Trending
Prev Story
Next Story

गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप

Ekantipur •
November 25, 2026 • 10:02 AM
8
8 reads 0 reactions

युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ

गुगलविरुद्ध मलेसियाको मुद्दा : जुवा र अनलाइन ठगी हटाउन पर्याप्त प्रयास नगरेको आरोप

युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ

काठमाडौँ — युट्युबमा जुवा, ठगी तथा मानहानिकारक सामग्री हटाउन असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ ।

मलेसियाली सञ्चार तथा मल्टिमिडिया आयोगले बुधबार गुगलले कानूनी दायित्व र इजाजतपत्रका सर्त पालना नगरेको भन्दै दुई छुट्टाछुट्टै मुद्दा अघि बढाएको जनाएको छ ।

आयोगका अनुसार पहिलो मुद्दा जुवा, अनलाइन ठगी र धोखाधडीसहित हजारौँ हानिकारक सामग्री हटाउन युट्युबले पर्याप्त कारबाही नगरेको विषयसँग सम्बन्धित छ ।

आयोगले यस वर्ष जनवरी १ देखि अक्टोबर २८ सम्म युट्युबमा रहेका सामग्रीबारे ७३ हजार ७०३ वटा उजुरी दिएको थियो । तीमध्ये अधिकांश अनलाइन जुवासम्बन्धी थिए ।

आयोगका अनुसार जुवासम्बन्धी उजुरीमध्ये चार हजार ९५० वटामा कुनै प्रतिक्रिया प्राप्त भएन भने थप ३५ वटामा सामग्री हटाउने वा जवाफ दिने प्रक्रियामा ९० दिनभन्दा बढी समय लागेको थियो ।

त्यस्तै, एक हजार ४६८ उजुरीमा कारबाहीका लागि ३० दिनभन्दा बढी समय लागेको थियो । यस्ता तथ्याङ्कले युट्युबमा हानिकारक सामग्रीको मात्रा र त्यसलाई हटाउन भइरहेको ढिलाइ देखाउने आयोगले जनाएको छ ।

दोस्रो मुद्दा भने मलेसियाली एक ब्लगरले युट्युबमा राखेको कथित मानहानिकारक तथा झुटो सामग्री आयोगमा उजुरी परेपछि पनि नहटाएको विषयमा केन्द्रित छ । यसबारे प्रतिक्रिया लिन खोज्दा गुगल तत्काल उपलब्ध हुन सकेन ।

गुगलले सन् २०२४ मा घोषणा गरेको दुई अर्ब अमेरिकी डलरको लगानी विस्तार गर्दै आगामी दुई वर्षमा मलेसियामा १५ अर्ब अमेरिकी डलर लगानी गरी डेटा सेन्टर तथा अन्य पूर्वाधार निर्माण गर्ने योजना सार्वजनिक गरेको तीन सातापछि मुद्दा दायर भएको हो ।

दक्षिणपूर्वी एसियामा डेटा सेन्टर निर्माणका लागि मलेसिया तीव्र गतिमा विकसित भइरहेको केन्द्रका रूपमा देखिएको छ । यस्ता केन्द्रमा रहेका सर्भरले च्याटबोट र तस्बिर निर्माण गर्ने प्रणालीलगायत कृत्रिम बौद्धिकतासम्बन्धी उपकरणको प्रशिक्षण र सञ्चालनमा सहयोग गर्छन् ।

मलेसियाले यसअघि टिकटकसहित अन्य प्रमुख सामाजिक सञ्जालमाथि पनि अत्यन्त आपत्तिजनक सामग्री हटाउन असफल भएको आरोप लगाउँदै कारबाही अघि बढाएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
गुगलविरुद्ध मलेसियाको कडा कदम, हानिकारक सामग्री नहटाएको भन्दै १४ करोड ६० लाख डलरको मुद्दा

गुगलविरुद्ध मलेसियाको कडा कदम, हानिकारक सामग्री नहटाएको भन्दै १४ करोड ६० लाख डलरको मुद्दा

काठमाण्डौ । विश्वकै ठूलो प्रविधि कम्पनी गुगलविरुद्ध मलेसियाले १४ करोड ६० लाख अमेरिकी डलरको मुद्दा दायर गरेको छ।...

#गुगलविरुद्ध #मलेसिया #मुद्दा
Compare →
Hamro Patro News
4h ago
गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

गुगलविरुद्ध मलेसियामा १४ करोड ६० लाख डलरको मुद्दा

काठमाडौं । युट्युबमार्फत फैलिरहेका अनलाइन जुवा, ठगी तथा हानिकारक सामाग्री नियन्त्रण गर्न असफल भएको आरोपमा मलेसियाले गुगलविरुद्ध १४ करोड ६० लाख अमेरिकी डलर बराबरको मुद्दा दायर गरेको छ । मलेसियाली स...

#गुगलविरुद्ध #मलेसिया #मुद्दा
Compare →
Nagarik News
1d ago
अनलाइन ठगीको रकम भारत पठाउने गिरोहका चार जना विराटनगरबाट पक्राउ

अनलाइन ठगीको रकम भारत पठाउने गिरोहका चार जना विराटनगरबाट पक्राउ

उनीहरुले नेपाली नागरिकलाई साथी बनाएर विभिन्न बैंक तथा डिजिटल वालेटका खाता नम्बर संकलन गर्ने गरेका थिए ।

#ठगी
Compare →
Onlinekhabar
5d ago
ठमेलमा व्यवसायका नाममा ठगी गरेको आरोपमा २२ जनामाथि कारबाही

ठमेलमा व्यवसायका नाममा ठगी गरेको आरोपमा २२ जनामाथि कारबाही

८ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसायको नाममा पर्यटकलाई ठगी गर्ने २२ जनालाई कारबाही गरेको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी, ठमेल पर्यटन विकास …

#ठगी
Compare →

Related Stories

Technology
Build #2625