Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल

Ekantipur •
November 17, 2026 • 03:32 PM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

निरोशान डिकवेलाले अर्धशतक बनाएपछि लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । लुम्बिनीले मंगलबार क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

डिकवेलाले अविजित ५९ रन बनाएपछि च्याम्पियन लुम्बिनीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा १ सय ६ रनको लक्ष्य १६.४ ओभरमा १ सय ८ रन बनाउँदै पूरा गरेको थियो ।

लुम्बिनीले गत वर्ष उपाधि जित्ने क्रममा फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यस सिजनको उद्घाटन खेलमा पनि लुम्बिनीले त्यही प्रदर्शन दोहोर्‍याउँदै सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो ।

यसअघिका दुई सिजन फाइनल खेलेको सुदूरपश्चिमसँग लुम्बिनीविरुद्ध फाइनल खेल्ने अर्को एक अवसर रहेको छ । इलिमिनेटरमा प्रतिस्पर्धा गरिरहेका चितवन राइनोज र काठमान्डु गोर्खाजबीचको विजेतासँग सुदूरपश्चिमले फाइनलमा स्थान पाउन क्वालिफायर २ मा खेल्ने छ ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

लुम्बिनी एनपीएलको फाइनलमा, सुदूरपश्चिम ६ विकेटले पराजित

काठमाडौं- लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्...

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
Compare →
Onlinekhabar
16h ago
एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

एनपीएल पहिलो क्वालिफायर आज : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

१ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टिमबीच फाइन …

#एनपीएल #लुम्बिनी #सुदूरपश्चिम
Compare →
Nagarik News
3h ago
सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

सुदूरपश्चिममाथि ह्याट्रिक जित निकाल्दै साविक विजेता लुम्बिनी फाइनलमा

विकेटकिपर ब्याटर निरोशन डिकवेलाको अविजित अर्धशतक र बलरहरूको कसिलो प्रदर्शनको मद्दतले साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को फाइनलमा प्रवेश गरेको छ।

#एनपीएल #लुम्बिनी #फाइनल
Compare →

Related Stories

Sports
Build #2612