Trending
Prev Story
Next Story

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

Nagarik News •
November 22, 2026 • 03:16 AM
2
2 reads 0 reactions

१२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवद्र्धनलाई जोड दिएको छ।

भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

१२ औँ अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलनले हिमालयन भूविज्ञानको विकास, विपद् जोखिम न्यूनीकरण, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन तथा वैज्ञानिक अनुसन्धानमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सहकार्य प्रवर्द्धनलाई जोड दिएको छ।

नेपाल भौगर्भिक समाजद्धारा यहाँ आयोजित तिन दिने उक्त सम्मेलनमा हिमालयको भूवैज्ञानिक विकास, भूकम्प, पहिरो, जलवायु परिवर्तन, जलस्रोत, खनिज स्रोत, उत्थानशील पूर्वाधार तथा आधुनिक भूवैज्ञानिक प्रविधिका विषयमा गहन मन्थन भएको समाजका अध्यक्ष अध्यक्ष भास्कर खतिवडाले बताए।

सम्मेलनका क्रममा हिमालयन भूविज्ञान, टेक्टोनिक्स, इन्जिनियरिङ भूविज्ञान, पर्वतीय पूर्वाधार, प्राकृतिक प्रकोप, जलवायु परिवर्तन, जलस्रोत, खनिज तथा ऊर्जा स्रोत, डिजिटल भूविज्ञान, रिमोट सेन्सिङ, नीति तथा पेशागत अभ्यासलगायत विषयमा वैज्ञानिक छलफल भएको थियो।

समाजका अनुसार, नेपालसहित २७ देशका ३४५ जना भूवैज्ञानिक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा सरोकारवालाको सहभागीता रहेको सम्मेलनमा रसुवाको विपद् तथा बहुप्रकोपीय जोखिमलगायतका विषयमा केन्द्रित भइ अध्ययन तथा अनुसन्धान प्रस्तुती गरियो।

सम्मेलनमा उत्थानशील, दिगो तथा स्रोत–सुरक्षित विश्वका लागि हिमालयन भूविज्ञानको उन्नयन विषयमा केन्द्रित रही छलफल भएको समाजका महासचिव शिवकुमार बाँस्कोटाले बताए।

उहाँका अनुसार सम्मेलनका क्रममा विषयबस्तु केन्द्रित सातवटा मुख्य वक्तव्य, १३ वटा आमन्त्रित प्रस्तुति, ७६ वटा अनुसन्धानात्मक कार्यपत्र प्रस्तुति र ५८ वटा पोस्टर प्रस्तुति समावेश गरिएको थियो।

सम्मेलनमा सहभागीले बहुविषयगत अनुसन्धान, वैज्ञानिक तथ्याङ्कको गुणस्तर सुधार, आधुनिक अनुगमन प्रविधिको प्रयोग, विपद् जोखिम न्यूनीकरण तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड दिनुभएको महासचिव बास्कोटाले बताए।

सम्मेलनले हिमालयन तथा पर्वतीय भूविज्ञान क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्न तथा अनुसन्धानका क्षेत्रमा रहेका शैक्षिक संस्था, सरकारी निकाय र वैज्ञानिक समुदायबीच समन्वय र सहयोग बढाउन सुझाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ ०९:०१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

१ मङ्सिर, बेइजिङ (रासस/सिन्ह्वा)।  चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार …

#स्रोत #दिगो #जोड
Compare →
Bizshala
2d ago
पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

पूर्वाधार निर्माणअघि भौगर्भिक जोखिमको अध्ययन गर्न सभामुखको आग्रह

काठमाण्डौ । सभामुख डोलप्रसाद अर्यालले विकास आयोजना अघि बढाउनुअघि सम्बन्धित क्षेत्रको भौगर्भिक अवस्था र सम्भावित...

#भौगर्भिक
Compare →
Hamro Patro News
4d ago
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

काभ्रेपलाञ्चोक / बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा पार्दा १० मिटरसम्मको मुख्य कालोपत्रे सडक डिभिजन सडक क...

#स्रोत
Compare →
Ekantipur
5d ago
ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

ताप्लेजुङ तापेथोकमा ७ करोड लगानीमा शैक्षिक स्रोत केन्द्र बन्ने

हिमालयन ट्रस्ट यूकेको ८० प्रतिशत अनुदान र फक्ताङलुङ गाउँपालिकाको २० प्रतिशत लागतमा तापेथोकमा शैक्षिक स्रोत केन्द्र निर्माण गरिनेछ।

#स्रोत
Compare →

Related Stories

Technology
Build #2612