Trending
Prev Story
Next Story

आन्तरिक स्रोतबाट थप १० अर्ब ऋण उठाउँदै सरकार

Arthasansar •
November 24, 2026 • 07:07 AM
10
10 reads 0 reactions

सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष...

आन्तरिक स्रोतबाट थप १० अर्ब ऋण उठाउँदै सरकार

सरकारले आन्तरिक स्रोतबाट थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ६ वर्ष अवधिको विकास ऋणपत्र बिक्रीमार्फत उक्त रकम जुटाउन लागेको हो ।

कार्यालयका अनुसार ‘विकास ऋणपत्र–२०८९’ बोलकबोल प्रक्रियामार्फत बिक्री गरिनेछ । यसका लागि मंसिर ९ गते बोलकबोल हुने र मंसिर १० गते ऋणपत्र निष्कासन गरिनेछ । उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले लगानी गर्न सक्नेछन् । ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले निर्धारित मितिमा बोलकबोल प्रक्रियामा सहभागी हुनुपर्ने कार्यालयले जनाएको छ ।

सरकारले सार्वजनिक खर्च व्यवस्थापन तथा वित्तीय आवश्यकता पूरा गर्न विकास ऋणपत्रमार्फत आन्तरिक बजारबाट ऋण उठाउँदै आएको छ । यस्तो ऋणपत्रमा लगानीकर्ताले निश्चित अवधिका लागि सरकारलाई रकम उपलब्ध गराउँछन् भने सरकारले तोकिएको सर्तअनुसार साँवा तथा ब्याज भुक्तानी गर्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु

इजरायली हवाई आक्रमणमा हमासका आन्तरिक सुरक्षा प्रमुखको मृत्यु

गाजामा भएको इजरायली हवाई आक्रमणमा हमासको आन्तरिक सुरक्षा निकायका प्रमुख नइम अबु नहलको मृत्यु भएको छ । उर्दूका अनुसार, हमासद्वारा सञ्चालित आन्तरिक मन्त्रालयले गाजा सहरको पश्चिमी इलाकामा भएको हवाई आ...

#आन्तरिक
Compare →
Nagarik News
3d ago
भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

१२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनलाई जोड दिएको छ।

#स्रोत
Compare →
Ekantipur
5d ago
बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत

बाह्य क्षेत्रसँगै आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत

तीन महिनामै भित्रियो सात खर्ब रुपैयाँ रेमिट्यान्स, ३९ प्रतिशत बढ्यो आयात

#आन्तरिक
Compare →
Onlinekhabar
1w ago
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

१ मङ्सिर, बेइजिङ (रासस/सिन्ह्वा)।  चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार …

#स्रोत
Compare →

Related Stories

Business & Economy
Build #2621