Trending
Prev Story
Next Story

चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

Arthasansar •
November 25, 2026 • 10:07 AM
10
10 reads 0 reactions

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएसँगै व्यापार पनि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक...

चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएसँगै व्यापार पनि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल व्यापार घाटा ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार कात्तिक महिनासम्मको अवधिमा आयात र निर्यात दुवैमा दोहोरो अंकको वृद्धि देखिएको छ । आयातको उच्च हिस्साका कारण मुलुकको व्यापार घाटा २९.६५ प्रतिशतले बढेरको हो । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले बढेर ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्ष २०८२÷८३ को सोही अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ मात्र रहेको थियो ।

समीक्षा अवधिमा नेपालको निर्यात व्यापारमा उत्साहजनक सुधार देखिएको छ । तथ्यांकअनुसार पहिलो चार महिनामा नेपालबाट हुने निर्यात ४३.४८ प्रतिशतले वृद्धि भई १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा नेपालले जम्मा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । निर्यातमा आएको यस फराकिलो वृद्धिले कुल वैदेशिक व्यापारमा निर्यातको सेयर (हिस्सा) समेत बढाएको छ । गत वर्षको पहिलो चार महिनामा कुल व्यापारमा निर्यातको सेयर १३.३० प्रतिशत रहेकोमा चालु वर्षको सोही अवधिमा बढेर १४.३१ प्रतिशत पुगेको छ । यसले गर्दा आयात–निर्यात अनुपातमा केही सुधार आएको छ । गत वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ६.५२ रुपैयाँको आयात हुने गरेकोमा समीक्षा अवधिमा यो अनुपात घटेर ५.९९ रुपैयाँमा झरेको छ ।

निर्यातको वृद्धिदर उच्च देखिए पनि परिमाणको हिसाबले आयात निकै ठूलो हुँदा व्यापार घाटा थप फराकिलो बन्दै गएको छ । चार महिनाको अवधिमा कुल आयात ३१.७७ प्रतिशतले बढेर ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको कात्तिकसम्म कुल आयात ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ रहेको थियो । उच्च आयातका कारण मुलुकले समीक्षा अवधिमा ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । यो गत वर्षको सोही अवधिको ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँको व्यापार घाटाभन्दा २९.६५ प्रतिशतले बढी हो। कुल व्यापारमा आयातको हिस्सा ८५.६९ प्रतिशत रहेको छ, जुन गत वर्ष ८६.७० प्रतिशत थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

#खर्ब #आयात #निर्यात
Compare →
Hamro Patro News
1d ago
कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ। गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ। ...

#खर्ब #आयात
Compare →
Onlinekhabar
6d ago
४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

९ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबर …

#खर्ब #आयात
Compare →
Bizshala
22h ago
नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

नेपाली तेल उद्योगलाई ठूलो राहत, भारतको काण्डला बन्दरगाहबाट पनि कच्चा तेल आयात गर्न पाइने

काठमाण्डौ । नेपाली प्रशोधित खाद्य तेल उद्योगहरूले अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत कच्चा पदार्थ आयात...

#आयात
Compare →
Nagarik News
1d ago
सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ।

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2639