Trending
Prev Story
Next Story

नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

Ekantipur •
November 24, 2026 • 05:03 PM
19
19 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) रुटलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भए नेपालका अन्तर्राष्ट्रिय हवाई रुटको संरचनामा परिवर्तन आउने

नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) रुटलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन भए नेपालका अन्तर्राष्ट्रिय हवाई रुटको संरचनामा परिवर्तन आउने

काठमाडौँ — नेपालका अन्तर्राष्ट्रिय हवाई रुटमध्ये आठ वटा एकतर्फी र तीन दुईतर्फी छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको एआईपी (एरोनटिकल इन्फर्मेसन पब्लिकेसन) मा उल्लिखित हवाई रुटसम्बन्धी विवरणअनुसार नेपालबाट बाहिरिने र नेपाल प्रवेश गर्ने गरी फरक–फरक प्रयोजनका रुट निर्धारण गरिएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) रुटलाई दुईतर्फी बनाउने सहमति भएको छ । हाल एकतर्फी रहेको यो रुट दुईतर्फी सञ्चालनमा आए नेपालका अन्तर्राष्ट्रिय हवाई रुटको संरचनामा परिवर्तन आउनेछ । प्राधिकरणको विवरणअनुसार एकतर्फी रुटबाट नेपाल प्रवेश गर्न वा नेपालबाट बाहिरिन मात्र सकिन्छ । उदाहरणका लागि, लिमा६२६ बाट काठमाडौं हुँदै सुर्खेत र महेन्द्रनगर भएर भारततर्फ जान सकिन्छ । तर सोही रुटबाट नेपाल प्रवेश गर्न मिल्दैन । त्यसैगरी, दिल्ली र लखनऊ क्षेत्रबाट सिमरा हुँदै काठमाडौं प्रवेश गर्ने गल्फ५९८ पनि एकतर्फी रुट हो ।

एकतर्फी रुटमा काठमाडौं–पोखरा–भैरहवा हुँदै लखनऊ जाने ब्राभो ३४५, पटनाबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ३३६, कोलकाता र ढाकाबाट नेपाल प्रवेश गर्ने रोमियो ५८१, कोलकाताबाट सिमरा हुँदै काठमाडौं आउने गल्फ ४६३, जनकपुरबाट पटना जाने गल्फ ३३५ र काठमाडौं हुँदै विराटनगरबाट ढाकातर्फ जाने रोमियो ३४४ पर्छन् ।

बनारसबाट सिमरा हुँदै काठमाडौं जोड्ने गल्फ ५९०, काठमाडौं–कोलकाता जोड्ने रोमियो ३२५, बागडोगरा र पारो क्षेत्रसँग नेपाललाई जोड्ने गल्फ ३४८ तथा तुम्लिङटार हुँदै चीनको ल्हासा जोड्ने उत्तरी ब्राभो ३४५ दुईतर्फी रुट हुन् । भैरहवाको रुट दुईतर्फी बनेपछि भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार ब्राभो ३४५ रुट दुईतर्फी सञ्चालनमा आए एकतर्फी रुटको संख्या सात र दुईतर्फी रुटको संख्या ४ पुग्नेछ ।

यसले विशेषगरी खाडी मुलुक र भारतबाट नेपाल आउने विमानलाई भैरहवा तथा पोखरा विमानस्थलसम्म पुग्न छोटो हवाईमार्ग उपलब्ध गराउन सक्नेछ । हाल त्यस्ता विमानले सिमरा हुँदै काठमाडौं प्रवेश गर्नुपर्ने अवस्था छ । प्राधिकरणका अनुसार, नेपालमा आन्तरिक उडान पाइलटले हेरेर गर्ने भीएफआर र उपकरणको सहायताले हुने आईएफआर गरी दुई प्रकारका नियमअनुसार सञ्चालन हुन्छन् । भीएफआरमा पाइलटले बाहिरको दृश्य र भूगोल हेरेर जहाज उडाउँछन् । यस्तो उडान सामान्यतया सूर्योदयपछि सुरु गरी सूर्यास्तअघि नै सक्नुपर्छ ।

