Trending
Prev Story
Next Story

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

Arthasansar •
November 25, 2026 • 10:07 AM
11
11 reads 0 reactions

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका...

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सार्वजनिक गरेको प्रारम्भिक सूचीमा ९३९ भारतीय र १७ देशका २८१ विदेशी खेलाडी समेटिएका छन्।

१० फ्रेन्चाइज टोलीमा जम्मा ६६ खेलाडीको स्थान खाली रहेकाले अक्सनमा प्रतिस्पर्धा कडा हुने देखिएको छ। खाली स्थानमध्ये २५ विदेशी खेलाडीका लागि छुट्याइएको छ। त्यसैले नाम दर्ता गराएका धेरै विदेशी खेलाडीले टोलीमा स्थान नपाउने सम्भावना छ।

बीसीसीआईका अनुसार १० टोलीले अक्सनअघि नै १८४ खेलाडीलाई टोलीमा कायम राखेका वा अनुबन्ध गरिसकेका छन्। ती खेलाडीमध्ये ५५ विदेशी छन्। फ्रेन्चाइज टोलीहरूले खेलाडी अनुबन्ध गर्न कुल १ हजार ४ करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरिसकेका छन्। अब उनीहरूसँग खेलाडी खरिदका लागि २९५ करोड ६० लाख रुपैयाँ बजेट बाँकी छ।

विदेशी खेलाडीको दर्तामा अस्ट्रेलिया पहिलो स्थानमा छ। अस्ट्रेलियाबाट ५३ खेलाडीले नाम दर्ता गराएका छन्। दक्षिण अफ्रिकाबाट ४०, वेस्ट इन्डिजबाट ३६, न्युजिल्यान्डबाट २५ र अफगानिस्तानबाट २३ खेलाडी दर्ता भएका छन्। त्यस्तै, श्रीलंकाबाट २१, इंग्ल्यान्डबाट १६, बंगलादेशबाट १२, अमेरिकाबाट १३, यूएईबाट १० र नेपालबाट १० खेलाडीले नाम दर्ता गराएका छन्। आयरल्यान्डबाट सात, जिम्बाब्वेबाट ६, नेदरल्यान्ड्सबाट तीन तथा क्यानडा, जापान र स्कटल्यान्डबाट दुई–दुई खेलाडी दर्ता भएका छन्।

प्रारम्भिक दर्ता सूचीमा १८४ क्याप्ड, ९९४ अनक्याप्ड र एसोसिएट राष्ट्रका ४२ खेलाडी रहेका छन्। अनक्याप्ड खेलाडीमध्ये ९२५ जना भारतीय छन्। उनीहरूमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् भने ७९८ जना पहिलोपटक प्रतियोगितामा अवसर पाउने आशामा छन्।

त्यस्तै, विदेशी खेलाडीमध्ये ६९ जना अन्तर्राष्ट्रिय खेलमा क्याप नपाएका खेलाडी छन्। अक्सनका लागि नाम दर्ता गराउँदैमा सबै खेलाडी अन्तिम सूचीमा पर्ने छैनन्। प्रारम्भिक सूचीबाट फ्रेन्चाइज टोलीहरूले आफूलाई आवश्यक खेलाडीको नाम छनोट गरी बीसीसीआईलाई पठाउनेछन्। बीसीसीआईका अनुसार अन्तिम अक्सन सूची र खेलाडीको समूह डिसेम्बर ४, २०२६ मा सार्वजनिक गरिनेछ। त्यसपछि मात्र १० टोलीले अक्सनमा कुन–कुन खेलाडीका लागि बोली लगाउन पाउनेछन् भन्ने टुंगो लाग्नेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपाल...

#प्रिमियर-लिग #अक्सन #नाम
Compare →
Ekantipur
1d ago
आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

#अक्सन #नाम #दर्ता
Compare →
Nagarik News
2d ago
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#दर्ता
Compare →

Related Stories

Sports
Build #2639