Trending
Prev Story
Next Story

सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

Nagarik News •
November 25, 2026 • 08:00 AM
9
9 reads 0 reactions

पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ।

सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४५ दशमलव ०८ प्रतिशत हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण रु २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर रु २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो।

कार्यालयको प्रतिवेदनअनुसार कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२ दशमलव ९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७ दशमलव ०७ प्रतिशत रहेको छ।

जसअनुसार कात्तिक मसान्तसम्म सरकारको वैदेशिक ऋण दायित्व रु १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख पुगेको छ भने आन्तरिक ऋण दायित्व रु १४ खर्ब ४७ करोड ५९ लाख रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल रु छ खर्ब ५८ अर्ब २८ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। त्यसमा कात्तिक मसान्तसम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३ दशमलव ३७ प्रतिशत हो।

कुल ऋण परिचालनको लक्ष्यमा आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४८ अर्ब २८ करोड सात लाख रहेको छ।

कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ रु एक खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ रु २८ अर्ब ८४ करोड प्राप्त भएको छ।

वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३० दशमलव ४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११ दशमलव ६२ प्रतिशत रहेको छ।

प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१ दशमलव २५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८ दशमलव ७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै रु पाँच खर्ब चार अर्ब ४३ करोड ३५ लाख प्राप्त गर्न बाँकी छ।

यसमध्ये आन्तरिक ऋणतर्फ रु दुई खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ रु दुई खर्ब १९ अर्ब ४३ करोड ३५ लाख परिचालन गर्न बाँकी रहेको छ।

यसैगरी, सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा सरकारले चालु आर्थिक वर्षका लागि रु चार खर्ब १७ अर्ब ८८ करोड बराबर बजेट विनियोजन गरेको छ।

जसमध्ये कात्तिक मसान्तसम्ममा रु एक खर्ब ४० अर्ब ९३ करोड ६१ लाख ऋण भुक्तानी भएको छ। यो वार्षिक विनियोजनको ३३ दशमलव ७३ प्रतिशत हो।

कुल गार्हस्थ्य उत्पादनको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च दुई दशमलव १४ प्रतिशत रहेको छ। ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा रु एक खर्ब १९ अर्ब १८ करोड ८२ लाख र वैदेशिक ऋण भुक्तानीमा रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ।

आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक रु तीन खर्ब २८ अर्ब १४ करोड बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६ दशमलव ३२ प्रतिशत खर्च भएको छ।

यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा रु ९९ अर्ब ९४ करोड र ब्याज भुक्तानीमा रु १९ अर्ब २४ करोड ८२ लाख खर्च भएको छ।

आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४० दशमलव ६४ प्रतिशत र ब्याज भुक्तानीमा २३ दशमलव ४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजन गरिएको रु ८९ अर्ब ७४ करोड ७० लाखमध्ये कात्तिक मसान्तसम्म रु २१ अर्ब ७४ करोड ७९ लाख खर्च भएको छ। यो वार्षिक विनियोजनको २४ दशमलव २३ प्रतिशत हो।

वैदेशिक ऋणको साँवा भुक्तानीमा रु १७ अर्ब ३८ करोड र ब्याज भुक्तानीमा रु चार अर्ब ३६ करोड ७९ लाख खर्च भएको छ।

वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४ दशमलव ०७ प्रतिशत र ब्याज भुक्तानीमा २४ दशमलव ९० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: ९ मंसिर २०८३ १३:४५ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
सार्वजनिक ऋणको भारी झण्डै ३० खर्ब पुग्यो, चार महिनामै साँवाब्याज तिर्न १ खर्ब ४१ अर्ब खर्च

सार्वजनिक ऋणको भारी झण्डै ३० खर्ब पुग्यो, चार महिनामै साँवाब्याज तिर्न १ खर्ब ४१ अर्ब खर्च

काठमाण्डौ । नेपालको सार्वजनिक ऋणको आकार झण्डै ३० खर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा...

#खर्ब #पुगे #पुग्यो
Compare →
Arthasansar
49m ago
चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

चुलिदैँ व्यापार घाटा - पहिलो चौमासिकमा ८ खर्बको आयात हुँदा १ खर्ब ३४ अर्ब मात्रै निर्यात

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वैदेशिक व्यापारको आकारमा उल्लेख्य वृद्धि भएसँगै व्यापार पनि बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक...

#खर्ब
Compare →
Ekantipur
1h ago
४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

#खर्ब
Compare →
Hamro Patro News
3h ago
कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

कात्तिकमा आयात डेढ खर्बमा झर्‍यो, चैतयता पहिलो पटक २ खर्बभन्दा कम

नेपालमा वस्तु आयात लगातार बढिरहेको क्रम कात्तिकमा रोकिएको छ। गत चैतदेखि लगातार हरेक महिना २ खर्ब रूपैयाँभन्दा बढीको वस्तु आयात हुँदै आएकोमा कात्तिकमा १ खर्ब ५६ अर्ब रूपैयाँको मात्रै आयात भएको छ। ...

#खर्ब
Compare →
Onlinekhabar
4d ago
४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

४ महिनामा ८ खर्ब बढी आयात, उपभोग्य वस्तुको बाहुल्य

९ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो चौमासिक अवधिमा वस्तु आयात झण्डै २ खर्ब रुपैयाँले बढेको छ । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्म वस्तु आयात ८ खर्ब ३ अर्ब ९ करोड रुपैयाँ बराबर …

#खर्ब
Compare →

Related Stories

Business & Economy
Build #2625