Trending
Prev Story
Next Story

काठमाडौं-भैरहवा–लखनउ हवाईमार्ग दुईतर्फी बनाउने सहमति

Nagarik News •
November 24, 2026 • 04:34 AM
20
20 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबिच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ।

काठमाडौं-भैरहवा–लखनउ हवाईमार्ग दुईतर्फी बनाउने सहमति

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबिच काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ। यसलाई नेपालको नागरिक उड्डयन क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। यसबाट अपेक्षाकृत रूपमा सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारतीय आकाशको अर्को नयाँ ढोका खुल्ने छ। सहमतिपछि निजी क्षेत्र उत्साहित छ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सिएन पाण्डेले नेपाल–भारतबिच भएको यो सहमतिले नेपालको पर्यटन तथा हवाई क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। उनले स्वागतयोग्य यो सहमतिले नेपालको हवाई उड्डयन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने टिप्पणी गरे।

नेपालले लामो समयदेखि काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउनुपर्ने विषय उठाउँदै आएको थियो। यस पटक दुवै देशका प्रधानमन्त्रीबिच भएको सहमतिमा यो विषय समेटिनु सकारात्मक भएको पाण्डेले बताए। विशेषगरी दुई देशबिच हवाईमार्ग प्रयोगमा सहजता आउँदा विमानस्थल सञ्चालन, हवाई सेवा विस्तार र उडान व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ।

सहमतिअनुसार हाल एकतर्फी रूपमा रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई अब दुईतर्फी बनाइनेछ। यसका लागि दुवै देशका प्राविधिकले परामर्श गरी आवश्यक प्रक्रिया र सञ्चालनसम्बन्धी व्यवस्था टुंग्याउनेछन्।

यो रुट दुईतर्फी भएपछि विमानले दुवै दिशाबाट उडान र अवतरण गर्न पाउनेछन्। पर्यटन व्यवसायीका अनुसार नेपालको आकाशमा जहाज होल्ड गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्न पनि यो सहमतिले सहयोग पु¥याउन सक्छ।

यो सहमतिलाई नेपाल–भारत हवाई सम्पर्क विस्तारको महत्त्वपूर्ण कदमका रूपमा पनि हेरिएको छ। सहमति कार्यान्वयनमा आएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको उडान सहज हुनेगरी भैरहवा रुट खुल्ने छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले यो सहमतिबाट नेपाल र भारत दुबैलाई फाइदा हुने अपेक्षा गरिएको बताए।

भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा दुई प्रधानमन्त्रीबिचको वार्तापछि जारी संयुक्त प्रेस विज्ञप्तिको बुँदा नम्बर ८ अनुसार हाल एकतर्फी (युनिडाइरेक्सनल) रहेको ‘ब्राभो ३४५’ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्गलाई अब दुईतर्फी (बाइडाइरेक्सनल) बनाउने सहमति भएको छ।

विज्ञप्तिमा दुवै देशका शीर्ष नेताहरूले सम्पर्क सञ्जाल विस्तार तथा द्विपक्षीय आर्थिक संलग्नता प्रवद्र्धन गर्ने उद्देश्यका साथ नागरिक उड्डयनका विषयमा भइरहेको निरन्तर छलफललाई सकारात्मक रूपमा लिएको उल्लेख छ। हालसम्म हवाई उडानमा प्रयोग हुने ‘ब्राभो ३४५’ (काठमाडौं–भैरहवा–लखनऊ) हवाईमार्ग नेपालबाट जहाज बाहिरिने (डिपार्चर) एकतर्फी रुटका रूपमा मात्र प्रयोग हुँदै आएको थियो। भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णयसँगै सन् २००९ देखि नेपालले भारतसँग थप अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्ग माग गर्दै आएको भए पनि सहमति जुट्न सकेको थिएन।

पश्चिमतर्फबाट नेपाल भित्रिने अधिकांश अन्तर्राष्ट्रिय उडानहरू एउटै मात्र सिमरा प्रवेश मार्गमा निर्भर रहनुपर्ने बाध्यात्मक अवस्थाका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्।

अब भैरहवा–लखनऊ हवाई मार्ग दुईतर्फी बनेसँगै पश्चिम तथा भारत हुँदै आउने अन्तर्राष्ट्रिय उडानलाई भैरहवाबाट सिधै प्रवेश गर्न र बाहिरिन सहज हुनेछ। यसले उडान दूरी, समय र इन्धन लागत घटाएर नेपालका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यावसायिक सम्भावना र उड्डयन प्रतिस्पर्धात्मक क्षमता बढाउने अपेक्षा गरिएको छ। हवाईमार्ग दुईतर्फी हुँदा भैरहवाका लागि १७ मिनेट र पोखराका लागि १४ मिनेटको समय बचत हुनेछ। सहमति कार्यान्वयनपछि विमानहरू भैरहवाबाट प्रवेश गर्न र सोही रुटबाट बाहिरिन पाउने छन्।

सहमति कार्यान्वयनपछि पोखराबाट सिधै दिल्ली उडान भर्न वायुसेवा कम्पनीहरूलाई थप सहज हुने छ। नेपालले थप तीन रुट सञ्चालनका लागि सहमति मागे पनि यस पटक भैरहवाका लागि मात्र सहमति भएको छ। यसलाई सिमरा रुटको विकल्पका रुपमा पनि व्यवसायीले हेरेका छन्। नेपालले महेन्द्रनगर र जनकपुरबाट पनि दुईतर्फी उडानको माग राखे पनि यसमा सहमति जुटेन।

प्रकाशित: ८ मंसिर २०८३ १०:१९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
भैरहवा-लखनउ हवाई रुटबारेको सहमति : तीन प्रक्रिया पुरा गरेपछि मात्रै कार्यान्वयनमा

भैरहवा-लखनउ हवाई रुटबारेको सहमति : तीन प्रक्रिया पुरा गरेपछि मात्रै कार्यान्वयनमा

बुटवल । नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी सञ्चालन गर्ने सहमति कार्यान्वयनमा आए भैरहवा आउने अन्तर्राष्ट्रिय विमानको उडान समय १५ देखि २० मिनेटसम्म छोटिने भएको छ। यसबाट विमानको उड...

#भैरहवा #लखनउ
Compare →
Ekantipur
22h ago
नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) रुटलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भए नेपालका अन्तर्राष्ट्रिय हवाई रुटको संरचनामा परिवर्तन आउने

#काठमाडौं #दुईतर्फी
Compare →

Related Stories

National (Nepal)
Build #2625