Trending
Prev Story
Next Story

हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

Onlinekhabar •
November 19, 2026 • 05:00 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल …

हिमालयको भूगर्भीय अध्ययनलाई राष्ट्रिय विकास र नीतिनिर्माणसँग जोड्नुपर्छ : सभामुख अर्याल

३ मंसिर, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले हिमालय क्षेत्रको भूगर्भीय अध्ययन, वैज्ञानिक अनुसन्धान र विपद् जोखिम न्यूनीकरणलाई राष्ट्रिय विकास तथा नीतिनिर्माणसँग जोड्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित १२औँ नेपाल जियोलोजिकल कंग्रेसलाई सम्बोधन गर्दै अर्यालले नेपाल भूकम्प, पहिरो, बाढी, हिमताल विस्फोट र भूक्षयजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको बताए ।

प्राकृतिक विपद् पूर्ण रूपमा रोक्न नसकिए पनि वैज्ञानिक अनुसन्धान, पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी नीतिमार्फत त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो । यसका लागि भूविज्ञानको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।

सडक, सुरुङमार्ग, जलविद्युत् आयोजना, विमानस्थल तथा सहरी पूर्वाधार निर्माण गर्दा भूगर्भीय अध्ययन र जोखिम मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने अर्यालले बताए । विकासको गति र सुरक्षित भविष्यबीच सन्तुलन कायम गर्नु अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

वैज्ञानिक अनुसन्धान र तथ्यमा आधारित नीतिनिर्माणमार्फत स्वच्छ वातावरणको हक तथा प्राकृतिक स्रोतको दिगो उपयोगसम्बन्धी संवैधानिक प्रतिबद्धता कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिए ।

‘हिमालय हाम्रो प्राकृतिक गौरव मात्र होइन, पृथ्वीको विकासक्रम, भौगर्भिक गतिविधि र जलवायु परिवर्तनको अध्ययनका लागि विश्वकै महत्त्वपूर्ण प्राकृतिक प्रयोगशाला पनि हो,’ उनले भने, ‘प्रकृतिलाई बुझेर गरिने विकास मात्र सुरक्षित र दिगो हुन्छ ।’

संसद्, सरकार, विश्वविद्यालय, अनुसन्धान संस्था र वैज्ञानिक समुदायबीच सहकार्य विस्तार गर्नुपर्ने बताउँदै अर्यालले वैज्ञानिक निष्कर्षलाई कानुन, सार्वजनिक नीति र विकास योजनासँग जोड्नु संसद्को पनि महत्त्वपूर्ण जिम्मेवारी भएको उल्लेख गरे ।

उनले विपद् आउनुअघि नै जोखिम पहिचान र न्यूनीकरण गर्ने प्रणाली विकास गर्नुपर्ने, प्राकृतिक स्रोतको वैज्ञानिक तथा दिगो उपयोग गर्नुपर्ने र युवा वैज्ञानिकको अनुसन्धान तथा प्राविधिक क्षमता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए ।

हिमालय क्षेत्रको भौगर्भिक तथा जलवायुजन्य परिवर्तनले दक्षिण एसियासहित विश्वमै प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय सहकार्य, वैज्ञानिक तथ्याङ्क आदानप्रदान, संयुक्त अनुसन्धान र प्रविधि हस्तान्तरणलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

नेपाल भौगर्भिक समाजले भूविज्ञानको अध्ययन, अनुसन्धान तथा वैज्ञानिक ज्ञानको प्रसारमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै अर्यालले समाजले वैज्ञानिक अनुसन्धान र राष्ट्रिय नीति निर्माणबीच सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको विषय ‘उत्थानशील, दिगो र स्रोत–सुरक्षित विश्वका लागि हिमालय क्षेत्रको भूविज्ञानको पुनर्संरचना’ रहेको छ । सम्मेलनबाट प्राप्त वैज्ञानिक निष्कर्ष र सुझाव राष्ट्रिय नीति, विकास योजना तथा स्थानीय तहका व्यावहारिक कार्यमा समेटिने विश्वास पनि अर्यालले व्यक्त गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
19h ago
सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

सभामुख अर्यालसँग चिनियाँ जनसंघका अध्यक्ष वानमिङको भेट

सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जनसंघका अध्यक्ष याङ वानमिङले शिष्टाचार भेट गरेका हुन् ।

#अर्याल #सभामुख
Compare →
Nagarik News
1d ago
सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख अर्यालद्वारा फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।

#अर्याल #सभामुख
Compare →
Hamro Patro News
21h ago
राष्ट्रिय भेलामा महासचिव पोखरेलको प्रतिवेदन- राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्न हुँदैन

राष्ट्रिय भेलामा महासचिव पोखरेलको प्रतिवेदन- राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्न हुँदैन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले पार्टी सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु नभएको बताएका छन्। राष्ट्रिय भेलालाई प्रस्ताव पेश गर्दै एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग गर्न...

#काठमाडौं #बताए
Compare →

Related Stories

Science & Climate
Build #2612