Trending
Prev Story
Next Story

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

Bizshala •
November 25, 2026 • 02:04 PM
3
3 reads 0 reactions

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात...

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात गर्न पाउने भएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहको हालै सम्पन्न भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार नेपाली उद्योगहरूले काण्डला बन्दरगाह प्रयोग गरी क्रुड सनफ्लावर आयल (कच्चा सूर्यमुखी तेल) र क्रुड सोयाबिन आयल (कच्चा भटमासको तेल) आयात गर्न पाउने भएका हुन्।

यो व्यवस्थाको नेपाल वनस्पति घ्यू तथा तेल उत्पादक संघले स्वागत गरेको छ। संघले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको भन्दै यसबाट नेपाली तेल उद्योगको आयात लागत घटाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

यसअघि नेपाली प्रशोधित खाद्य तेल उद्योगहरू कच्चा पदार्थ आयातका लागि भारतको बजबज, कलकत्ता र हल्दिया बन्दरगाहमा निर्भर थिए। सीमित बन्दरगाहमा निर्भर रहनुपर्दा ढुवानी खर्च, समय र आयात लागतका कारण उद्योगहरूले विभिन्न समस्या भोग्दै आएका थिए।

संघका अध्यक्ष विकास दुगडको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पटक–पटक नेपाल सरकारका सम्बन्धित निकायसँग वैकल्पिक बन्दरगाह उपलब्ध गराउन माग गर्दै आएको थियो।

काण्डला बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्थाले नेपाली उद्योगहरूलाई कच्चा पदार्थ आयातका लागि थप वैकल्पिक मार्ग उपलब्ध गराउनेछ। यसबाट आपूर्ति प्रणाली सहज हुनुका साथै उत्पादन लागत न्यूनीकरण र अन्तर्राष्ट्रिय बजारमा नेपाली प्रशोधित तेलको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि हुने संघको अपेक्षा छ।

संघले भारतसँगको उच्चस्तरीय वार्तामा नेपाली उद्योगहरूको मागलाई प्राथमिकताका साथ उठाएर समाधानको पहल गरेको भन्दै प्रधानमन्त्री शाहप्रति आभार व्यक्त गरेको छ।

त्यस्तै, यस प्रक्रियामा सहयोग गर्ने नेपाल सरकारका सम्बन्धित निकाय तथा निजी क्षेत्रका प्रतिनिधिहरूलाई समेत धन्यवाद दिएको छ।

आगामी दिनमा पनि सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै स्वदेशी उद्योगको विकास, विस्तार र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा संघले जोड दिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
4h ago
ग्यास आयातदेखि बजारसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगलाई निगमको निर्देशन

ग्यास आयातदेखि बजारसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगलाई निगमको निर्देशन

आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई...

#आयात #उद्योगलाई
Compare →
Hamro Patro News
1d ago
प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्रीको भारत भ्रमणः बन्दरगाह थपिए, तर नेपाली वस्तु निर्यातका अवरोध उस्तै

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएका व्यापार तथा पूर्वाधार सम्बन्धी सहमतिले नेपाली उद्योगी–व्यवसायीमा नयाँ अपेक्षा जगाएको छ। यद्यपि भारतसँगको व्यापारमा लामो समयदेखि झेल्दै आएका अ...

#भारत #बन्दरगाह
Compare →
Nagarik News
1h ago
भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

भारत भ्रमणको ‘उपलब्धि’ मा प्रधानमन्त्रीले सम्झिए सीमा कूटनीति, बिर्सिए लिपुलेक

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सार्वजनिक गरेको भारत भ्रमणका १२ प्रमुख उपलब्धिमध्ये नेपाल भारत सीमा विवाद समाधानका लागि सचिवस्तरीय संयन्त्रलाई दिइएको निर्देशनलाई महत्त्वपूर्ण कूटनीतिक प्रगतिका रूपमा प्रस्तुत गरिएको छ।

#भारत
Compare →
Ekantipur
4h ago
४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

#आयात
Compare →

Related Stories

Politics & Governance
Build #2625