Trending
Prev Story
Next Story

ग्यास आयातदेखि बजारसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगलाई निगमको निर्देशन

Arthasansar •
November 25, 2026 • 10:07 AM
5
5 reads 0 reactions

आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई...

ग्यास आयातदेखि बजारसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योगलाई निगमको निर्देशन

आम उपभोक्तालाई खाना पकाउने एलपी ग्यासको सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले आयातदेखि बजार वितरणसम्मका सबै चरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगहरूलाई आग्रह गरेको छ। नेपाल आयल निगम लिमिटेडको एलपी ग्यास तथा एभिएसन विभागले मिति २०८३/०८/०८ मा जारी गरेको पत्रमार्फत देशभर ग्यासको आपूर्ति व्यवस्था थप सहज, नियमित र प्रभावकारी बनाउन उद्योगहरूलाई विभिन्न निर्देशन दिएको हो।

त्यसैगरी, उद्योग तथा विक्रेताको तहमा रहेका सिलिन्डरसमेत पूर्ण क्षमतामा भरेर बजारमा पठाउन निर्देशन दिइएको छ। निगमले ग्यास उद्योगहरूलाई बजारको वास्तविक मागअनुसार आयातको परिमाण अधिकतम बढाउन र भन्सारमा रहेका ग्यास बुलेटलाई पनि समयमै छुटाई बजार आपूर्ति प्रणालीमा समावेश गर्न निर्देशन दिइएको छ । निगमले उद्योगमा उपलब्ध भण्डारण क्षमतालाई पूर्ण रूपमा उपयोग गरी पर्याप्त ग्यास मौज्दात राख्नसमेत निर्देशन दिएको छ।

आयात र भण्डारणसँगै निगमले बजार वितरणलाई पनि प्राथमिकतामा राखेको छ। उद्योग तथा ग्यास विक्रेताको तहमा रहेका सिलिन्डर पूर्ण क्षमतामा भरेर उपभोक्तासम्म नियमित रूपमा पुर्‍याउन निर्देशन दिइएको छ । यसका साथै निगमले ग्यासको सहज आपूर्तिका लागि उद्योगहरूलाई निर्देशन दिनुका साथै उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गरेको छ। आवश्यकताअनुसार मात्र ग्यास खरिद गर्न, अनावश्यक रूपमा सिलिन्डर सञ्चिति नगर्न र कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिमा संलग्न नहुन उपभोक्तालाई सचेत गराइएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
मागअनुसार ग्यासको आयात बढाउन निगमको निर्देशन

मागअनुसार ग्यासको आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ।

#ग्यास #निगम #आयात
Compare →
Hamro Patro News
3h ago
मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

मागअनुसारको ग्यासको आयात बढाउन निगमको निर्देशन

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात र बिक्री वितरणलाई पूर्ण क्षमतामा सञ्चालन गर्न एलपी ग्यास उद्योगलाई निर्देशन दिएको छ । निगमको एलपी ग्यास तथा एभिएसन विभागले ग्यास उद्योगलाई पत्राचार ग...

#ग्यास #निगम #आयात
Compare →
Onlinekhabar
4d ago
ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन

९ मंसिर, काठमाडौं । उपभोक्तालाई खाना पकाउने एलपी ग्यास सहज र नियमित आपूर्ति सुनिश्चित गर्न नेपाल आयल निगमले ग्यास उद्योगहरूलाई आयातदेखि बजार वितरणसम्मका सबै चरण पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको छ । निगमको एलपी ग्यास …

#ग्यास #निगम #एलपी
Compare →
Bizshala
1h ago
बालश्रम पूर्ण निषेध व्यावहारिक नहुने श्रममन्त्री यादवको तर्क, उमेरअनुसार कामको सीमा तोक्ने तयारी

बालश्रम पूर्ण निषेध व्यावहारिक नहुने श्रममन्त्री यादवको तर्क, उमेरअनुसार कामको सीमा तोक्ने तयारी

काठमाण्डौ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध गर्ने कानुनी व्यवस्था मात्रै...

#पूर्ण
Compare →
Ekantipur
1h ago
४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

४ महिनामै ८ खर्बभन्दा बढीको वस्तु आयात, निर्यात ४३ प्रतिशतले वृद्धि

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । भन्सार विभागको तथ्यांकअनुसार वस्तु आयात ३१.७७ प्रतिशतले बढेको हो ।

#आयात
Compare →

Related Stories

Business & Economy
Build #2625