Trending
Prev Story
Next Story

काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

Nagarik News •
November 24, 2026 • 06:02 AM
13
13 reads 0 reactions

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ।

काभ्रेको नमोबुद्ध जात्रामा भक्तजनको घुइँचो

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा आज परम्परागत जात्राको मुख्य दिन मेला तथा विशेष पूजाआजा भइरहेको छ।

जात्राको मुख्य दिन आज पूर्णिमाका अवसरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो।

राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको स्मरणमा यो जात्रा मनाउने गरिएको नगरप्रमुख कुन्साङ लामाले बताए। त्यसलाई त्याग र करुणाको अर्थमा लिने गरिएको छ।

उनका अनुसार कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गरी नगरपालिकाले आज स्थानीय बिदा दिएको छ।

जात्रामा सहभागी भक्तजनको सहजताका लागि नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायले आवश्यक व्यवस्थापन गरेका छन्। रासस

प्रकाशित: ८ मंसिर २०८३ ११:४७ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
सेतीनदीको किनारमा भक्तजनको घुइँचो

सेतीनदीको किनारमा भक्तजनको घुइँचो

हरिबोधनी एकादशीको पोखरास्थित सेती नदी किनारमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सेती दिन किनारको घाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघुलसहित रामघाट क्षेत्रमा बढि मात्रामा भक्त...

#भक्तजन #घुइँचो
Compare →
Onlinekhabar
4d ago
नमोबुद्ध जात्रा आजदेखि

नमोबुद्ध जात्रा आजदेखि

७ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र …

#नमोबुद्ध #जात्रा
Compare →
Ekantipur
2d ago
डोटीको बडीकेदारमा भक्तजनको घुइँचो, पूर्वाधारको अभाव

डोटीको बडीकेदारमा भक्तजनको घुइँचो, पूर्वाधारको अभाव

सडक र पदमार्ग सुधारिए पनि बडीकेदार धाममा धर्मशाला, खानेपानी, शौचालय र विद्युत्‌जस्ता आधारभूत सुविधा अझै पर्याप्त छैनन्।

#भक्तजन #घुइँचो
Compare →

Related Stories

Business & Economy
Build #2621