Trending
Prev Story
Next Story

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

Nagarik News •
November 24, 2026 • 12:33 PM
18
18 reads 0 reactions

मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ।

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारी पहल, म्यानपावरमाथि छानबिन

रोमानियामा कार्यरत नेपाली श्रमिकले भोगिरहेका समस्या समाधान गर्न सरकारले पहल थालेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयले नेपाली राजदूतावास र वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रमिकका गुनासा सम्बोधन तथा उनीहरूको हकहित संरक्षणका लागि प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले रोमानियासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावाससँग समन्वय गरेर त्यहाँ कार्यरत नेपाली श्रमिकका समस्या पहिचान र समाधान गर्ने काम गरिरहेको जनाएको छ।

यसैगरी, वैदेशिक रोजगार विभागले समस्यामा परेका नेपाली श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी उनीहरूको अवस्था र गुनासोबारे जानकारी संकलन गरिरहेको छ। ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट प्राप्त सूचना र गुनासोका आधारमा विभागले आवश्यक पहल अघि बढाएको हो।

श्रमिकका गुनासा र प्रारम्भिक तथ्यका आधारमा विभागले रोमानियामा नेपाली कामदार पठाउने प्रक्रियामा संलग्न इजाजतपत्र प्राप्त म्यानपावर कम्पनी तथा अन्य वैदेशिक रोजगार व्यवसायी संस्थाको भर्ना प्रक्रिया र गतिविधिमाथि अनुगमन तथा छानबिनसमेत सुरु गरेको छ।

छानबिनका क्रममा सम्बन्धित संस्थाको भूमिका, श्रमिक छनोट तथा भर्ना प्रक्रिया र सेवा शुल्कलगायतका विषयमा अध्ययन भइरहेको विभागले जनाएको छ। अनुगमनबाट प्राप्त तथ्य र प्रमाणका आधारमा आवश्यक परे थप विस्तृत अनुसन्धान गरिनेछ।

गैरकानुनी रूपमा सेवा शुल्क असुली, भ्रामक सूचना प्रवाह, श्रमिकमाथि अनुचित दबाब, रोजगारीका सर्तमा अनियमितता वा अन्य गैरकानुनी गतिविधि भएको पुष्टि भए सम्बन्धित संस्था तथा व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने जनाइएको छ।

रोमानियामा नेपाली श्रमिकको उपस्थिति बढ्दै गएको अवस्थामा देखिएका समस्या समाधान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकारले वैदेशिक रोजगार प्रक्रियाको नियमन र अनुगमनलाई प्रभावकारी बनाउने तयारी गरेको छ। यसका लागि सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ।

प्रकाशित: ८ मंसिर २०८३ १८:१८ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
5d ago
रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न पहल सुरु, म्यानपावरमाथि अनुसन्धान

रोमानियामा नेपाली श्रमिकका समस्या समाधान गर्न पहल सुरु, म्यानपावरमाथि अनुसन्धान

८ मंसिर, काठमाडौं । रोमानियामा तलब तथा सेवा–सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका नेपाली श्रमिकका समस्या समाधान गर्न सरकारले कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाएको छ । श्रमिकका गुनासो सम्बोधन गर्न सम्बन्धित नेपाली दूतावाससँग समन्वय गरिरहेको सरकारले …

#श्रमिक #समस्या #समाधान
Compare →
Bizshala
23h ago
रोमानियामा नेपाली श्रमिकको समस्यापछि सरकार एक्सनमा, म्यानपावर कम्पनीहरूमाथि छानबिन सुरु

रोमानियामा नेपाली श्रमिकको समस्यापछि सरकार एक्सनमा, म्यानपावर कम्पनीहरूमाथि छानबिन सुरु

काठमाण्डौ । वैदेशिक रोजगारीका लागि रोमानिया पुगेका नेपाली श्रमिकहरूले विभिन्न समस्या भोग्नुपरेको गुनासो बढेपछि...

#श्रमिक #समस्या #रोमानिया
Compare →
Ekantipur
1d ago
तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन

तलब र होस्टेल विवादपछि रोमानियामा ६ सयभन्दा बढी नेपाली श्रमिक कामविहीन

समस्यामा परेका नेपाली श्रमिकले सरकारलाई तत्काल चासो लिन आग्रह गरेका छन् भने जर्मनीस्थित दूतावासलाई सम्बन्धित कम्पनी र श्रमिकसँग प्रत्यक्ष सम्पर्क गरी घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

#श्रमिक #समस्या #रोमानिया
Compare →
Hamro Patro News
2d ago
सुस्ताको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल प्रेस युनियनको माग

सुस्ताको सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न नेपाल प्रेस युनियनको माग

काठमाडौँ, मङ्सिर ६ गते । दशकौँदेखि सीमा अतिक्रमण र विवादको समस्या भोग्दै आएका नवलपरासीको सुस्तावासीको समस्या समाधानका लागि नेपाल प्रेस युनियनले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई महत्त्वपू...

#समस्या #समाधान #पहल
Compare →
Arthasansar
1w ago
भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

भायानेटले ल्यायो ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा

इन्टरनेटसम्बन्धी समस्या समाधान गर्न भायानेट कम्युनिकेसन्स लिमिटेडले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ । कम्पनीले आफ्ना ग्राहकलाई छिटो र...

#समस्या #समाधान
Compare →

Related Stories

Business & Economy
Build #2625