समाचारको स्रोत खोज्दै मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले देशव्यापी आन्दोलन सुरु गरेका हुन्।
मकवानपुर — प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिएका छन्।
समाचारको स्रोत खोज्दै मिडिया हाउसमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाको विरोधमा पत्रकारहरूले देशव्यापी आन्दोलन सुरु गरेका हुन्।
पत्रकारहरूले समाचारको स्रोत खोज्ने नाममा मिडिया हाउसमा हस्तक्षेप गर्ने र पत्रकारलाई पक्राउ गर्ने कार्यको विरोध गर्दै सामूहिक गिरफ्तारीको मागसमेत अघि सारेका छन्।
आन्दोलनका क्रममा देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, विभिन्न रचनात्मक विरोध कार्यक्रम गर्ने तथा सरकारको ध्यानाकर्षण गराउने कार्यक्रम सञ्चालन भइरहेका छन्।
पत्रकारहरूले भयरहित वातावरणमा समाचार लेख्न र प्रकाशन तथा प्रसारण गर्न पाउने प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको रक्षा गर्दै पत्रकारलाई निर्भयतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने उनीहरूको माग छ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।