विशेषगरी साना जहाज र हिमाली तथा दुर्गम क्षेत्रमा हुने उडानमा यो नियम प्रयोग हुन्छ । आईएफआरमा भने उपकरण र उडानसम्बन्धी प्रविधिको सहायताले जहाज उडाइन्छ । खराब मौसममा काठमाडौं–पोखरा रुटमा ह्विस्की ४१, काठमाडौं–भरतपुर र पश्चिम नेपालका विभिन्न गन्तव्यमा ह्विस्की १७ जस्ता रुट छन् । जहाजले ती रुट प्रयोग गर्छन् । बेलाबेला विमानहरू आकाशमा होल्डमा पर्छन् । विमानस्थलमा जहाज अवतरण गर्ने समय नपुगेको, धावनमार्ग खाली नभएको वा हवाई चाप बढी भएको अवस्थामा जहाजलाई आकाशमै निश्चित क्षेत्रमा फन्को लगाउन लगाइने प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन् । यसलाई होल्डिङ भनिन्छ । होल्डिङ गर्दा एयर ट्राफिक कन्ट्रोलले पाइलटलाई निश्चित दिशा, स्थान र उचाइमा रहन निर्देशन दिन्छन् । काठमाडौं प्रवेश गर्ने जहाजका लागि पाँचखाल, सिमरा, धार्के, मकवानपुरको गुराँस र नारायणगढलगायत क्षेत्रमा होल्डिङ विन्दु तोकिएका छन् । जहाजहरू एकअर्कासँग नजुधून् भनेर फरक उचाइ कायम गरिन्छ । सामान्यतया जहाजबीच कम्तीमा एक हजार फिटको उचाइ अन्तर राख्ने व्यवस्था हुन्छ ।

हवाई रुटबारे नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार गरेको आधिकारिक हवाई इन–रुट चार्ट हो । नेपालले बनाएको यो इन–रुट चार्टले देशभित्र र अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने हवाईमार्गबारे जानकारी दिन्छ । यो संयुक्त राष्ट्रसंघअन्तर्गत हवाई यातायात नियमन गर्ने संस्था अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले मान्यता दिएको चार्ट हो । यो संसारभर मान्य हुन्छ ।

नेपाल आउने जहाजहरूले यो इन–रुट चार्ट अध्ययन गरी यसैलाई आधार मानेर प्रवेश गर्नुपर्छ । यसमा विभिन्न हवाई रुट, विमानस्थल, नियन्त्रित हवाई क्षेत्र, नेभिगेसन प्रणाली, रेडियो सञ्चार फ्रिक्वेन्सी र उडानका लागि आवश्यक उचाइ उल्लेख गरिएको हुन्छ । यसले पाइलट र एयर ट्राफिक कन्ट्रोललाई कुन रुटबाट जहाज सञ्चालन गर्ने, कति उचाइमा उडाउने र कुन स्थानबाट अर्को रुटमा प्रवेश गर्ने भन्ने जानकारी दिन्छ ।

खराब मौसम, आँधीहुरी, चट्याङ वा बाक्लो बादलका कारण निर्धारित रुटमा उडान गर्न जोखिम हुने अवस्थामा जहाजलाई वैकल्पिक रुटबाट उडाउन सकिन्छ । यस्तो अवस्थामा पाइलटले एयर ट्राफिक कन्ट्रोलसँग अनुमति लिनुपर्छ । एटीसीको निर्देशनअनुसार जहाजलाई सुरक्षित रुट र उचाइमा लैजान सकिन्छ । मौसम अनुकूल भएपछि जहाजलाई पुनः निर्धारित रुटमा फर्काइन्छ ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
21h ago
नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी

नेपालका आठ अन्तर्राष्ट्रिय हवाई रुट एकतर्फी, तीन दुईतर्फी प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा काठमाडौं–भैरहवा–लखनऊ जोड्ने ब्राभो ३४५ (बी३४५) रुटलाई दुईतर्फी बनाउने सहमति कार्यान्वयन ...

#रुट #हवाई #दुईतर्फी
Compare →
Nagarik News
7h ago
‘भैरहवाबाट दोहोरो हवाई रुटको सहमति ऐतिहासिक उपलब्धि’

‘भैरहवाबाट दोहोरो हवाई रुटको सहमति ऐतिहासिक उपलब्धि’

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु नेपालको कूटनीतिक प्रयासको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

#रुट #हवाई
Compare →
Bizshala
2d ago
भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीच भएका समझदारी तथा सम्झौताहरूको उपलब्धि जनताको...

#काठमाडौं #वालेन्द्र
Compare →

Related Stories

World News
Build #2625