Trending
Prev Story
Next Story

बंगलादेशका गार्मेन्ट मजदुरको तलब ३६ प्रतिशतले वृद्धि

Ekantipur •
November 25, 2026 • 10:02 AM
8
8 reads 0 reactions

गत अक्टोबरदेखि यहाँ तलब वृद्धिको माग गर्दै व्यापक प्रदर्शन भइरहेको थियो । बंगलादेश विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता हो ।

बंगलादेशका गार्मेन्ट मजदुरको तलब ३६ प्रतिशतले वृद्धि

गत अक्टोबरदेखि यहाँ तलब वृद्धिको माग गर्दै व्यापक प्रदर्शन भइरहेको थियो । बंगलादेश विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता हो ।

ढाका — कारखाना मालिकहरूसँगको लामो वार्तापछि बंगलादेशका गार्मेन्ट मजदुरहरूको न्यूनतम पारिश्रमिक बुधबार ३६ प्रतिशतले वृद्धि भएको छ ।

गत अक्टोबरदेखि यहाँ तलब वृद्धिको माग गर्दै व्यापक प्रदर्शन भइरहेको थियो । बंगलादेश विश्वको दोस्रो ठूलो गार्मेन्ट निर्यातकर्ता हो ।

सहमति जुटेसँगै मजदुर प्रतिनिधिहरूले काममा फर्कन आग्रह गरेका छन् । मजदुर प्रतिनिधि बाबुल अख्तरले नतिजाबाट पूर्ण सन्तुष्ट नभए पनि उपलब्धि नराम्रो नरहेको बताए ।

‘यसअघि पाँच वर्षमा तलब पुनरावलोकन हुने गरेकामा यसपटक तीन वर्षमै तलब बढेको छ,’ उनले भने ।

यसअघि १२ हजार ५ सय टाका पाउँदै आएका मजदुरले खाद्यान्न, आवास र यातायात महँगिएको भन्दै मासिक ३० हजार टाका न्यूनतम पारिश्रमिक माग गरेका थिए ।

सरकारी तलब बोर्डका अध्यक्ष न्यायाधीश सैयद आजाद सुभानीले बुधबार बिहानको मतदानपछि बहुमतले १७ हजार टाका न्यूनतम तलब पारित गरेको जानकारी दिए ।

क्रिसमसको व्यस्त सिजनअघि भएको आन्दोलनले ४२ करोड ८० लाख डलर घाटा भएको र २५ करोड ४० लाख डलरबराबरको अर्डर अन्य मुलुकमा सरेको व्यवसायी संघले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
ज्याला वृद्धिको माग गर्दै बंगलादेशका ४० गार्मेन्ट कारखानामा कामदारको हडताल

ज्याला वृद्धिको माग गर्दै बंगलादेशका ४० गार्मेन्ट कारखानामा कामदारको हडताल

मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्याउन माग गर्दै बंगलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्।

#बंगलादेश #गार्मेन्ट #वृद्धि
Compare →
Onlinekhabar
5d ago
सिंगापुरमा तलब वृद्धि सामान्य, दक्ष जनशक्तिलाई बढी लाभ

सिंगापुरमा तलब वृद्धि सामान्य, दक्ष जनशक्तिलाई बढी लाभ

७ मङ्सिर, सिंगापुर (रासस/सिन्ह्वा) । सिंगापुरमा सन् २०२७ मा कार्यरत कर्मचारी तथा नयाँ नियुक्त हुने जनशक्तिको तलब वृद्धि सामान्य रहने अपेक्षा गरिएको छ । रोजगारदाता कम्पनी र नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब वृद्धिसम्बन्धी अपेक्षाबीच भने …

#तलब #वृद्धि
Compare →
Bizshala
1w ago
बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

बंगलादेशमा पारिश्रमिक वृद्धिको माग गर्दै श्रमिकको हडताल, करिब १५० कपडा कारखाना बन्द

काठमाडौं। न्यूनतम पारिश्रमिक वृद्धि गर्नुपर्ने माग राख्दै श्रमिकहरू हडतालमा उत्रिएपछि बंगलादेशका करिब १५० कपडा...

#बंगलादेश #वृद्धि
Compare →
Hamro Patro News
2d ago
बङ्गलादेशको गार्मेन्ट उद्योगमा आन्दोलनले घाटा

बङ्गलादेशको गार्मेन्ट उद्योगमा आन्दोलनले घाटा

पारिश्रमिक वृद्धिको माग गर्दै बङ्गलादेशमा जारी मजदुर आन्दोलनका कारण गार्मेन्ट उद्योगले चार करोड २८ लाख अमेरिकी डलर नोक्सानी व्यहोरेको छ । उत्पादक सङ्घका अनुसार आन्दोलनबाट ३१७ कारखानाको उत्पादन प्रभ...

#गार्मेन्ट
Compare →
Arthasansar
6d ago
ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

ऐतिहासिक लड्र्स मैदानमा नेपाल र बंगलादेशबीच टी–२० आई खेल हुने

नेपालले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लड्र्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट...

#बंगलादेश
Compare →

Related Stories

World News
Build #2625