Trending
Prev Story
Next Story

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

Onlinekhabar •
November 17, 2026 • 02:31 PM
3
3 reads 0 reactions

१ मङ्सिर, बेइजिङ (रासस/सिन्ह्वा)।  चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् । चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार …

स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

१ मङ्सिर, बेइजिङ (रासस/सिन्ह्वा)।  चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् ।

चीनको वाणिज्य मन्त्रालय (एमओसी) का अनुसार उक्त निर्देशिकामा स्रोतहरूको पुनःप्रयोग प्रणाली विकासका लागि १६ वटा प्रमुख कार्य समेटिएका छन् ।

निर्देशिकामा विशेषगरी विद्युतीय सवारीसाधन, लिथियम–आयन ब्याट्री र सौर्य ऊर्जा (फोटोभोल्टिक) उत्पादनबाट निस्कने ठोस फोहोरको संकलन, व्यवस्थापन तथा विघटन प्रक्रियालाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । यी तीन क्षेत्रलाई चीनले ‘नयाँ तीन’ (न्यु थ्री) का रूपमा वर्गीकरण गरेको छ ।

स्थानीय अवस्थाअनुसार विभिन्न प्रकारका पुनःप्रयोग मोडल छनोट तथा कार्यान्वयन गर्न पनि निर्देशिकाले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । यसअन्तर्गत विभिन्न प्रकारका नवीकरणीय स्रोत, ठूला तथा पुराना फर्निचर र प्रयोगविहीन घरेलु विद्युतीय उपकरणको व्यवस्थापनलाई समेटिएको छ ।

त्यसैगरी, ‘नयाँ तीन’ अन्तर्गतका उत्पादनबाट निस्कने ठोस फोहोरको पुनःप्रयोग तथा व्यवस्थापनका लागि समग्र योजना अघि सारिएको छ ।

विशेषगरी विद्युतीय सवारीसाधनका पावर ब्याट्री व्यवस्थापनमा देखिएका कमजोरी हटाउने, फोटोभोल्टिक उपकरणको पुनःप्रयोग तथा उपयोग प्रणाली सुधार गर्ने र उत्पादनदेखि पुनःप्रयोगसम्मको सम्पूर्ण प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य निर्देशिकाले लिएको छ ।

यसका लागि उत्पादनको डिजाइन, निर्माण, प्रयोग, संकलन, व्यवस्थापन, विघटन तथा पुनःप्रयोगसम्मको सम्पूर्ण शृङ्खलालाई व्यवस्थित र सहज बनाउनेमा जोड दिइएको छ ।

निर्देशिका जारी गर्ने नौ सरकारी निकायमा चीनको वाणिज्य मन्त्रालय, राष्ट्रिय विकास तथा सुधार आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयलगायतका विभाग रहेका छन् ।

चीनले यस कदममार्फत स्रोतसाधनको दिगो उपयोग र फोहोर व्यवस्थापनमा सुधार ल्याउने लक्ष्य राखेको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
9h ago
चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

चीन भ्रमणमा किमसँग भेट्ने ट्रम्पको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीन भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता हुन सक्ने सङ्केत दिएका छन्। सोमबार फिलिपिन्स र चीनको पूर्वी एसियाली भ्रमणका लागि ह्वाइट ...

#चीन
Compare →
Nagarik News
13h ago
ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्

ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्

सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।

#चीन
Compare →
Ekantipur
15h ago
ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

ट्रम्प-सी-पुटिन भेट ऐतिहासिक रुपमा महत्त्वपूर्ण : चीन

सोमबार मनिलामा बोल्दै संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले यी तीन देशको शिखर बैठकबाट उत्पन्न हुन सक्ने जुनसुकै निःशस्त्रीकरण प्रयासलाई समर्थन गर्न संयुक्त राष्ट्रसंघ तयार रहेको बताएका छन्

#चीन
Compare →
Bizshala
21h ago
सुनको भाउ ओरालो लाग्दा चीनले बढायो खरिद,एकै महिनामा थपियो २६ टन

सुनको भाउ ओरालो लाग्दा चीनले बढायो खरिद,एकै महिनामा थपियो २६ टन

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेकै महिना चीनको केन्द्रीय बैंकले आफ्नो सञ्चितिमा २५.८ टन सुन थपेको छ।...

#चीन
Compare →

Related Stories

World News
Build #2612