लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि सर्वसाधारणले पनि किन्न पाउने गरि सेयर बिक्रीमा राखिएको हो ।
बैंकका संस्थापक सेयरधनी किशोर राज पाण्डेको नाममा रहेको ६० हजार ७०९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर खरिद गर्नका लागि संस्थापक सेयरधनीहरुका लागि ३५ दिनका सूचना जारी गरेको थियो ।
उक्त समयमा सेयर खरिद गर्न कुनै पनि विद्यमान संस्थापकहरुबाट निवेदन प्राप्त नभएकोले उक्त सेयर खरीद गर्न ईच्छुक अन्य व्यक्ति वा संस्थाले नेपाल राष्ट्र बैंकले तोकेको संस्थापक सेयर खरिद सम्बन्धी योग्यता पुगेको व्यहोरा खुल्ने कागजात तथा अन्य विवरणहरु खुलाई १५ दिन भित्र निवेदन दिनु पर्ने छ ।