काठमाडौं । नेपालमा वर्षौंदेखि सञ्चालनमा रहेका पुराना विदेशी लगानी, विशेषगरी भारतीय लगानीको अभिलेखीकरणसम्बन्धी समस्या समाधान गर्न सके नयाँ वैदेशिक लगानी (एफडीआई) भित्र्याउन सहज हुने नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् । १२औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा बुधबार आयोजित मूल समारोहलाई सम्बोधन गर्दै ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानीको लेखांकन तथा अभिलेखीकरण नहुँदा लगानीकर्ताले विभिन्न समस्या भोग्नुपरेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( sutranews.com )