Trending
Prev Story
Next Story

आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट

Ekantipur •
November 24, 2026 • 12:34 PM
19
19 reads 0 reactions

अधिवक्ता अनिल आचार्य, अधिवक्ता मधुकर रिजाल, सुमनकुमार लुइटेल तथा बिकल गिरीसमेतले रिट निवेदन दायर गरेका हुन् । उनिहरुले निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन भए–नभएको विषयमा फोन तथा हुलाकमार्फत लिखित जानकारी माग्दा पनि जवाफ नपाएर सूचनाको हकबाट वञ्चित हुनुपरेको जिकिर निवेदकहरूले गरेका छन्।

आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट

अधिवक्ता अनिल आचार्य, अधिवक्ता मधुकर रिजाल, सुमनकुमार लुइटेल तथा बिकल गिरीसमेतले रिट निवेदन दायर गरेका हुन् । उनिहरुले निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन भए–नभएको विषयमा फोन तथा हुलाकमार्फत लिखित जानकारी माग्दा पनि जवाफ नपाएर सूचनाको हकबाट वञ्चित हुनुपरेको जिकिर निवेदकहरूले गरेका छन्।

काठमाडौँ — नेपालको संविधान र प्रचलित कानुनमा व्यवस्था भएअनुसार आधारभूत तहसम्म अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्म निःशुल्क विद्यालय शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता अनिल आचार्य, अधिवक्ता मधुकर रिजाल, सुमनकुमार लुइटेल तथा बिकल गिरीसमेतले रिट निवेदन दायर गरेका हुन्। रिटको पहिलो पेसी बुधबार तोकिएको छ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र, नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी प्रधान कार्यालय तथा सैनिक आवासीय महाविद्यालय, नेपाल पुलिस स्कुल, नेपाल एपीएफ स्कुल र बुढानीलकण्ठ स्कुललाई विपक्षी बनाइएको छ।

नेपालको संविधानको धारा ३१ ले आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको मौलिक हक सुनिश्चित गरेको भए पनि राज्यले आवश्यक बजेट, पूर्वाधार र वित्तीय संरचना नबनाउँदा सामुदायिक विद्यालयमा सहयोगका नाममा रकम उठाउने तथा संस्थागत र सरकारी निकायसम्बद्ध विद्यालयमा समेत शुल्क लिएर पठनपाठन गराउने अवस्था सिर्जना भएको दाबी गरिएको छ। नेपालको संविधानको धारा १७, १८, ३१, ४६, १३३(२)(३) तथा धारा ५७ र अनुसूची–८, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, शिक्षा ऐन, २०२८, शिक्षा नियमावली, २०५९, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सर्वोच्च अदालत नियमावली, २०७४ का विभिन्न व्यवस्था पालना नभएकाले परमादेश जारी हुनुपर्ने रिटमा दाबी गरिएको छ।

निःशुल्क शिक्षासम्बन्धी कानुनी व्यवस्था कार्यान्वयन भए–नभएको विषयमा फोन तथा हुलाकमार्फत लिखित जानकारी माग्दा पनि जवाफ नपाएर सूचनाको हकबाट वञ्चित हुनुपरेको जिकिर निवेदकहरूले गरेका छन्। निजी लगानीको वैध सम्पत्ति, सञ्चालन खर्च र उचित प्रतिफलको सुरक्षा गर्दै विद्यार्थी भौचर, प्रतिविद्यार्थी अनुदान र सार्वजनिक–निजी सहकार्यमार्फत शैक्षिक सत्र २०८४ देखि निःशुल्क विद्यालय शिक्षा कार्यान्वयन गर्नुपर्ने रिटमा माग गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका कल्याणकारी कोषबाट सञ्चालित विद्यालय, बुढानीलकण्ठ स्कुल, नमुना तथा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरूले लिइरहेका विभिन्न शीर्षकका शुल्कको विषय पनि रिटमा उठाइएको छ। अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ ले विद्यालय वा शैक्षिक संस्थाले कुनै पनि शीर्षकमा शुल्क असुल नगरी दिने शिक्षालाई निःशुल्क शिक्षाका रूपमा परिभाषित गरेको तर्क रिटमा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
निःशुल्क शिक्षा हक प्रयोग गर्न पाउनुपर्ने रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

निःशुल्क शिक्षा हक प्रयोग गर्न पाउनुपर्ने रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । संविधान र प्रचलित कानूनले सुनिश्चित गरेको निःशुल्क शिक्षाको हकको कार्यान्वयन सम्बन्धमा अधिवक्ता अनिल आचार्यसमेतले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ । सर्वोच्च...

#निःशुल्क #रिट #सर्वोच्च
Compare →
Nagarik News
6h ago
दानबहादुर कार्कीको रिटमा बहस सकियो,  आदेशको तयारीमा सर्वोच्च

दानबहादुर कार्कीको रिटमा बहस सकियो, आदेशको तयारीमा सर्वोच्च

नेपाल प्रहरीको महानिरीक्षकबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा बहस सकिएको छ। दुवै पक्षको बहसपछि सर्वाेच्च अदालतले आदेशको तयारी गरिरहेको छ।

#रिट #सर्वोच्च
Compare →
Onlinekhabar
5d ago
इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

इनम सापकोटा प्रकरण : महेश श्रेष्ठलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट

९ मंसिर, काठमाडौं । बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा पक्राउ परेका महेश श्रेष्ठलाई थुनामुक्त गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ । श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ …

#रिट #सर्वोच्च
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा सरकारकाे नाममा कारणदेखाउ आदेश

निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।...

#रिट #सर्वोच्च
Compare →
Bizshala
2d ago
सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

सुदूरपश्चिममा विकास बजेट खर्च गर्नै सकस, ३७ अर्बको बजेट कार्यान्वयनमा राजनीतिक विवाद बाधक

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशमा राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा पूरक बजेट ल्याउने प्रक्रिया अन्योलमा परेको...

#कार्यान्वयन
Compare →

Related Stories

Education & Youth
Build #2628