Trending
Prev Story
Next Story

तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन

Ekantipur •
November 24, 2026 • 06:03 AM
15
15 reads 0 reactions

समस्यामा परेका नेपाली श्रमिकले सरकारलाई तत्काल चासो लिन आग्रह गरेका छन् भने जर्मनीस्थित दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन

समस्यामा परेका नेपाली श्रमिकले सरकारलाई तत्काल चासो लिन आग्रह गरेका छन् भने जर्मनीस्थित दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

काठमाडौँ — तलब र आवास सुविधासम्बन्धी विवाद चर्किएपछि रोमानियामा कार्यरत ६ सयभन्दा बढी नेपाली श्रमिक समस्यामा परेका छन् ।

नेपालस्थित टाइम म्यानेजमेन्ट प्रालिमार्फत रोमानिया पुगेका उनीहरूले सम्झौतामा उल्लेख भएअनुसार तलब नपाएको र आवास सुविधाबापत रकम कटौती गर्न खोजिएको गुनासो गरेका छन् । उनीहरू १०  लाख रूपैयाँ तिरेर रोमानिया पुगेका थिए ।

श्रमिकहरूका अनुसार उनीहरूलाई रोमानियाको बिसार लजिस्टिक्स प्रालिमार्फत विभिन्न कम्पनीमा काममा लगाइएको थियो । नेपालबाट रोजगारीका लागि आउँदा गरिएको सम्झौतामा मासिक आधारभूत तलब २ हजार ६ सय ९९ रोमानियन ल्यु (आरओएन) उल्लेख थियो । तर, अहिले बिसार लजिस्टिक्सले २ हजार ४ सय ५५ ल्यु मात्रै उपलब्ध गराउने बताएपछि विवाद उत्पन्न भएको पीडितहरूको भनाइ छ ।

सम्झौतामा उल्लेख भएको र अहिले दिन खोजिएको तलबबीच मासिक २ सय ४४ ल्युको अन्तर छ । यसबारे सम्बन्धित एजेन्सीसँग छलफल गरे पनि समस्या समाधान नभएको श्रमिकहरूले बताएका छन् ।

विवाद थप चर्किएपछि ६ सयभन्दा बढी नेपाली श्रमिक काम बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनीहरूको भनाइ छ । काममा नआए होस्टेल छाड्नुपर्ने आशयको सन्देशसमेत बिसार लजिस्टिक्सबाट प्राप्त भएको श्रमिकहरूले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

उनीहरूले होस्टेल निःशुल्क उपलब्ध गराउने भनिए पनि त्यसबापत मासिक ३ सय ल्यु कटौती गर्न खोजिएको विषयमा समेत प्रश्न उठाएका छन् । सम्झौताअनुसारको तलब नपाउने र आवास सुविधासमेत अनिश्चित भएपछि आफूहरू रोजगारी, बसोबास र भविष्यको चिन्तामा परेको उनीहरूको भनाइ छ ।

समस्यामा परेका नेपाली श्रमिकले नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई घटनाबारे तत्काल चासो लिन आग्रह गरेका छन् । जर्मनीस्थित नेपाली दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न पनि उनीहरूले माग गरेका छन् ।

नेपालबाट आउँदा गरिएको रोजगार सम्झौता र अहिले उपलब्ध गराउन खोजिएको तलबबीचको अन्तरबारे छानबिन गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, निःशुल्क भनिएको होस्टेलका नाममा ३ सय ल्यु कटौती गर्न खोजिएको विषयको वास्तविकता पत्ता लगाउनुपर्ने उनीहरूले बताएका छन् ।

श्रमिकहरूले कामबाट निकाल्ने, होस्टेलबाट हटाउने वा अन्य कुनै किसिमको दबाब दिने कार्य रोक्न पनि सरकारसँग आग्रह गरेका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
रोमानियामा नेपाली श्रमिकको समस्यापछि सरकार एक्सनमा, म्यानपावर कम्पनीहरूमाथि छानबिन सुरु

रोमानियामा नेपाली श्रमिकको समस्यापछि सरकार एक्सनमा, म्यानपावर कम्पनीहरूमाथि छानबिन सुरु

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका नेपाली श्रमिकहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो बढेपछि...

#श्रमिक #रोमानिया #समस्या
Compare →
Onlinekhabar
5d ago
रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न पहल सुरु, म्यानपावरमाथि अनुसन्धान

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न पहल सुरु, म्यानपावरमाथि अनुसन्धान

८ मंसिर, काठमाडौं । रोमानियामा तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएको छ । श्रमिकका गुनासो सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरिरहेको सरकारले …

#श्रमिक #रोमानिया #समस्या
Compare →
Nagarik News
1d ago
रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ।

#श्रमिक #समस्या #रोमानिया
Compare →
Hamro Patro News
2d ago
प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती

प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती

प्रधानमन्त्रीलाई भव्य रिसेप्सन, नेपाली श्रमिकलाई पाइला–पाइलामा सास्ती भारतमा ज्याला, रोजगारीको ग्यारेन्टी र सुरक्षाका लागि संघर्षरत नेपालीले यसपटक प्रधानमन्त्रीसमक्ष आफ्ना दुःख सुनाउने प्रत्यक्ष अ...

#श्रमिक
Compare →

Related Stories

National (Nepal)
Build #2625