Trending
Prev Story
Next Story

सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
14
14 reads 0 reactions

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक …

सडक क्षेत्रका अतिक्रमित संरचना हटाउन खडक नगरपालिकाको ३ दिने अल्टिमेटम

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ ।

नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको हो ।

यसअघि पनि पटक–पटक सूचना प्रकाशित गरी सार्वजनिक जग्गा खाली गर्न ताकेता गर्दा बेवास्ता गरिएको नगरपालिकाले जनाएको छ । त्यसैले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र आफैं संरचना तथा सामग्री हटाई सार्वजनिक जग्गा खाली गर्न सम्बन्धित व्यक्तिलाई भनिएको छ ।

तोकिएको समयभित्र संरचना तथा सामग्री नहटाए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया पूरा गरी नगरपालिकाले आफैं हटाउने सूचनामा उल्लेख छ ।

कल्याणपुरदेखि फुलबरिया गाउँसम्मको उक्त सडक खण्ड कालोपत्र गर्ने काम सडक डिभिजन कार्यालय लहानले गरेको हो । सडकको क्षेत्राधिकारभित्र रहेका अनधिकृत संरचनाका कारण सडक विस्तार, आवागमन तथा सार्वजनिक जग्गाको उपयोगमा समस्या हुन सक्ने भएकाले नगरपालिकाले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6h ago
राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

राजमार्ग अतिक्रमित संरचना हटाउन सुरु

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ । सार्वजनिक सडकको संरक्षण, सुरक्षा, यातायात सञ...

#संरचना #अतिक्रमित #हटाउन
Compare →
Nagarik News
2h ago
नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

नाग्म-जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन सुरु

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ।

#संरचना #हटाउन
Compare →
Ekantipur
2d ago
गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

गुलरिया नगरपालिकाका सबै विद्यालयमा आज शोक बिदा

गुलरिया नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई सोमबार शोक बिदा दिने आइतबार निर्णय गरेको हो ।

#नगरपालिका
Compare →

Related Stories

Education & Youth
Build #2625