Trending
Prev Story
Next Story

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

Nagarik News •
November 19, 2026 • 06:06 AM
4
4 reads 0 reactions

सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्यांकनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख डोलप्रसाद अर्यालले विकास पूर्वाधार निर्माणअघि भौगर्भिक अध्ययन र जोखिम मूल्यांकनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

नेपाल भौगर्भिक समाजद्वारा आयोजित भौगर्भिक सम्मेलनमा उहाँले सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको वैज्ञानिक अध्ययन गर्नुपर्नेमा जोड दिए।

उनले भौगर्भिक विशिष्टताका कारण नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट तथा भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको उल्लेख गर्दै यस्ता जोखिमबाट हुने क्षति घटाउन वैज्ञानिक अनुसन्धान, पूर्वतयारी र जोखिम पहिचान आवश्यक रहेको बताए।

हिमालय क्षेत्रको भूविज्ञानलाई विकास, वातावरण संरक्षण र विपद् व्यवस्थापनसँग जोडेर तदनुरुप विकास–निर्माणका योजना कार्यान्वयन गर्नु उनको कथन थियो।

नेपालको संविधानले स्वच्छ वातावरणको हक र प्राकृतिक स्रोतको दिगो उपयोगलाई महत्व दिएको उल्लेख गर्दै उनले संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीति निर्माणमा जोड दिए।

समाजका अध्यक्ष भाष्कर खतिवडाले हिमालय क्षेत्रको भौगर्भिक अवस्था, भूविज्ञानसम्बन्धी अनुसन्धान, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको व्यवस्थापन र पर्वतीय क्षेत्रको दिगो विकासबारे अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको बताए।

आगामी शनिबार समापन हुने सम्मेलनमा २७ देशका ३५० भन्दा बढी भौगर्भिक क्षेत्रका अनुसन्धानकर्ता तथा जानकार सहभागी छन्।

प्रकाशित: ३ मंसिर २०८३ ११:५१ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

विकासका लागि साझा संवाद गरौं : सभामुख अर्याल

३० कात्तिक, महोत्तरी । सभामुख डोलप्रसाद अर्यालले नेपालीको जीवनस्तर सुधार र भौतिक पूर्वाधार विकासविना समृद्धि नहुने भन्दै यसका लागि सबैको साझा प्रयत्न, सहकार्य र संवाद जरुरी रहेको बताएका छन् । छठ पर्वका लागि मधेश आएका उनले …

#विकास #सभामुख
Compare →
Bizshala
4h ago
लुम्बिनी विकास बैंकको १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।बैंकका संस्थापक सेयरधनी दिवाकर...

#विकास
Compare →
Ekantipur
5h ago
जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

जङ्क फुड र गुलियो पेय पदार्थले बालबालिकाको बौद्धिक क्षमतामा असरः अध्ययन

फलफूल, तरकारी र साबुत अन्नको सट्टा चिनी, नुन र अस्वस्थ बोसोयुक्त खाना रोज्दा विकासशील उमेरमा जोखिम बढ्न सक्छ।

#अध्ययन
Compare →
Hamro Patro News
23h ago
नेतृत्व विकास र हस्तान्तरणको विषय योजनाबद्ध हुन सकेन

नेतृत्व विकास र हस्तान्तरणको विषय योजनाबद्ध हुन सकेन

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पाखेरेलले नेतृत्व विकास र हस्तान्तरणमा योजनाबद्ध प्रणाली स्थापित हुन नसकेको बताएका छन् । राष्ट्रिय भेलामा शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबार...

#विकास
Compare →
Arthasansar
1d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#विकास
Compare →

Related Stories

Science & Climate
Build #2612