

हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

Bizshala •
November 25, 2026 • 04:35 AM
11
11 reads 0 reactions

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले...

हिम पर्वत हाइड्रोपावरको ३४ लाख कित्ता आईपीओ मंसिर १८ देखि खुल्ने

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ।

कम्पनीले दोस्रो चरणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ६४ हजार ५०० कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसअघि जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेको छ। कर्मचारीका लागि १ लाख २६ हजार ७५० कित्ता सेयर सुरक्षित राखिएको छ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन छिटोमा मंसिर २३ गते र ढिलोमा पुस ३ गते बन्द हुनेछ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

कम्पनीले २० मेगावाटको साँगु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको साँगु खोला–१ आयोजना सञ्चालन गरिरहेको छ। दुवै आयोजनाबाट क्रमशः २०८२ असोज २५ र साउन ८ गतेदेखि विद्युत उत्पादन भइरहेको छ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट वा मेरो सेयर अनलाइनबाट आवेदन दिन सक्नेछन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
8h ago
सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

सर्वसाधारणका लागि मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर

हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा...

#हिम #पर्वत #हाइड्रोपावर
Compare →
Hamro Patro News
1h ago
दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

दुई जलविद्युत् कम्पनीले मागे ८० लाख कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाडौं । दुई जलविद्युत् कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणबाट पुँजी जुटाउन नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले कुल ८...

#निष्कासन #हाइड्रोपावर #कित्ता
Compare →
Ekantipur
7h ago
मंसिर १८ देखि हिम पर्वत हाइड्रोको आईपीओ, सेयर हाल्नु अघि हेरौं कम्पनीको अवस्था ?

मंसिर १८ देखि हिम पर्वत हाइड्रोको आईपीओ, सेयर हाल्नु अघि हेरौं कम्पनीको अवस्था ?

साँगु खोला १ जलविद्युत र साँगु खोला जलविद्युतबाट २०८२ देखि व्यावसायिक विद्युत उत्पादन भइरहेको छ ।

#हिम #पर्वत #आईपीओ
Compare →

Related Stories

Business & Economy
Build #2625