Trending
Prev Story
Next Story

आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

Ekantipur •
November 25, 2026 • 09:34 AM
6
6 reads 0 reactions

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

आइपीएल-२०२७ को अक्सनमा १० नेपाली खेलाडीले नाम दर्ता गरे

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

काठमाडौँ — इन्डियन प्रिमियर लिग (आईपीएल)-२०२७ को अक्सनका लागि १० नेपाली खेलाडीले नाम दर्ता गराएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपालबाट १० खेलाडीले अक्सनका लागि नाम दर्ता गराएका हुन् ।

अक्सनका लागि १२ सय २० खेलाडीले नाम दर्ता गराएका छन् । दर्ता गराउनेमा अस्ट्रेलियाका सर्वाधिक ५३ खेलाडी छन् । त्यसपछि दक्षिण अफ्रिकाका ४० खेलाडीले नाम दर्ता गराएका छन् ।

यस्तै अमेरिका (यूएसए) का १३, यूएई र नेपालका समान १० तथा जापानका दुई खेलाडीले पनि आईपीएल अक्सनका लागि नाम दर्ता गराएका बीसीसीआईले जनाएको छ ।  वेस्ट इन्डिजका ३६, न्युजिल्यान्डका २५ र अफगानिस्तानका २३ खेलाडीले पनि अक्सनमा सहभागिता जनाउनेछन् ।

बीसीसीआईका अनुसार अक्सनअघि नै फ्रेन्चाइजहरूले १८४ खेलाडीलाई रिटेन वा छनोट गरिसकेका छन् । अब बढीमा ६६ खेलाडीका लागि मात्र स्थान खाली छ । त्यसमध्ये २५ स्थान विदेशी खेलाडीका लागि उपलब्ध छन् ।

बीसीसीआईले जारी गरेको विज्ञप्तिअनुसार दर्ता भएका खेलाडीमध्ये १८४ जना अन्तर्राष्ट्रिय खेल खेलेका (क्याप्ड), ९९४ जना अन्तर्राष्ट्रिय खेल नखेलेका (अनक्याप्ड) र ४२ जना एसोसिएट राष्ट्रका खेलाडी छन् । अनक्याप्ड खेलाडीमध्ये ९२५ जना भारतीय छन् । तीमध्ये १२७ जनाले यसअघि आईपीएल खेलिसकेका छन् ।

बीसीसीआईका अनुसार अब फ्रेन्चाइज टोलीहरूले अक्सनका लागि दर्ता भएका खेलाडीमध्ये आफूले अन्तिम सूचीमा समावेश गर्न चाहेका खेलाडीको नाम सिफारिस गर्नेछन् । खेलाडीहरूको अन्तिम सूची र उनीहरूलाई विभिन्न समूहमा विभाजन गरिएको विवरण आगामी ४ डिसेम्बरमा  सार्वजनिक गरिने बीसीसीआईले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

आईपीएलको अक्सनमा नेपालका १० खेलाडीकाे नाम दर्ता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को अक्सनका लागि नेपालका १० खेलाडीले नाम दर्ता गराएका छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बुधबार सार्वजनिक गरेको अक्सन रजिस्टरअनुसार नेपाल...

#अक्सन #दर्ता #नाम
Compare →
Arthasansar
1h ago
आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

आईपीएलको अक्सनका लागि १० नेपाली खेलाडीको नाम दर्ता

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२७ को मिनी अक्सनका लागि नेपालका १० खेलाडीसहित कुल १ हजार २२० खेलाडीले नाम दर्ता गराएका...

#अक्सन #दर्ता #नाम
Compare →
Nagarik News
1d ago
लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषमा आनीको नियुक्ति खारेज गर्न माग गर्दै रिट दर्ता

लुम्बिनी विकास कोषी उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

#दर्ता
Compare →

Related Stories

Sports
Build #2625